सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीको काम अघि बढ्ने


कर्णाली प्रदेशको राजधानी भएयता वीरेनद्रनगरमा रहेको सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीका लागि बेलाबेला चर्चा हुँदै आएको छ । विमानस्थल विस्तारको चर्चासँगै विवादको कारण काम अघि बढ्न सकेको छैन । जसका कारण विमानस्थल विस्तारको काम स्थगित हुँदै आएको छ । आम निर्वाचनका बेलामा सम्पूर्ण उम्मेदवारहरुले प्रमुख मुद्दा समेत बनाउँदै आएका छन् । विशेषगरी यो बेला राजनीतिक मुद्दा समेत बन्ने गरेको छ ।

यसरी लामो समयदेखि विवाद र स्थगित हुँदै आएको सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीको काम पुनःअघि बढ्ने भएको छ । विमानस्थल विस्तारका लागि संघीय सरकारले नीतिगत निर्णय समेत गरेपछि काम अघि बढ्ने भएको हो । विमानस्थल विस्तारको लागि स्रोत सुनिश्चितता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

फागुन १५ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहणमा लाग्ने चार अर्ब ९० करोड बजेटको व्यवस्था गरिदिन अर्थ मन्त्रालयलाई अनुरोध गरिएको छ । जग्गा अधिग्रण सहित समग्र विमानस्थल विस्तारका लागि १० अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । सबैभन्दा पहिला जग्गा अधिग्रहण र विद्यालय स्थानान्तरणको कामलाई प्राथमिकता दिइएको छ । उक्त क्षेत्रमा अमरज्योती माध्यमिक विद्यालय पनि रहेले उक्त विद्यालयलाई पहिला स्थानान्तरण गर्नुपर्ने देखिन्छ ।

चालु आर्थिक वर्ष सरकारले विमानस्थलको लागि १० करोड विनियोजन गरेको छ । यही वर्षभित्रै कार्यान्वयनमा लैजाने गरि चार अर्ब ९० करोड रकम सुनिश्चित गरिदिन नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

२०७७ सालमा कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नती गर्नका लागि समझदारी भएको थियो । समझदारीपछि काम सुरुवात गर्दै गर्दा विवाद भएपछि विस्तारको काम स्थगित भएको थियो । विवादको कारण प्रदेश तथा संघ सरकारले विमानस्थलका लागि छुट्याएको बजेट पनि फ्रिज हुँदै आएको थियो ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...