बुटवल ८ विकास निर्माणमा अब्बल,५४ सालदेखि अवरोध गरिएको सडक वडाध्यक्ष पंगेनीले गरे पुरा


बुटवल
रूपन्देहीको बुटवल उपमहानगरपालिकाले समग्र बुटबलको स्वास्थ्य, शिक्षा, विकास समृद्धिको क्षेत्रमा राम्रो काम गरेको छ। त्यसैगरी बुटवल उपमहानगरको वडा नम्बर ८ ले थुप्रै काम गरी अब्बल वडा बन्न सफल भएको छ।
आइतबार मात्र २०५४ सालदेखि नक्साङ्कन भएको तर पूर्णता पाउन नसकेको बुटबलको वडा नम्बर ८ मा पर्ने मिलनचोकदेखि सुक्खानगर जाने ४१ फुट कायम रहेको मिलनपथ ३सय२० मिटर बाटो मध्ये १सय ६० मिटर पुरा भई सुचारु भएको छ।
करिब १सय ६० मिटर नक्सा अनुसार निर्माण सम्पन्न भएको तर बाँकी १सय ६० मिटर बाटोको क्षेत्राधिकार कायम भइसके तापनि बाटो कायम गर्दा हटाउनुपर्ने किनारका बस्तीहरूले सहमति नजनाउँदा पुरा हुन भने सकेको छैन।
२०५४ सालमा नक्साङ्कन भएको उक्त सडकलाई विस्तार गर्न विभिन्न समयमा बजेट विनियोजन भएतापनि सहमति नजुट्दा काम भने हुन सकेको थिएन।
उक्त सडकको निर्माणका लागि अहिलेका प्रदेश सभासद तथा पुर्व मन्त्री भोजप्रसाद श्रेष्ठ ,नेता बामदेव क्षेत्री लगायतले ठूलो पहल गरेका छन्।
बामदेव क्षेत्रीले सडकको फाइल कार्यान्वयनका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारमा ताकेता गरेका थिए त्यसैगरी वर्तमान प्रदेशका सभासद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले ७५ लाख प्रदेश सरकारबाट बजेट विनियोजन गरेका थिए।
त्यसैगरी उक्त सडकका लागि बुटवल उपमहानगरले ३० लाख विनियोजन गरेको थियो। वडा नम्बर ८ले ३ लाख ५० हजार बजेट विनियोजन गरी १ करोड ८ लाख ५० हजारमा उक्त सडकमा पर्ने सडक विभागको भवनलाई हटाई सडक कायम गरेको ,विद्युतीय पोल तार लगायतका काम र खानेपानी पुनः आधुनिक सामग्रीबाट जडान, सडक पेटी ,नाली लगायतका काम गरी अगाडि बढेको वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए।

आईतबार सडकको शुभारम्भ गर्दै पंगेनीले उक्त मिलनपथ सडकलाई मिलनचोकदेखि एमाले पार्टी कार्यालयसम्म पुरा गर्ने लक्ष्यका साथ लागेता पनि सडक विभाग र त्यो दुरीसम्म टोल विकास संस्था ,सडक विभाग ,किनारका बासिन्दा ,राजनीतिक दल, विद्युत अफिस ,खानेपानी अफिस लगायत सबैले साथ दिएको र पूरा गर्न नसकेको बाँकी सडक पनि अवरोध गर्नेहरुलाई विकास र समृद्धिमा हातेमालो गर्न आग्रह गरेका छन् ।
साथै उनले आफ्नो वडालाई विकास र समृद्धिका क्षेत्रमा अब्बल बनाउने दूरदृष्टि देखाएका छन्।
त्यसैगरी वडा अध्यक्षलाई हरेक हिसाबले साथ सहयोग गर्ने वडा सदस्यहरू हरिहर ज्ञवाली, सीता खनाल ,सविता सुनार ,तुलबहादुर थापा तथा वडा सचिव सुन्दरी आचार्यको ठुलो साथ र सहयोग रहेकोले आफ्नो वडामा राम्रो काम भएको वडा बासीहरूको भनाइ छ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...