बिज्ञान प्रबिधि

देशभर हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

देशभर हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, समाचार
काठमाडौँ बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ ।  पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको छ । गत बिहीबार थाइल्याण्डको बैंककबाट आएको थाइ एयर एसियाको विमान भैरहवा माथिको आकाशमा करिब एक घण्टा फन्को लगाउने ‘होल्ड’ भएका थिए  । केही दिनयता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुदाँ अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेका छन् ।  बिहानका लागि निर्धारित उडान ‘डिले’ हुने गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बिहान हुस्सु र कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भइरहेको छ । बिहानका उडान डिले भइरहेका छन् । केही दिनयता...
विद्युत प्राधिकरणद्वारा उद्योगहरुमा काटेको बिजुली पुन: जडान

विद्युत प्राधिकरणद्वारा उद्योगहरुमा काटेको बिजुली पुन: जडान

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
बुटवल नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको हो ।डेडिकेटेड र ट्रंकलाइन बापतको बक्यौता नतिरेको भन्दै प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन जोड्न क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण स्रोतले जनाएको छ । ...
बजारको  हल्लाले लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई खरिद प्रक्रिया अन्यौलमा

बजारको हल्लाले लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई खरिद प्रक्रिया अन्यौलमा

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा स्थापनाका लागि विगत ४ वर्षदेखि हुँदै आएको प्रयास यस पटक पनि असफल हुने चिन्ता थपिएको छ । मेशिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गलत ढंगका प्रचारबाजी भएपछि उक्त सपना यस पटक पनि तुइहिने हो कि भन्ने चिन्ता थपिएको अस्पताल प्रशासनले जनाएको छ ।  एमआरई मेसिन खरिदका लागि टेन्डर आह्वान गरिएपछि आएका विभिन्न हल्ला तथा भ्रम बारे स्पष्ट पार्नका लागि सोमबार पत्रकार सम्मेलन गरी अस्पताल प्रशानसले खण्डन गरेको छ । अस्पतालले मेशिन खरिदका लागि यही कातिक १ गते बोलपत्र आह्वान गरेको थियो । ‘एनसीबी’ अर्थात नेश्नल कम्पिटेटिभ विडिङ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मुल्य १५ करोड राखिएकोमा सोही मुल्यमै सामान खरिद गरिएको जसरी गलत प्रचार भएको अस्पताल प्रमुख डा. इन्द्र ढकालले ...
अस्वाभाविक भाडा नलिन अन्तर्राष्ट्रिय वायुसेवालाई प्राधिकरणको चेतावनी

अस्वाभाविक भाडा नलिन अन्तर्राष्ट्रिय वायुसेवालाई प्राधिकरणको चेतावनी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, समाचार
हवाई भाडा अस्वाभाविक रूपमा अकासिएको गुनासो बढेपछि नागरिक उड्डयन प्राधिकरणले स्वदेशी र विदेशी सबै वायुसेवा कम्पनीलाई उपभोक्ता मर्कामा नपर्ने गरी टिकट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । नेपाल सरकार र वायुसेवा सञ्चालकहरूबीच भएको सम्झौताको सर्तविपरीत महँगो हवाई भाडा लिए कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।  प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा परराष्ट्र, श्रम र पर्यटन मन्त्रालयका उच्च अधिकारी र नेपालमा उडान गर्दै आएका वायुसेवा प्रतिनिधिबीच शनिबार भएको बैठकमा प्राधिकरणले उपभोक्ताबाट यथोचित हवाई भाडा मात्र लिन लिखित निर्देशन दिएको हो । सरकार र वायुसेवा सञ्चालकहरूबीचको सम्झौतामा ‘उपभोक्तालाई मर्का नपर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार
काठमाडौँ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड््डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको ...
महत्त्वाकांक्षी आयोजना : कालीगण्डकी-तिनाउ डाइभर्सन  

महत्त्वाकांक्षी आयोजना : कालीगण्डकी-तिनाउ डाइभर्सन  

Breaking news 1, कृषि, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली बुटवल कालीगण्डकी-तिनाउ डाइभर्सन परियोजनाअन्तर्गत कालीगण्डकी नदीको ८० प्रतिशत पानी तिनाउ नदीमा खसाएर लुम्बिनी प्रदेशको १ लाख ७ हजार हेक्टर जमिन सिँचाइ गर्ने तथा १२६ मेगावटको जलविद्युत् आयोजना बनाउने महत्त्वाकांक्षी लक्ष्य लिइएको छ।  पाल्पाको परेवाडाँडा र स्याङजाको मलुङ सीमामा बाँध बाधेर २२ किलोमिटर सुरुङ बनाइ कालीगण्डकीको पानी पाल्पाकै दोभान हुँदै बुटवलतर्फ बग्ने तिनाउ खोलामा झार्ने बताइएको छ। यही परियोजनाबाट ११३ मेगावट विद्युत् उत्पादन गर्ने र सोही पानीलाई फेरि अर्को सुरुङबाट पुर्‍याएर सिँचाइमा प्रयोग गर्ने लक्ष्य राखिएको छ। आयोजना बनेमा पाल्पाको दोभानमा प्रस्तावित पहिलो विद्युत् गृह र रूपन्देहीको बेलवासमा प्रस्तावित दोस्रो विद्युत् गृहबाट कुल १२६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ। यो बहुद्देश्यीय आयोजनाको मुख्य लक्ष्य भने सिँचाइ भएको बताइएको छ।...
पहिलो किस्ता बुझाएपछि बिजुली जोड्न आयोगको निर्देशन

