फेसबुक लगायतका विदेशी सामाजिक सञ्जाल दर्ता हुने म्याद एक साता मात्र बाँकी, मेटाले गरेन वास्ता
काठमाडौं
फेसबुक लगायतका विदेशी सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा दर्ता हुनका लागि सरकारले गरेको आह्वानलाई बेवास्ता गरेका छन् ।फेसबुकको मातृ कम्पनी मेटा र ट्विटरलाई सञ्चार मन्त्रालयले दुईपटक पत्र पठाइसके पनि जवाफ नआएको अधिकारीहरूले बताए ।
शुक्रवार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले तत्काल दर्ता हुन नआएमा नेपालमा फेसबुक बन्द गरिदिने चेतावनी दिएका थिए । उनले भनेका छन्, ‘संविधान उनीहरुले मान्नु पर्छ कि पर्दैन ? नेपालको सरकारसँग उनीहरुको सम्वन्ध हुनु पर्छ कि पर्दैन ? आजसम्म दर्ता नगरिकन बसेको छ । हामीले आह्वान गरेका छौं । यो आह्वानभित्र आएन भने हामीले उनीहरुलाई बन्द गर्नुपर्छ ।’
सञ्चार मन्त्रालयले पछिल्लो पटक चैत ७ गते सूचना निकालेर ३० दिनभित्र दर्ता हुन भनिएको थियो । त्यसैले सरकारले दिएको म्याद नै वैशाख ७ सम्म ह...








