आजको मौसम पूर्वानुमान


काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
साथै हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि अधिकांश बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ भने कोशी , बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
त्यसैगरी आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने र कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...