Breaking news 2

सोमबारदेखि सार्वजनिक सवारीका साधन अनिश्चित कालका लागि बन्दको घोषणा

सोमबारदेखि सार्वजनिक सवारीका साधन अनिश्चित कालका लागि बन्दको घोषणा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल यातायात व्यवसायीले भोली सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार मजदुर र यातायात गरी नौ वटा संगठनको संयुक्त आयोजनामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको हो । विभिन्न ७ वटा मुख्य माग राखेर यातायात व्यवसायी र मजदुर संगठनहरू आन्दोलनमा उत्रिएका हुन् । संघीय ऐनसँग बाझिने गरी प्रदेशहरूले ऐन ल्याउन लागेको र विशेषगरी गण्डकी प्रदेशले राजपत्रमा प्रकाशन गरी निजी सवारी साधन (रातो प्लेट) लाई भाडाको (कालो प्लेट) सरह सञ्चालन गर्न लागेको, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारले अनिवार्य लागू नगरेका लगायतका माग ...
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका ...
बुद्धका सन्देश समाजवादका आधार मानेर शिखर सम्मेलनबाट एकीकृत कार्यविधि तर्जुमा

बुद्धका सन्देश समाजवादका आधार मानेर शिखर सम्मेलनबाट एकीकृत कार्यविधि तर्जुमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनीमा जेष्ठ १६ र १७ गते सम्पन्न लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनमा वक्ता तथा सहभागीहरूले आजभन्दा २५६९ वर्ष पहिलानै महामानव सिद्धार्थ गौतम बुद्धले राजदरबारको सुखसयल छाडि आम मानिसको मनोभावनालाई सम्बोधन गर्ने गरी दिव्य उपदेश र आफ्नो आचरण मार्फत भौतिक सुखसयल मात्र जीवनको खुसी नभई आत्मज्ञानले खुसी र शान्ति प्राप्त हुने समाजवादका अवधारणा विकसित गरेको धारणा राखेका छन् । सम्मेलनबाट लुम्बिनीको गुणस्तरीय आर्थिक पर्यटनको लागि प्रदेशस्तरीय एकीकृत पर्यटन सम्बन्धी कार्यविधि तर्जुमा गरिने भएको छ।शनिवार सम्पन्न लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनमा ७ बुँदे सामुहिक प्रतिबद्धता जनाउँदै स्थानिय तथ्य र ज्ञानमा आधारित भइ गुणस्तरीय पर्यटनमा जोड दिइएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा शुक्रबारबाट दुई दिने शिखर सम...
आज देशभर पानी पर्ने, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशभर पानी पर्ने, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु सक्रिय भइसकेको छ भने देशका बाँकी ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार देशभर विभिन्न स्थानमा पानी पर्ने तथा कोसी र मधेस प्रदेशमा भारी वर्षासमेत हुने सम्भावना छ। आज दिउँसो: कोसी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। आज राति: कोसी प्रदेश र मधेस प्रदेशको केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा ...
मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न सक्नुपर्छ : मन्त्री रघुजी पन्त

मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न सक्नुपर्छ : मन्त्री रघुजी पन्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भूमिका खेल्न सक्नुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘नेपाली पत्रकारिताको इतिहास छापादेखि डिजिटलसम्म’ पुस्तक लोकार्पण तथा सम्पादक संवाद कार्यक्रममा बोल्दै मन्त्री पन्तले यस्तो बताएका हुन् । पछिल्लो समय मिडिया र सम्पादकहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न नसकेको उनको भनाइ छ । मन्त्री पन्तले भारतीय युट्युबरहरुको उदाहरण दिँदै नयाँ मिडियाले समाचार, विश्लेषण र व्यङ्ग्यलाई संयोजन गरेर जनमानसमा प्रभावकारी उपस्थिति जनाइरहेको उल्लेख गरे । उनले पत्रकारितामा न्यु मिडियाको प्रभाव बढेकै कारण नेपालमा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको समेत जिकिर गरे । मुलधारका मिडियाहरूले आफूलाई समयसापेक्ष अगाडि बढाउने र तथ्य र तथ्याङ्कमा टेकेर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले भने...
विगतभन्दा १५ दिन अगाडि नेपालमा भित्रियो मनसुन

