सिद्धवावा सुरुङ मार्ग निर्माणको काम ‘ब्रेक थ्रु’ को चरणमा प्रवेश


बुटवल

मृत्यु मार्गको रूपमा परिचित बुटवल पाल्पा सडक खण्डको अति जोखिम सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग निर्माणको काम ‘ब्रेक थ्रु’ को चरणमा प्रवेश गरेको छ । सिद्धबाबा सुरुङमार्ग छिचोलिन ८ मिटर मात्रै बाँकी रहेको समाचारले यो सडक क्षेत्र भएर यात्रा गर्ने हजारौं यात्रुलाई खुसी दिलाएको छ । पुस २३ गतेसम्म एक हजार ८९ मिटर लामो सुरुङमार्गको १ हजार ८१ मिटर खनिसकिएको छ । सिद्धबाबा सुरुङमार्ग योजनाका अनुसार उत्तर तर्फबाट ४७७ मिटर र दक्षिणबाट ६०४ मिटर खनिएको छ । सुरुङमार्गमा दुईवटा बाइपास यसअघि नै ‘ब्रेक थ्रु’ भएका छन् । सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुने चरणमा पुगको छ । अव यो सडकमा अर्को बर्ष ठिक यही बेलामा सवारी साधन सञ्चालन गर्न सकिने भएको । यो सुरुङमार्ग निर्माणबाट इमान्दारिता र प्रतिवद्धता अनुरूप काम गर्ने हो भने कुनैपनि काम समय अगावै गर्न सकिन्छ भन्ने सन्देश निर्माण कम्पनीले दिएको छ ।

बुटवल नारायणगढ सडक आयोजनाको निर्माण कम्पनीले यो सडक निर्माणबाट पाठ सिक्नु जरुरी छ । सुरुङ मार्गमा अव कंक्रिट लाइनिङ, उत्तर र दक्षिणतर्फ स्लोप निर्माणको काम बाँकी छ । आयोजनाका अनुसार कुल भौतिक प्रगति ३८.८५ प्रतिशत हुँदा वित्तिय तर्फ ३९.९० प्रतिशत भएको छ । सुरुङ मार्ग आयोजनाले अबको केही दिनभित्रै औपचारिक कार्यक्रम गरी ‘ब्रेक थ्रु’ गर्ने जनाएको छ । सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएपनि गाडी सञ्चालन हुनको लागि अझै एक वर्ष लाग्ने छ । बुटवलदेखि पाल्पा, गुल्मी, स्याङजा, बाग्लुङ र पोखरासम्म जाने सवारीका साधनको मूख्य गन्तब्य यही सिद्धवावाको जोखिमयुक्त सडक नै भैरहेको अवस्थामा बढ्दो मानवीय क्षति कम गर्न सुरुङ मार्गले ठूलो भूमिका खेल्ने छ भन्ने विश्वास गरिएको छ । दैनिक हजारौं सवारीका साधन गुड्ने यो क्षेत्रमा अहिलेसम्म सयौं मानिसले ज्यान गुमाएका छन् । हिउँदमा समेत पहिरो खसेर कैयौ यात्रुले ज्यान गुमाउनु परेको इतिहास साक्षी छ । बर्षामा यो सडक क्षेत्र त्यसैपनि अति जोखिममा छ ।

अझैपनि बर्षेनी यो सडकमा मानवीय क्षति हुने क्रम रोकिएको छैन् । यसबाट यात्रुलाई सास्ती मात्र नभई समयको बर्बादी भइरहेको छ । यातायात क्षेत्रको यस्ता गम्भीर समस्याको समाधानार्थ मुलुकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा सिद्धवावा सुरुङ मार्गको अवधारणालाई प्राथमिकता दिएर काम अगाडि बढाएको हो । जेहोस यो सुरुङ मार्ग निर्माणबाट आम जनताले खुसीको अनुभूति गरेका छन । अव सुरुङ सञ्चालन हुने वातावरणले विशेषगरी सवारी साधनहरूलाई बुटवलदेखि पहाडी जिल्ला जान र आउन सहज हुनेछ । सिद्धवावा सुरुङ मार्ग निर्माणको प्रकृया आरम्भ हुँदा मात्रैपनि यस क्षेत्रमा आशा र उत्साह जगाएको थियो । अव सवारी साधन संचालन हुने अवस्था आउनै लाग्दा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता अन्त्य हुनेछ । त्यसो त सुरुङमार्ग निर्माणको काम तीन वर्षभित्रमा सम्पन्न हुने आशा गरिएको थियो तर निर्धारित मितिभन्दा अगावै निर्माण हुनु भनेको निर्माण पक्षको उदाहरणीय काम हो । यद्यपि नेपालमा निर्धारित मितिमा कुनैपनि आयोजना सम्पन्न भएको उदाहरण धेरै छैन । तरपनि यो सुरुङमार्ग निर्माण निर्धारित मितिमै सम्पन्न भएर सञ्चालनमा आउने आशा अव बढेको छ । अव वर्षौंदेखि भोगिरहेको पहिरोको जोखिम र सास्तीबाट चाँडै मुक्ति पाउने यस क्षेत्रका जनताको अपेक्षा छ ।

अव सबै अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेर गुणस्तरीयताको दृष्टिबाट नेपालको यो सुरुङमार्गलाई सुरक्षित तथा स्तरीय बनाउन कुनै कमी राखिनु हुँदैन । यो सुरुङ मार्गले बुटवलमात्र होइन समग्र काठमाण्डौं पश्चिमको तथा लुम्विनी प्रदेश वरिपरिको सामाजिक र आर्थिक पक्षमा निकै सकारात्मक प्रभाव पार्ने सम्भावनालाई अभिवृद्धि गरेको छ । जसरी सिद्धवावा सुरुङ मार्गले आशाको सञ्चार गरेको छ, अव त्यसरी नै बुटवल नारायणगढ सडक खण्डले पनि आम जनतामा खुसी ल्याओस् । 

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...