फिचर

कति भयो जेनजी आन्दोलनमा निजी क्षेत्रको क्षति ?

कति भयो जेनजी आन्दोलनमा निजी क्षेत्रको क्षति ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
काठमाडौंगत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो ।चीन सरकारको सहयोगमा निर्माण गरिएको र सङ्घीय संसद्ले प्रयोग गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि आगजनी गरियो । सरकारी संरचना, निजी क्षेत्रका उद्योग प्रतिष्ठानमाथि आक्रमण र आगजनी गरियो ।राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए । आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे । लुटपाट भयो । ठूलो क्षतिका बीच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्कने प्रयासमा छ । नयाँ सोच, नयाँ विश्वास र भरोसाका साथ उभिने प्रण सबैले गरेका छन् ।सरकारले यी सबै विषयमा अनुसन्धान गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन गरिसक...
आगजनी गरिएको रुपन्देहीको ड्रिम इन्टरनेश्नलमा अनाथहरुलाई खाना खुवाउँदै पुनः सञ्चालन

आगजनी गरिएको रुपन्देहीको ड्रिम इन्टरनेश्नलमा अनाथहरुलाई खाना खुवाउँदै पुनः सञ्चालन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीगत भदौं २३ र २४ गते जेनजी आन्दोलनकारीले आगजनी गरेको बुटवलस्थित ड्रिम इन्टरनेश्नल होटेलले अनाथ तथा अपाङ्गहरुलाई खाना खुवाउँदै मँगलबारदेखि पुनः सेवा सञ्चालनमा ल्याएको छ । होटलका सञ्चालक पर्यटन व्यवसायी तथा समाजसेवी गोपाल रानाले बुटवलको देविनगरस्थित आपाङ्ग आश्रमका आश्रितहरुलाई होटलमा ल्याएर खाना खुवाउँदै सेवा पुनः सञ्चालन गरिएको घोषणा गरे ।यस होटलमा ६० जना बढी युवाहरु रोजगाररत छन् । तोडफोड तथा आगजनी गरिएको होटलमा सरसफाई तथा मर्मतको काम जारी रहेको बताउँदै सञ्चालक रानाले क्षतिको बारेमा सम्पूर्ण विवरण संकलन गर्ने काम भैरहेको उल्लेख गरे । आन्दोलनका क्रममा घुषपेठ गर्दै केही अराजक तत्वहरुले निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने काम निन्दनीय भएको बताउँदै उनले दोषीलाई राज्यले कानूनी कारबाही गर्ने विश्वास व्यक्त गरे । जेनजी आन्दोलन र उनीहरुको मागप्रति आफ्नो पूर्ण समर्थन र सहयोग र...
जेनजी प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

जेनजी प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ१६ वर्षीया एक किशोरी रातभर निदाउन सकिनन्। बारम्बार जेनजी प्रदर्शनका दृश्यहरू झलझली आँखामा आउन थालेपछि छटपटी भइरह्यो। पढाइमा पटक्कै मन गएन। समस्या जटिल बन्दै गएपछि परिवारले उनलाई लगनखेलस्थित मानसिक अस्पताल पुर्‍यायो। चिकित्सकले उनलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन्।अर्का एक २५ वर्षीय युवा आफैँ प्रदर्शनमा उत्रिएका थिए। गोली चल्न थालेपछि उनी घर फर्किए, तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निरन्तर त्यही विषय हेर्दाहेर्दै उनमा तनावको मात्रा बढ्यो। सामान्य कुरा गर्न नसक्ने, हिँड्दा गन्तव्य थाहा नपाउने, खानपान र दिनचर्या अस्तव्यस्त हुन थालेपछि उनी पनि चिकित्सकको सम्पर्कमा पुगे।त्यसैगरी एक किशोर आफ्नै सहपाठीको मृत्युले विक्षिप्त छन्। साथीको अन्तिम क्षण सम्झिँदा उनमा डर र चिन्ता बढ्छ। उनी हिजोआज निद्रामा पनि आत्तिन थालेका छन्। चिकित्सकका सम्पर्कमा आइपुगेका केही युवाहरूमा देखिएक...
सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त,आजै शपथ

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त,आजै शपथ

Breaking news 1, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
काठमाडौं पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।
क्षतिपूर्तिबिना उद्योग सार्न नसकिने उद्योगीहरुको अडान

