सहकारीको ८८ करोड हिनामिना, अध्यक्षसहित ७ जना पक्राउ


काठमान्डौ

पोखरा स्थित बचत तथा ऋण सहकारी संस्थामा ठूलो रकम हिनामिनाको उजुरीपछि कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सदस्य दोर्जे तामाङ र सुपरभाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी रहेका छन् ।
वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनअनुसार सहकारीको ८८ करोड ७० लाख रुपैयाँ हिनामिनाको घटना भएको पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानमा संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारी मिलेर सहकारीमा सङ्कलित रकम हिनामिना गरेको देखिएको छ ।

कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकहरूले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेका आयोगले जनाएको छ । पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...