विगतभन्दा १५ दिन अगाडि नेपालमा भित्रियो मनसुन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौं नेपालमा १५ दिन अगाडि नै मनसुन भित्रिएको छ। यसपालि मनसुन सरदरभन्दा १५ दिन अगाडि नै नेपाल भित्रिएको हो । गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रिएसँगै कोशीका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ। नेपालका अन्य भू-भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्‍ने महाशाखाले जनाएको छ। हाल देशको बाँकी भू–भागमा भने पश्चिमी वायू र स्थानीय वायूको प्रभाव यथावत छ। ...
अफताब आलम छुटे,सरकारी वकिल भने सर्बोच्च जाने

अफताब आलम छुटे,सरकारी वकिल भने सर्बोच्च जाने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको छ । बुधबार उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको थियो। अदालतले सफाई पाएको पत्र पठाएसँगै नख्खु कारागारमा रहेका उनी छुटेका हुन्। २०६४ सालको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा विस्फोट भएको थियो। उक्त विस्फोटमा घाइते भएका पाँचजनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए। यता,उच्च सरकारी वकिल कार्यालय, वीरगन्जले भने आलम बिरूद्ध प्रर्याप्त प्रमाण भएकाले उच्चको फैसला बिरूद्ध सर्बोच्च अदालतमा पुन: मुद्धा गर्ने जनाएको छ । ...
स्रोतको दबाबबिच आज २० खर्वको बजेट ल्याउँदै सरकार

स्रोतको दबाबबिच आज २० खर्वको बजेट ल्याउँदै सरकार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट बिहीबार सार्वजनिक हुँदै छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा उल्लिखित अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था अनुरूप बिहीबार बजेट सार्वजनिक हुन लागेको हो । बढ्दो दायित्व र खुम्चँदो राजस्वको दबाबबिच अर्थमन्त्रीले १९ खर्ब रुपियाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन् । त्यसो त राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपियाँको बजेट सीमा निर्धारण गरेको छ । यद्यपि बजेट निर्माणको अन्तिम समयमा बढ्ने मागका कारण विगतमा बजेट स...
राष्ट्रपतिबाट कैद माफी पाएको तीन वर्षमै तीन जनाको हत्या

राष्ट्रपतिबाट कैद माफी पाएको तीन वर्षमै तीन जनाको हत्या

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल मा एक महिलासहित दुई बालिकाको हत्या गरेका सुजन कोइराला दाजुको हत्या अभियोगमा ९ वर्ष कैद भुक्तान गरी २०७८ सालमा कैद माफी पाएर छुटेका थिए।  पाल्पाको बर्तुङ घर भएकी दीपा र प्रभास घर भएका सुजनले २०६९ साल असोजमा प्रेम विवाह गरेका थिए। त्यति बेला सुजन २३ वर्षका र दीपा २२ वर्षकी। सुजनको परिवारको प्रभाससँगै बुटवल होराइजनचोकस्थित मिलिजुलीपथमा पनि घर थियो। विवाहपछि उनीहरू बुटवलमै बस्न थाले। बुवाआमा प्रभासमा बस्दै आए पनि उनका दुई दाजुहरू पनि बुटवलमा बस्थे। सोही क्रममा आर्थिक विषयमा सुजनको दाजु सुदिपसँग विवाद भएपछि उनले दाजुको हत्या गर्छन्। असोजमा विवाह गरेका सुजनले सोही वर्ष पुस २३ गते २५ वर्षीय दाजुको वीभत्स रूपमा हत्या गरेपछि दाजु सम्पर्कविहीन रहेकोले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए।  सुजनको निवेदनपछि सुदिपको खोजी सुरू गरेको प्र...
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश

ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश

Breaking news 2, ताजा अपडेट, समाचार
१३ जेठ, पोखरा । पोखराको सूर्यदर्शन सहकारीमा अध्यक्ष बन्न गितेन्द्रबाबु (जीबी) राईले बाटो छेकेपछि बागलुङ र कास्कीमा आफैं सहकारी खोलेर मनमौजी गरेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई दुबै जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । इमेज सहकारी खोलेर जनताको बचत रकम अपचलन गरेको प्रकरणमा बागलुङपछि कास्की जिल्ला अदालतबाट पनि उनलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश भएको हो । असोज १५ गते बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि कारागार चलान भएका देवकुमारलाई सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेस्बासेको इजलासले पनि थुनामै राख्ने आदेश गरेको छ । ...