क्षतिपूर्तिबिना उद्योग सार्न नसकिने उद्योगीहरुको अडान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, समाचार
रुपन्देही भैरहवा–लुम्बिनी औद्योगिक करिडोरका उद्योगहरूलाई दुई वर्षभित्र स्थानान्तरण गर्न सर्वोच्च अदालतले दिएको आदेशले उद्योगीहरूमा ठूलो अन्योल सिर्जना भएको छ । उद्योगीहरूले क्षतिपूर्तिको ग्यारेन्टीबिना उद्योग सार्न नसक्ने अडान राख्दै आदेश कार्यान्वयन कठिन हुने तर्क गरेका छन् । अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा सर्वोच्चले लुम्बिनी क्षेत्रको प्रदूषणले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र मानव स्वास्थ्यमा गम्भीर असर पारेको ठहर गर्दै उद्योग बुधबार स्थानान्तरणको आदेश दिएको हो । यसअघि पनि २०७६ असारमा सर्वोच्चले लुम्बिनी विकास क्षेत्र वरपर १५ किलोमिटरभित्र उद्योग सञ्चालन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, अन्तरिम आदेश समेत कार्यान्वयन नगरेका उद्योगीहरु सर्वोच्चको पछिल्लो आदेशपछि थप दबाबमा परेका छन् । ७० अर्ब लगानी, हजारौं श्रमिक प्रभावित भैरहवा–लुम्बिनी करिडोरमा करिब...
मेहनत गर्यो भने नेपालमै राम्रो गर्न सकिन्छ भन्छन् : उद्यमी पाण्डे

मेहनत गर्यो भने नेपालमै राम्रो गर्न सकिन्छ भन्छन् : उद्यमी पाण्डे

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवल ८ सुख्खानगरमा आधुनिक डिजाइनको होटल व्यवसाय देख्न सकिन्छ। गाडीमा किचन र स्टोर राखेर राम्रो सजावट सहित करिब २ कठ्ठा क्षेत्रफलमा टेबल ,कुर्सी राखेर सबैलाई आकर्षण गर्ने खालको रेस्टुरेन्ट देख्न सकिन्छ ।यस डायमणन्ड बाइट नामक होटल तथा रेस्टुरेन्टका सञ्चालक हुन् उद्यमी ,व्यवसायी दुर्गाप्रसाद पाण्डे। ५७ वर्षीय पाण्डे पहिला रोजगार र सीपको लागि भारतमा गएका थिए। भारतबाट नेपालमा आइसकेपछि बुटवल८ सुक्खानगर भानुपथका स्थायी बासिन्दा बने ।नेपालमा आइसकेपछि पाण्डेले चाउमिन उद्योग खोले,। सँगै होटल व्यवसाय पनि सुरु गरे।पहिला बुबाआमा, दाजुभाई ,दिदीबहिनीको सामूहिक परिवारमा रहेका उनले पछि सबै आ-आफ्नो उद्यममा लागिसकेपछि संयुक्त लगानीमा चाउमिन उद्योग र रूपन्देहीकी तिलोत्तमा नयाँ मिलमा डायमण्ड होटल साझेदारीमा चलाएका छन्। अन्य उद्योग व्यवसाय साझेदारीमा रहेकोले उनले आफूले देखेको र ...
कसरी सञ्चालन भइरहेका छन्? सैनिक आवासीय विद्यालय

कसरी सञ्चालन भइरहेका छन्? सैनिक आवासीय विद्यालय

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीसैनिक कल्याणकारी कोषबाट सञ्चालित सैनिक आवासीय विद्यालय देशभर १० वटा रहेका छन्। यसै अन्तर्गत रूपन्देहीको बुटबलमा पनि २०८१ वैशाख ६ गते नेपाल सरकारका तत्कालीन प्रधान सेनापति प्रभुराम शर्माद्वारा उद्घाटन भएको थियो।करिब ९० करोडको लगानीमा बनेको बुटवलको सैनिक आवासीय महाविद्यालयमा आवश्यकता अनुसार लगानी बढाउने विद्यालयको योजना छ। उक्त विद्यालयमा सैनिक र गैरसैनिक दुवैका सन्ततिहरूले पढ्न पाउने व्यवस्था छ। सैनिकका सन्ततिहरूले ८० प्रतिशत सम्म छुट पाउने व्यवस्था छ।बुटबलको उक्त विद्यालयमा हाल २सय ५ जना विद्यार्थी पठनपाठन गरिरहेका छन्। अहिले कक्षा ६, ७, ८ ,९ र १० का कक्षाहरू सञ्चालन भइरहेका छन् भने क्रमश उत्तीर्ण भएका विद्यार्थीलाई सोही विद्यालयमा पढाउने गरी श्रेणी बढाउने गरेको छ ।कक्षा ६ ,७ र ८ का लागि ९ हजार आसपास मासिक शुल्क सँगै अन्य अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ, भने ९ र १० कक्षाका ल...
५२ विपन्न परिवारलाई नयाँ घर उपहार

