
काठमाडौं
वाग्मती सफाई महाअभियान काठमाडौं । वाग्मती सफाई अभियन्ता र निस्वार्थ रुपमा विगत १३ बर्षदेखि वाग्मती सफाई महाअभियानमा होमिएका हामी स्वयंसेवकहरू पटकपटक राज्यका जिम्मेवार निकायबाट धोका खाएका छौँ। वाग्मतीलाई ढलमुक्त बनाउने आश्वासन पटकपटक पाएता पनि,परिणाम देखिने गरी कामै भएन! शहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङज्यूको वाग्मती सफाई महाअभियानमा उपस्थिति र चासोले हामीमा केहि आशा पलाएको छ। तर, हामी परिणाम/ रिजल्टमा विश्वास गर्छौ। हामी मन्त्रीज्यूलाई सफा शहर र ढलमुक्त वाग्मती बनाउनका लागि केही ठोस कदम तल्काल चाल्न अनुरोध गर्दछौं ।

चाहेमा छोटो समयमा पनि सिस्टम सुधारका काम गर्न सकिन्छ जस्तै: १) काठमाडौं,ललितपुर लगायतका संबन्धित सबै स्थानीय सरकार र फोहर संकलकलाई एक ठाउँमा राखेर छलफल गरि फोहर व्यवस्थापनको समय,पटक, रकम,घरघरमै फोहरको अनिवार्य बैज्ञानिक बर्गिकरणको व्यवस्था, नकुहिने र प्रशोधन वा पुन:प्रयोग नहुने फोहर मात्र अन्तिम बिसर्जन गर्ने,फोहर प्रशोधनबाट ससाना ब्यवसाय प्रवर्धन जस्ता फोहर व्यवस्थापनका एकिकृत योजना बनाई लागु गर्ने, २) कुहिने फोहरबाट कम्पोष्ट मल,ग्यास, बिजुली बनाउने व्यवस्था जस्ले रोजगारीका अवसर सिर्जना गर्छ र आयातित मल विस्थापन गर्छ, ५.विजुली,पानीको जस्तै फोहर संकलनको शुल्क फोहरको परिणामको आधारमा उठाउने व्यवस्था, ६.ठाउँ-ठाँउमा /सार्वजनिक स्थलमा, सार्वजनिक यातयातमा डस्विनको अनिवार्य व्यवस्था, ७. बाटो,नदीनाला, सार्वजनिक स्थलमा फोहर फाल्नेलाई जरिवाना गर्नेगरि वातावरण निरिक्षकको व्यवस्था गर्ने,गराउने र सवारी चालकले लापरवाही/मापसे गरि सवारी साधन चलाएमा रेकर्ड राखे जस्तै जथाभावी फालेर जरिवाना तिर्नेको अनलाईन रेकर्ड राख्ने व्यवस्था,पटके अपराधीलाई निस्चित अवधी सरकारी सुविधा नपाउने कडा व्यवस्था गरी कार्यन्वयन गर्ने र सफा रहर,सफा नदी खोज्ने अनि फोहर चाहि जता मन लाग्यो त्यतै फाल्ने नेपालीको बानीमा सुधार अर्थात हरेक विषयमा आफ्नो चाहना र व्यबहारबीच तालमेल हुन जरुरी छ ।
जनतामा सचेतना जगाउने कार्यक्रम,वडा सरकारबाट व्यापक गर्नु पर्ने, ५.स्कुल कलेजको पाठ्यक्रम मार्फत “मेरो फोहर मेरो जिममेवारी” जस्ता सचेतना कार्यक्रम र यो विषयमा व्यहारिक परियोजना कार्य (अभिभावक, शिक्षक,बालबालिकाको संयुक्त सहभागितामा ) कार्यान्वयन गर्ने, ८.अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यको राम्रोसँग चिरफार गरी समितिको पहिलो काम ढलमुक्त वाग्मती बनाउने भएको हुदाँ त्यसैमा श्रोत र क्षमताको अधिकतम उपयोग गर्ने नीति लिने,हरेक कृयाकलापको समय निर्धारण सहित सूचक तयार गरि ३/३ महिनामा कार्यसम्पादन अनुगमन,परिणाम आधारित पुरस्कार र दण्डको व्यवस्था गर्ने,यस्तै गर्न पर्ने र गर्न सकिने थुर्पै काम छन् , कुनै तत्काल परिणाम दिने काम पनि छन् जस्ले जनतामा आशा भरोसा सृजना गर्नेछ र दिर्घकालिन महत्व राख्ने काम अगाडी बढाउन सहज हुनेछ। मन्त्रीज्युले आफ्नो मन्त्रालय मार्फत गर्ने कामलाई तुरुन्तै अगाडि बढाउने र समन्वय गरि गर्ने कामलाई सम्बन्धित सबैलाई एक ठाउँमा राखेर साझा योजना र कार्यन्वयनको पहल गर्नु भयो भने सभ्य नेपाली, प्राकृतिक सुन्दरताले भरिभराउ सफा नेपालको पहिचान दिन सकिन्छ ।
पर्यटन प्रबर्द्धनमा पनि यो कामले सहयोग गर्नेछ। देशलाई उज्यालो बनाएको परिणाम स्वरुप नेपाली जनताले जसरी यहाँलाई सम्झिरहेका छन्। त्यसैगरि सफा नेपाल, सुन्दर शहर बनाउने काममा परिणाममुखि काम देखाउनु हुनेछ र नेपाली जनताले सधै सम्झने अर्को आधार खडा गर्नुहुनेछ भन्ने अपेक्षा गरिएको छ । राम्रो र असल काममा हामी वाग्मती सफाइ स्वयसेवी अभियन्ता सधै साथमा छौ ।
लेखक वाग्मती सफाईं अभियान्ता हुन्।