बुटवल ८ विकास निर्माणमा अब्बल,५४ सालदेखि अवरोध गरिएको सडक वडाध्यक्ष पंगेनीले गरे पुरा


बुटवल
रूपन्देहीको बुटवल उपमहानगरपालिकाले समग्र बुटबलको स्वास्थ्य, शिक्षा, विकास समृद्धिको क्षेत्रमा राम्रो काम गरेको छ। त्यसैगरी बुटवल उपमहानगरको वडा नम्बर ८ ले थुप्रै काम गरी अब्बल वडा बन्न सफल भएको छ।
आइतबार मात्र २०५४ सालदेखि नक्साङ्कन भएको तर पूर्णता पाउन नसकेको बुटबलको वडा नम्बर ८ मा पर्ने मिलनचोकदेखि सुक्खानगर जाने ४१ फुट कायम रहेको मिलनपथ ३सय२० मिटर बाटो मध्ये १सय ६० मिटर पुरा भई सुचारु भएको छ।
करिब १सय ६० मिटर नक्सा अनुसार निर्माण सम्पन्न भएको तर बाँकी १सय ६० मिटर बाटोको क्षेत्राधिकार कायम भइसके तापनि बाटो कायम गर्दा हटाउनुपर्ने किनारका बस्तीहरूले सहमति नजनाउँदा पुरा हुन भने सकेको छैन।
२०५४ सालमा नक्साङ्कन भएको उक्त सडकलाई विस्तार गर्न विभिन्न समयमा बजेट विनियोजन भएतापनि सहमति नजुट्दा काम भने हुन सकेको थिएन।
उक्त सडकको निर्माणका लागि अहिलेका प्रदेश सभासद तथा पुर्व मन्त्री भोजप्रसाद श्रेष्ठ ,नेता बामदेव क्षेत्री लगायतले ठूलो पहल गरेका छन्।
बामदेव क्षेत्रीले सडकको फाइल कार्यान्वयनका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारमा ताकेता गरेका थिए त्यसैगरी वर्तमान प्रदेशका सभासद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले ७५ लाख प्रदेश सरकारबाट बजेट विनियोजन गरेका थिए।
त्यसैगरी उक्त सडकका लागि बुटवल उपमहानगरले ३० लाख विनियोजन गरेको थियो। वडा नम्बर ८ले ३ लाख ५० हजार बजेट विनियोजन गरी १ करोड ८ लाख ५० हजारमा उक्त सडकमा पर्ने सडक विभागको भवनलाई हटाई सडक कायम गरेको ,विद्युतीय पोल तार लगायतका काम र खानेपानी पुनः आधुनिक सामग्रीबाट जडान, सडक पेटी ,नाली लगायतका काम गरी अगाडि बढेको वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए।

आईतबार सडकको शुभारम्भ गर्दै पंगेनीले उक्त मिलनपथ सडकलाई मिलनचोकदेखि एमाले पार्टी कार्यालयसम्म पुरा गर्ने लक्ष्यका साथ लागेता पनि सडक विभाग र त्यो दुरीसम्म टोल विकास संस्था ,सडक विभाग ,किनारका बासिन्दा ,राजनीतिक दल, विद्युत अफिस ,खानेपानी अफिस लगायत सबैले साथ दिएको र पूरा गर्न नसकेको बाँकी सडक पनि अवरोध गर्नेहरुलाई विकास र समृद्धिमा हातेमालो गर्न आग्रह गरेका छन् ।
साथै उनले आफ्नो वडालाई विकास र समृद्धिका क्षेत्रमा अब्बल बनाउने दूरदृष्टि देखाएका छन्।
त्यसैगरी वडा अध्यक्षलाई हरेक हिसाबले साथ सहयोग गर्ने वडा सदस्यहरू हरिहर ज्ञवाली, सीता खनाल ,सविता सुनार ,तुलबहादुर थापा तथा वडा सचिव सुन्दरी आचार्यको ठुलो साथ र सहयोग रहेकोले आफ्नो वडामा राम्रो काम भएको वडा बासीहरूको भनाइ छ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...