बुटवलको सडकमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनमा


बुटवल

बुटवल उपमहानगरपालिकामा पहिलो पटक ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ट्राफिक चोकमा जडान गरिएको ट्राफिक लाइटको विहिबार विधिपुर्वक स्वीच अन गरी शुभारम्भ गरिएको छ । बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले ल्यापटप प्रणालीमा जडान गरिएको ट्राफिक लाईटको सफ्टवेयर थिचेर ट्राफिक शुभारम्भ गरेका हुन ।

चालु आर्थिक वर्षमा बुटवल उपमहानरपालिकाले बुटवलका ४ स्थानमा ट्राफिक लाइट जडान गर्ने गरी काम शुभारम्भ गरेको थियो । सोही योजना अनुसार बुटवलको ट्राफिक चोक र कालिका नगरमा लाइट जडान गरीएको छ । मिलनचोकमा सडक विस्तारको काम जारी रहेको केही दिनमा नै लाइट शुभारम्भ हुने छ ।

यस्तै गोलपार्कमा पनि लाइट जडान सकिएपछि सञ्चालन हुने नगर प्रमुख पाण्डेयले बताए । बुटवलको बढ्दो ट्राफीक जामको समस्या समाधानको लागि यो लाइट सहयोगी जानकारी दिए । लाइटसँगै राखीएको सिसी क्यामेराको कन्ट्रोल समेत हुने भएको कारण यसबाट दुर्घटना न्युनिकरण हुने समेत अपेक्षा गरिएको उनले जानकारी दिए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलको सहकार्यमा उक्त सीसि टीभीको मोनिटरिङ्ग गरिने गरी योजना समेत बनाइएको छ । कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख, प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्त्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए । बुटवलको कालिका चोकमा बिगतमा धेरै दुर्घटनाहरू भएको भन्दै उनले ट्राफिक लाइट जडानपछि दुर्घटनामा कमि आउने विश्वास व्यक्त गरे ।

उपमहानगगरपालिकाको वार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रूपयाको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पोज प्रालि काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो । बुटवल उपमहानगरपालिकाले बजारको सुरक्षाका लागि करिब ५२ लाखको लगानीमा बुटवलको वडा नं ४,५,६,९ को बसपार्क क्षेत्रमा १२५ सिसिटिभि क्यामेरा जडान गरिसकेको छ । उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलका अनुसार दुर्घटना न्युनिकरणसँगै अटो सेन्सर सहितको ट्राफिक लाईट जडान हुने भएको कारण यसले दुर्घटनापछि हुने सम्भावित भवितव्यलाई समेत पहिचान गर्नको लागि सहयोग गर्ने छ ।

ट्राफिक लाईट शुभारम्भ कार्यक्रकमा बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रा देवी अर्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्यालसहित वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, लोकनाथ न्यौपाने, हरि श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

छुटाउनुभयो कि ?

सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट

सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट

रुपन्देही भारतमा किनमेल गर्न जानेहरु अहिले आक्रोशित भएका छन् । बालेन सरकारले स्थानिय उपभोक्ता लक्षित नियम ल्याएको भन्दै स्...
बुटवलमा एकैदिन ४८ ईरिक्सा ,प्रहरीको कारबाहिमा

बुटवलमा एकैदिन ४८ ईरिक्सा ,प्रहरीको कारबाहिमा

बुटवलबुटवलमा शुक्रबार एकै दिन ४८ जना ईरिक्सा चालक कारबाहीमा परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले सवारी दुर्घटना न्यूनिकर...
विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

काठमाडौंसरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विकास आयोजनामा थ्रेस होल्डको व्यवस्था गर्ने भएको छ । अर्थ मन्त्रालयले...
टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

काठमाडौँनेपाल क्रिकेट संघ (क्यान) ले टी-२० र एकदिवसीय खेलका लागि अलग अलग कप्तान बनाएको छ । दिपेन्द्र सिंह ऐरीलाई टी-२० को कप्...