रूपन्देही विद्युतीय व्यवसायी संघको १३ वर्ष : के कस्ता रहे उपलब्धि ?


श्रीराम ज्ञवाली

बुटवल

रूपन्देहीका विद्युतीय व्यवसायीहरूको छाता संस्था रुपन्देही विद्युतीय व्यवसायी संघ २०६७ सालमा रूपन्देहीमा विधिवत् शुभारम्भ भएकाे हाे। बुटवलका विद्युत व्यवसायीहरूले २०६५ सालमा बुटवल विद्युतीय व्यवसायी संघ स्थापना गरेर सुरुवात भएको संघ रूपन्देही जिल्लाका विद्युतिय व्यवसायीलाई समेट्दै जिल्ला संघ बनेको हो।

जिल्ला संघ गठन नहुँदा सम्म महासंघको मातहतमा केही सहजीकरण हुने गर्दथ्यो। तर विद्युतीय व्यवसायीका समस्या र सांगठनिक गतिविधिमा सहज थिएन। रूपन्देहीमा स्थापना भए पश्चात विद्युतीय व्यवसायीहरूका आफ्ना व्यवसाय सञ्चालन ,सहकार्य , व्यावसायका हक हितका लागि सहज हुन गयो।

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलबारीमा संघले आफ्नै भवनमा कार्यालय स्थापना गरेको छ।विद्युतीय क्षेत्रमा अवसर र चुनौती दुवै रहेको छ। संघमा आबद्ध व्यवसायीहरूका लागि १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको व्यवस्था गरिएको छ। संघले नाकाबन्दीको समयमा व्यवसायीलाई पेट्रोल वितरण गरेको थियो। भूकम्पको समयमा पीडितहरूलाई त्रिपाल र खाद्यान्न वितरण गरेको थियो। मानव सेवा आश्रमको आजीवन सदस्य रहेको संघले आश्रममा खाना , कपडा वितरण गर्दै आएको छ। नियमित रक्तदाता संघको आजीवन सदस्य रहेको संघले समय समयमा रक्तदान कार्यक्रम गर्दै आएको छ। कोरोनाकालमा कोभिड भ्याक्सिन उपलब्ध गराएको थियो। संघले यी र यस्ता धेरै सामाजिक कामहरू गर्दै आएको छ। हाल रूपन्देहीमा ६ नगर संघ रहेका छन् ।जिल्ला संघमा ३२० जना सदस्य आबद्ध रहेका छन्।विद्युतीय व्यवसायमा आबद्ध सबै व्यवसायीलाई संघमा आबद्ध बनाउने संघको नीति रहेको छ। विद्युतकाे प्राविधिक काम अत्यन्त जोखिम रहेकोले प्राविधिकहरुलाई प्रशिक्षण सचेतनामूलक कार्यक्रम पनि संघले गर्दै आएको छ। संघको कार्यालय भवनमा क्रियापुत्रीहरूलाई भनेर सोही काम बमोजिम भवन निर्माण गरिएको छ। उक्त भवन विद्युतीय व्यवसायी र सरकारको सहयोगमा सम्पन्न भएको हाे। क्रियापुत्रीहरूका लागि स्वक्षिक बाहेक सेवा निःशुल्क गरिएको छ ।

रूपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष सागर खरेलले आफ्नो कार्यकालमा संघलाई पूर्व पदाधिकारीहरूले अगाडि बढाएका योजनाहरू पूरा गर्ने सँगसँगै संस्थालाई थप गतिशील बनाउने योजनाका साथ लागेका छन्। यसमा सराेकारवाला सबैको आआफ्नो स्थानबाट महत्वपूर्ण भूमिका रहने हुँदा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू समग्र विद्युत व्यवसायमा आबद्ध व्यवसायीहरुको सहकार्यले संस्था अगाडि बढ्ने उनको विश्वास छ। उनले विद्युतको राम्रो सम्भावना रहेको देश नेपाल हुनाले विद्युत व्यवसायमा भविष्य पनि राम्रो रहेको हुनाले व्यवसायी ,उपभोक्ता र सरकार गम्भीर भएर लाग्नुपर्ने बताउँछन् ।उनले विभिन्न सामाजिक कामदेखि व्यवसायीलाई प्रोत्साहन हुनेगरी काम गर्ने योजना भएको बताउँछन् ।साथै उनले नेपाल अहिले तारमा र प्लास्टिक बोर्डमा आत्मनिर्भर भएकोमा खुसी व्यक्त गर्दै अहिले नेपालमा आयात गरिने भारत र चीनका उत्पादनसँग प्रतिस्पर्धा गर्दै नेपाललाई सबै विद्युतीय सामग्रीमा आत्मनिर्भर बनाउन सकेमा देश र जनताको हित हुने जिकिर गरे ।

संस्थाका संस्थापक अध्यक्ष अनन्तमान थैवले आफ्नो अनुभव सुनाउँदै “अन्य कपडा लगायतका व्यवसाय गर्नेहरूलाई ५० हजार रुपैयाको कारोबार भएपनि साहुजी भनेर मान्ने तर विद्युतीय व्यवसायीहरूको लाखौं लगानी हुँदा पनि हेर्ने नजर नराम्रो थियो ,अहिले व्यवसायीलाई हेर्ने नजर बदल्न र मर्यादित बनाउन सफल भएका छौं “उनले भने । उनले विद्युतीय सामग्री गुणस्तरका लागि आफू अहाेरात्र लागेको बताए। विद्युतीय व्यवसायमा हुने कमिसन लगायतका विकृति हटाउन संघले प्राथमिकता राखेको बताए। विभिन्न व्यवसाय र सामाजिक काममा अग्रसर उनले पेशा व्यवसायलाई मर्यादित बनाउन साेही क्षेत्रमा लागेकाहरुले नै हो भन्ने कुरामा विश्वास राख्दछन् ।

संघमा हालसम्म संस्थापक अध्यक्ष अनन्तमान थैव क्रमश नारायणबाबु बस्नेत ,सन्दिप कसैाधन ,प्रकाशचन्द्र पाण्डे ,हरिहर ज्ञवाली ,लोकनाथ पोखरेल र वर्तमान अध्यक्ष सागर खरेल गरी ७ अध्यक्षले नेतृत्व गरिसकेको छन्।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...