५२ विपन्न परिवारलाई नयाँ घर उपहार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, समाचार, समाज, स्थानीय
नेपालगञ्ज बाँकेको राप्ती सोनारी गाउँपािलकाले ५२ वटा घर निर्माण गरेर विपन्न परिवारलाई हस्तान्तरण गरेको छ । विपन्न वर्ग आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाले संघिय बजेटबाट आर्थिक वर्ष २०८१÷८२ मा निर्माण गरी आइतवार र सोमवार ९ वटै वडाका ५२ परिवारलाई घरको चाबी र प्रमाणपत्र हस्तान्तरण गरेको हो ।करिब रु. २ करोड ४ लाख ८६ हजार ८ सय २६ को लागतमा बनेका यी घरहरू गाउँपालिकाका ९ वटै वडाका ५२ परिवारहरूलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले भावुक हुँदै भने, “यो केवल घर होइन, यो सम्मान र सुरक्षा हो। हामीले यसलाई विपन्न वर्गलाई आत्मसम्मानसहित बस्न पाउने अधिकारको रूपमा लिएका छौँ ।’’उनका अनुसार अब गाउँका कुनै नागरिकले पनि पानी चुहिने छानामुनि निदाउन नपरोस् भन्ने उद्देश्यले यो अभियानलाई निरन्तरता दिने योजना बनाइएको छ । साथै, आगामी वर्षदेखि घरसँगै बगैँचा, पानी ट...
विगतका तीन दशकको समीक्षा गरौं

विगतका तीन दशकको समीक्षा गरौं

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, शिक्षा, समाचार, समाज, सम्पादकिय
नेपालको इतिहासका विभिन्न कालखण्डसँगै पृथ्वीनारायण शाहले एकीकरण गरेपश्चात मुलुकले एक खालको पहिचान बनायो। विक्रम सम्वत १८७३ सालमा सुगौली सन्धि नहुँदासम्म करिब ७२ वर्षसम्म नेपालमा एकीकरण अभियान चलेको थियो। वि.सं .१८२५ देखि २०६५ साल सम्म २३८ वर्षसम्म नेपालमा शाहवंशले शासन गरे ।त्यस कालमा राजालाई संविधानभन्दा माथि राखियो ,संविधानभन्दा माथि राजा हुनाले केहीले राम्रो गरे कतिले नराम्रो गरे तर त्याे कानुन रुपमा अगाडि बढ्न सकेन। ५० काे दशक मुलुक द्वन्द्वमै बित्यो । २०६२/ ६३ को जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेष्ठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पश्चात संविधान निर्माणका लागि दुई संविधानसभा निर्वाचन, दुईवटा प्रदेश ,प्रतिनिधि सभा निर्वाचन र दुईवटा स्थानीय निर्वाचन भए। तत्पश्चात १७...
साउनदेखि नयाँ सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

साउनदेखि नयाँ सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

Breaking news 1, पत्रपत्रिका, फिचर, समाचार
काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन र उपदान नदिई, त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयले यस सम्बन्धमा सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति र प्रतिष्ठानहरूलाई परिपत्र गर्दै आवश्यक तयारी मिलाउन आग्रह गरेको छ। सरकारले यो प्रणाली लागू नगरेका कारण भविष्यमा उत्पन्न हुन सक्ने वित्तीय दायित्व नेपाल सरकारले व्यहोर्ने छैन भन्ने जानकारीसमेत दिइएको छ। नयाँ प्रणाली अनुसार, अब सरकारी सेवामा प्रवेश गर्ने नयाँ कर्मचारीले नियत योगदानको आधारमा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्नेछ, जुन सेवानिवृत्तिपछि लाभको रूपमा फिर्ता पाइनेछ। यसले वर्तमान पेन्सन प्रणालीले राज्यको आर्थिक बोझ बढाइरहेको अवस्थालाई व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ। ...