सिद्धबाबा सुरुङमार्गका २ वटा बाईपास सुरुङको ब्रेक थ्रू
बुटवल ।
सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्गमा २ वटा बाइपास सुरुङको ब्रेक थ्रू भएको छ । वाईपास सुरुङ १ को यही असोज ४ गते शक्रबार तथा वाईपास सुरुङ ३ को भाद्र २६ गते ब्रेक थ्रू गरिएको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ ।
सुरुङमार्गका तीनवटा बाइपास रहेका छन् । जसमा पहिलो बाइपास १५१ मिटरको र तेस्रो १३० मिटरको ब्रेक थ्रू भएको छ । दोस्रो १६१ मिटरको वाइपास सुरुङ पनि खन्ने काम जारी रहेको छ । हालसम्म मुख्य सुरुङमार्ग भने ५४५ मिटर खनिएको छ । कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५.५७ मिटर छेडिएको हो । योसँगै करिब सुरुङको आधा भाग खन्ने काम सकिएको हो ।
उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ ।गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो । सुरुङमार्गमा अहिले विस्फोटक ...








