क्यान महासंघ रुपन्देहीको बिटुसी सम्मिटकाे तयारी पुरा


बुटवल

क्यान महासंघ रूपन्देहीले बुटवलमा आयोजना गर्ने तयारी गरेकोमा बिजनेस टु कस्टमर ( बिटुसी) समिट २०२५ काे सम्पुर्ण तयारी पुरा भएकाे  आयाेजकले जनाएका छन्।

आज आईतवार सांझ क्यान महासंघ रुपन्देहीले पत्रकार सम्मेलन गरेर फागुन २६ र २७ गते आयोजना गरिन लागेको बिटुसि सम्मिटकाे सम्पुर्ण तयारी पुरा भएकाे जानकारी दिएकाे हाे।

क्यान महासंघ रूपन्देही अध्यक्ष जीवन अधिकारीले  ब्रान्ड लक्षित कार्यक्रमलाई याे प्रदशर्नीमा ध्यान दिइएकाे बताए।  आइटिकाे चासाे राख्नेलाई जतिसक्दो सहभागी गराउने लक्ष्य रहेकाे तर यसमा आर्थिक काराेबारकाे कुनै लक्ष्य नरहेकाे उनलेे बताए।

 ” यहाँ कुनै आर्थिक काराेवार हुदैन, प्रदर्शनी भन्ने तर अवलोकनकर्तालाई टिकट बेच्ने राम्रो हाेईन्, आफ्नो सामानकाे जानकारी दिन आयोजना गरिएकोले टिकट लिने विषय उचित हुदैन तसर्थ  निःशुुल्क प्रवेशकाे व्यवस्थापन गरिएको छ, लक्षित समूहलाई यसमा सहभागी गराउने मुख्य लक्ष्य हाे” उनले भने।

क्यान महासंघका निवर्तमान अध्यक्ष समेत रहेका क्यान रुपन्देहीका संस्थापक अध्यक्ष नवराज कुवरले बिटुसी सम्मिट क्यान इन्फाेटेककाे रूपान्तरण भएकाे बताए। उनले आइटी पढ्ने, चासाे राख्ने र यसकाे नीति बनाउनेलाई सहभागी गराउने मुख्य लक्ष्य रहेकाे बताए।

सम्मिट संयाेजक तथा वरिष्ठ उपाध्यक्ष विरबहादुर क्षेत्रीको बिगतमा क्यान इन्फाेटेक गर्दै आएकोमा अहिले नयाँखालकाे कार्यक्रम ल्याएकाे बताए। अवलाेकनकर्तालाई निःशुल्क प्रवेश दिइने, विश्व बजारका प्रविधिकाे विषयमा जानकारी दिने मुख्य उदेश्य रहेकाे भनाइ छ।

सचिव सुरेशचन्द्र भट्टराईले अन्य यी र यस्ता मेलाहरु सप्लायर्स र उपभाेक्ता विच हुने गर्छन् तर याे मेलामा उत्पादक र उपभोक्ता विच सिधा सम्पर्क हुने जानकारी दिए।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...