पहिलो किस्ता बुझाएपछि बिजुली जोड्न आयोगको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
विद्युत् नियमन आयोगले उद्योगबाट आवधिक रूपमा असुल गर्ने गरी उपयुक्त अनुपातमा रकम तोक्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्राधिकरणले केही उद्योगमा लाइन काटेपछि आयोगले बुधबार पत्र पठाउँदै आवधिक रकम बुझाएपछि सम्बन्धित उद्योगमा तत्कालै लाइन जोड्न निर्देशन दिएको हो । रकमअनुसार कति किस्ता दिने त्यो तोक्न निर्देशन दिएको आयोगका अध्यक्ष रामप्रसाद धितालले बताए । आयोगले विद्युत् महसुलको परिमाण वा अन्य कुनै पक्षमा पछि कुनै आधिकारिक निकायबाट जाँचबुझ हुँदा कम/बढी भएको अवस्थामा त्यसपछिका बिलमा समायोजन गर्न पनि निर्देशन दिएको छ । आयोगको पत्रमा ०७२ माघदेखि ०७५ वैशाखसम्मको अवधिको विवादित डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विद्युत् महसुलको हकमा मात्र यस्तो रकम तोक्न भनिएको छ । ‘अहिले २८ किस्तासम्मको किस्ताबन्दी सुविधा दिने भनिएको छ, कुनै उपभोक्ताको त...
सूचना र प्रविधि सेवा निर्यातमार्फत नेपालमा राम्रो आम्दानी 

सूचना र प्रविधि सेवा निर्यातमार्फत नेपालमा राम्रो आम्दानी 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
 सूचना प्रविधि सेवा निर्यात गरेर दुई महिनामा नेपालले ३ अर्ब रुपैयाँ प्राप्त गरेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकको गत भदौको मासिक प्रतिवेदनले गत साउन र भदौमा ३ अर्ब ७ करोड रुपैयाँ बराबरको सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा निर्यात भएको छ । चालु आर्थिक वर्षको दुई महिनामा यो शीर्षकमा नेपाल भित्रिएको रकम गत वर्षको सोही अवधिको भन्दा ५६ करोड ८४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा निर्यातमार्फत २ अर्ब ५० करोड ४३ लाख रुपैयाँ नेपाल भित्रिएको थियो । पछिल्ला वर्षहरूमा सूचना प्रविधि क्षेत्रले नेपाललाई राम्रो लाभ दिइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । खासगरी विभिन्न प्रकारका सफ्टवेयरको विकासमा नेपाली जनशक्ति अब्बल रहेको र उनीहरूको काम (प्रडक्ट) अन्य देशहरूमा निकै रुचाइएको अध्ययन प्रतिवेदनहरूले औंल्याएका छन...
ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैनः प्रधानमन्त्री

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैनः प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएका छन् । नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उनको भनाइ छ ।   सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको समेत उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । ‘यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ’, ओलीको भनाइ छ ।  आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने उनले जानकारी दिए ।  यस्तै नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको ओलीको भनाइ छ । ‘कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी...
अब ट्राफिक जरिवाना क्यूआर स्क्यानबाटै

अब ट्राफिक जरिवाना क्यूआर स्क्यानबाटै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
सुरुवाती चरणमा ट्राफिक प्रहरीलाई वाग्मती प्रदेश सरकारले दियो क्यूआर कोड स्क्यान गर्ने १०४ थान स्मार्टफोन काठमाडौँ — यसअघि ट्राफिक कारबाहीमा पर्दा प्रहरीले थमाउने गरेको चिट (कागजी रसिद) को विकल्पमा अब ई–चलानको प्रयोग सुरु हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरीलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन जाँच गर्ने डिभाइस हस्तान्तरण गरिएसँगै ई–चलान प्रयोगमा आउने भएको हो । नागरिक एपमा रहेको ‘ड्राइभिङ लाइसेन्स’ भित्र रहने क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले इलेक्ट्रोनिक चलान जारी गर्ने व्यवस्था वाग्मती प्रदेशबाट सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । वाग्मती प्रदेश सरकारले सुरुवाती चरणमा क्यूआर कोड स्क्यान गर्ने १०४ थान स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । ती स्मार्टफोनमा चा...