बुटवल ८ विकास निर्माणमा अब्बल,५४ सालदेखि अवरोध गरिएको सडक वडाध्यक्ष पंगेनीले गरे पुरा
बुटवलरूपन्देहीको बुटवल उपमहानगरपालिकाले समग्र बुटबलको स्वास्थ्य, शिक्षा, विकास समृद्धिको क्षेत्रमा राम्रो काम गरेको छ। त्यसैगरी बुटवल उपमहानगरको वडा नम्बर ८ ले थुप्रै काम गरी अब्बल वडा बन्न सफल भएको छ।आइतबार मात्र २०५४ सालदेखि नक्साङ्कन भएको तर पूर्णता पाउन नसकेको बुटबलको वडा नम्बर ८ मा पर्ने मिलनचोकदेखि सुक्खानगर जाने ४१ फुट कायम रहेको मिलनपथ ३सय२० मिटर बाटो मध्ये १सय ६० मिटर पुरा भई सुचारु भएको छ।करिब १सय ६० मिटर नक्सा अनुसार निर्माण सम्पन्न भएको तर बाँकी १सय ६० मिटर बाटोको क्षेत्राधिकार कायम भइसके तापनि बाटो कायम गर्दा हटाउनुपर्ने किनारका बस्तीहरूले सहमति नजनाउँदा पुरा हुन भने सकेको छैन।२०५४ सालमा नक्साङ्कन भएको उक्त सडकलाई विस्तार गर्न विभिन्न समयमा बजेट विनियोजन भएतापनि सहमति नजुट्दा काम भने हुन सकेको थिएन।उक्त सडकको निर्माणका लागि अहिलेका प्रदेश सभासद तथा पुर्व मन्त्री भोजप्रसाद...








