फेसबुक लगायतका विदेशी सामाजिक सञ्जाल दर्ता हुने म्याद एक साता मात्र बाँकी, मेटाले गरेन वास्ता


काठमाडौं

फेसबुक लगायतका विदेशी सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा दर्ता हुनका लागि सरकारले गरेको आह्वानलाई बेवास्ता गरेका छन् ।फेसबुकको मातृ कम्पनी मेटा र ट्विटरलाई सञ्चार मन्त्रालयले दुईपटक पत्र पठाइसके पनि जवाफ नआएको अधिकारीहरूले बताए ।

शुक्रवार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले तत्काल दर्ता हुन नआएमा नेपालमा फेसबुक बन्द गरिदिने चेतावनी दिएका थिए । उनले भनेका छन्, ‘संविधान उनीहरुले मान्नु पर्छ कि पर्दैन ? नेपालको सरकारसँग उनीहरुको सम्वन्ध हुनु पर्छ कि पर्दैन ? आजसम्म दर्ता नगरिकन बसेको छ । हामीले आह्वान गरेका छौं । यो आह्वानभित्र आएन भने हामीले उनीहरुलाई बन्द गर्नुपर्छ ।’

सञ्चार मन्त्रालयले पछिल्लो पटक चैत ७ गते सूचना निकालेर ३० दिनभित्र दर्ता हुन भनिएको थियो । त्यसैले सरकारले दिएको म्याद नै वैशाख ७ सम्म हो ।

नेपालमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० को दफा ५ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि तोकिएका कागजातसहित निवेदन दिनुपर्ने व्यवस्था छ ।

निर्देशिकाले उल्लेखित व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमनको परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान पनि राखिएको छ । यी प्रावधानहरूलाई स्वीकार्दै अहिलेसम्म टिकटक, भाइबर र विटोक गरी तीनवटा सामाजिक सञ्जाल प्लेटफर्म मात्रै दर्ता भएका छन् । टिकटक र भाइबर विदेशी हुन् भने विटोक नेपाली प्लेटफर्म हो ।

गत चैत ७ गते गोरखापत्रमा अंग्रेजी र नेपाली भाषामा प्रकाशित सूचनामा भनिएको छ:

नेपालभित्र सञ्चालित सबै सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०५० बमोजिम ३० दिनभित्र यस मन्त्रालयमा सूचीकरण गर्नुहुन तथा नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ । तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ ।’

मन्त्रालयकी उपसचिव ममता बास्तोलाले मेटा र एक्सलाई गरिएको पत्राचारमा अहिलेसम्म कुनै पनि रेस्पोन्स नआएको बताइन् ।

उनले भनिन्, ‘हामीले सबैका लागि सूचना निकालेका हौं । त्यसका अतिरिक्त मेटा र ट्विटरलाई छुट्टै पत्र पनि पठाएका छौँ । दुईपटक हामीले पठाएको पत्रको जवाफ आएको छैन । ७ गतेसम्म पनि आएनन् भने कानूनबमाेजिम हाेला ।’

मेटा अन्तरगत फेसबुक, इन्टाग्राम र ह्वाट्सएप सञ्चालनमा छन् । यी तीनवटै एप नेपालमा अत्यधिक लोकप्रिय हुन् । खासगरी फेसबुकले नेपालमा ठूलो व्यवसाय पनि गरिरहेको छ । नेपालबाट वर्षेनी करोडौँ रुपैयाँको बिजनेस गरे पनि उसले नेपाल सरकारलाई कर तिर्दैन । साथै, गुनासो सुन्नका लागि नेपालमा फेसबुकको कार्यालय वा तोकिएका अधिकारी पनि छैनन् । दर्ता भएपछि भने फेसबुकले नेपालमा कर तिर्नुपर्ने र गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने हुन्छ ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...