बिज्ञान प्रबिधि

नेतृत्वविहीन पर्यटन, अन्योलमा उद्योग

नेतृत्वविहीन पर्यटन, अन्योलमा उद्योग

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं २३ र २४ भदौको जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा ठूलो क्षति भयो । केही उद्योग, व्यवसायमा भौतिक आक्रमण भयो । जसको क्षतिपूर्तिको दाबी बीमासहित अन्य माध्यमबाट भइरहेको छ ।जेनजी आन्दोलनका बेला भौतिक र मानसिक रूपमा समेत आक्रमणमा परेको पर्यटन क्षेत्र भने अझै अन्योलमा छ । आन्दोलन लगत्तै नेपाललाई धेरै देशले घुमफिरका लागि खतराको सूचीमा राखेका थिए । सोहीकारण मुख्य सिजनमै सत्ता र सरकार परिवर्तन भएको एक महिना पूरा भइसकेको छ । तर, पर्यटन मन्त्रालयले अझै नेतृत्व पाएको छैन । अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ ।नेपाल पर्यटन बोर्ड सदस्य ऋषि भण्डारी यस्ता संकटको समयमा विगतका सरकारहरूले पर्यटन पुनरुत्थानमा केही चासो दिए पनि अहिलेको सरकारले पर्यटनलाई प्राथमिकतामा नराखेको बताउँछन् ।पर्यटन बोर्डले तयार पारेको ‘टुरिज्म इन्साइट्स’ सार्वजनिक गर्न काठमाडौंमा आयोजित ...
ओपनएआइ बन्यो विश्वकै मुल्यवान स्टार्टअप

ओपनएआइ बन्यो विश्वकै मुल्यवान स्टार्टअप

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँच्याटजिपिटीको मूल कम्पनी ओपनएआइले एलन मस्कको स्पेसएक्सलाई उछिनेर विश्वको सबैभन्दा ठूलो स्टार्टअप बनेको छ ।हालका र पुर्व ओपनएआइ कर्मचारीहरूले विभिन्न लगानीकर्ताहरूलाई लगभग ६.६ ​​अर्ब मूल्यको शेयर बेचेपछि ओपनएआइको मुल्य बढेको हो । यस वर्षको सुरुमा, कम्पनीले सफ्टबैंकको नेतृत्वमा कोष सङ्कलन आयोजना गरेको थियो, जसले ओपनएआइको मूल्य ३०० अर्ब डलर राखेको थियो । एआइ प्रविधिमा लगानीमा भएको वृद्धि र डेटा सेन्टर र एआइ सेवाहरूको मागले यो वृद्धिलाई अगाडि बढाइरहेको छ । ओपनएआइको मुल्यांकन बढ्नुमा प्रमुख कारण २०२५ को सुरुमा कम्पनीको वार्षिक राजस्व दोब्बर भएर १२ अर्बडलर पुगेको छ। कम्पनीले यस वर्षको अन्त्यसम्ममा २० अर्ब डलरको लक्ष्य राखेको छ । कम्पनीको बलियो वित्तीय अवस्थाले लगानीकर्ताहरूलाई आकर्षित गरिरहेको छ । त्यस्तै ठूलो प्रयोगकर्ता आधार अर्को कारण रहेको छ । च्याटजिपिटी मा २ अर्ब सक्र...
चाडपर्व नजिकिँदै गर्दा, बुटबलमा नागरिक सहायता कक्ष स्थापना

चाडपर्व नजिकिँदै गर्दा, बुटबलमा नागरिक सहायता कक्ष स्थापना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआउँदै गरेकाे विजयादशमी, दीपावली र छठ पर्वमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई सहज होस् भन्ने उद्देश्यले प्रहरी प्रशासन, व्यवसायी र यात्रुहरूको समन्वयमा बुटबल बस पार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।सोमबार गरिएको कार्यक्रममा बोल्दै वक्ताहरुले यात्रुहरूलाई सहज होस् र दुर्घटना ननिम्तियोस् भन्ने उद्देश्यले यातायात कक्ष राखिएको बताएका छन्।कार्यक्रममा बोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले यात्रु लगायत नागरिकलाई यात्रामा सहजता होस्, दुर्घटना लगायतका समस्या नआओस् भनी उक्त सहायता कक्षको स्थापना गरिएको बताएका छन्। प्रहरी उपरिक्षक शर्माले विविध समस्याका बावजुद पनि देश र जनता नै सर्वोपरि हुन् भन्ने आफूहरूको धर्म बमोजिम पर्वहरूमा आवतजावत गर्न यात्रुहरू स्वभाविक बढी हुने र केही कस...
आज विश्वकर्मा पूजा : श्रमिकको श्रम, उद्योग र उत्पादनप्रति सम्मान गर्ने दिन

आज विश्वकर्मा पूजा : श्रमिकको श्रम, उद्योग र उत्पादनप्रति सम्मान गर्ने दिन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौँआज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । नेपालभर मनाइने विश्वकर्मा पूजा केवल धार्मिक विश्वासमा मात्र सीमित नभई श्रमिकको श्रम, औद्योगिक उत्पादन र निर्माण कार्यसँग प्रत्यक्ष रूपमा जोडिएको पर्वका रूपमा रहेको छ ।विश्वकर्मालाई प्राचीन ग्रन्थहरूमा देव शिल्पी अर्थात् “देवताका वास्तुविद्” भनेर सम्बोधन गरिएको छ। हिन्दु धर्मशास्त्रका अनुसार, भगवान् विश्वकर्मा ब्रह्माको वंशज मानिन्छन्, जसले तीनै लोकको निर्माण गरी सृष्टिलाई व्यवस्थित बनाएका थिए।विश्वकर्मा भगवानलाई सृष्टिको पहिलो अभियन्ता, अभियन्ता–इन्जिनियर र वास्तु शास्त्रका आचार्य मानिन्छ । शास्त्रीय मान्यताअनुसार सम्पूर्ण भवन, विमान, हतियार, औजार, रचना तथा कलात्मक संरचनाको सिर्जना भगवान् विश्वकर्म...
क्षतिपूर्तिबिना उद्योग सार्न नसकिने उद्योगीहरुको अडान

क्षतिपूर्तिबिना उद्योग सार्न नसकिने उद्योगीहरुको अडान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, समाचार
रुपन्देही भैरहवा–लुम्बिनी औद्योगिक करिडोरका उद्योगहरूलाई दुई वर्षभित्र स्थानान्तरण गर्न सर्वोच्च अदालतले दिएको आदेशले उद्योगीहरूमा ठूलो अन्योल सिर्जना भएको छ । उद्योगीहरूले क्षतिपूर्तिको ग्यारेन्टीबिना उद्योग सार्न नसक्ने अडान राख्दै आदेश कार्यान्वयन कठिन हुने तर्क गरेका छन् । अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा सर्वोच्चले लुम्बिनी क्षेत्रको प्रदूषणले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र मानव स्वास्थ्यमा गम्भीर असर पारेको ठहर गर्दै उद्योग बुधबार स्थानान्तरणको आदेश दिएको हो । यसअघि पनि २०७६ असारमा सर्वोच्चले लुम्बिनी विकास क्षेत्र वरपर १५ किलोमिटरभित्र उद्योग सञ्चालन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, अन्तरिम आदेश समेत कार्यान्वयन नगरेका उद्योगीहरु सर्वोच्चको पछिल्लो आदेशपछि थप दबाबमा परेका छन् । ७० अर्ब लगानी, हजारौं श्रमिक प्रभावित भैरहवा–लुम्बिनी करिडोरमा करिब...
सोचेजति नभएको हो, देशमा केही त अवस्य हुँदैछ: मनाेज गजुरेल

सोचेजति नभएको हो, देशमा केही त अवस्य हुँदैछ: मनाेज गजुरेल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
बुटवलरत्नपार्कमा ट्राफिकले ‘नमस्कार’ गर्दै गाडी रोक्नुभयो । लाईसेन्स, ब्लुबुक जाँच्नुभयो र वाकीटकीमा सोध्नुभयो- सर गाडीको कसुर ? जवाफ आयो ,लापरवाहीपुर्वक गाडी चलाएको ।मैले सोधेँ- कस्तो लापरबाही !भन्नुभयो- गाडी हाँक्दै मोबाईल चलाएको । थप्नुभयो-क्यामेरा र सादा पोशाकमा ट्राफिकहरु तपाईँलाई नियालिरहेकाछन्, जहाँ जहिले पनि कारवाहीमा पर्न सक्नुहुन्छ ।फेरी प्रश्न गर्नुभयो- नागरिक एप चलाउनुहुन्छ ? एप देखाएपछि भन्नुभयो- अहिले जान सक्नुहुन्छ, पछि एप चेक गर्नुहोला ! म दङ्ग पर्दै हिंडेँ । तर, बेलुका नागरिक एपमा ५ सय रुपैयाँ जरिवानाको नोटिस आएको रहेछ ! कारण, लापरवाही पुर्वक गाडी चलाएको ! मैले ईसेवाबाट जरिवाना तिरेँ, खुसीसाथ मन्जुपनि खुसी भईन्, किनकी गाडी हाँक्दा मोबाईलमा बोल्ने मेरो बानीबाट उनि पनि आजीत भएकी थिईन् । ‘लातोंका भुत बातोंसे नही मानता’ भनेको सही रहेछ ! जरिमानाले मेरो ड्राईभ एण्ड मो...
गुल्मीको रुरुक्षेत्र रुपन्देहीको तिलाेत्तमा सहित ६ पालिका स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट

गुल्मीको रुरुक्षेत्र रुपन्देहीको तिलाेत्तमा सहित ६ पालिका स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका र रुपन्देहीको तिलाेत्तमा सहित ६ स्थानिय निकाय स्थांगत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट भएका छन् । सञ्जालगत सेवा प्रवाह र सुशासन प्रवर्द्धनका आधारमा गरिएको मूल्याङ्कनअनुसार रुरु क्षेत्र गाउँपालिका २०८०/८१ सालको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट ठहरिएको हो । पालिकाहरुले पाएको याे उपलब्धिलाई स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवा प्रवाहमा देखाएको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि मानेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनमा उत्कृष्ट भएका ६ वटा पालिकालाई विशेष सम्मान गर्ने भएको छ । आउँदो भदौ ६ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकासहित तिलोत्तमा नगरपालिका (रुपन्देही), खैरहनी नगरपालिका (चितवन), नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ्ग गाउँपालिका (धादिङ) तथा अर्जुनचौपारी ...
६० प्रतिशत सकियो सिद्धबाबा सुरुङमार्गकाे काम, भूइँ र भित्ता ढलान हुँदै

६० प्रतिशत सकियो सिद्धबाबा सुरुङमार्गकाे काम, भूइँ र भित्ता ढलान हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
 बुटवल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको हो । यसबाहेकका काम पनि जारी छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । हालसम्म यहाँको भौतिक प्रगति ५९ दशमलव ७३ प्रतिशत छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । उनका अनुसार हाल मुख्य टनेलको भूइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) सकिएको छ भने दायाँबायाँ नौ सय ९४ मिटर लेपन (लाइनिङ)को काम सकिएको छ । हाल सुरुङमार्गभित्र दुई सय ९२ मिटरमा लाइनिङको काम भइरहेको छ ।  सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो एक सय १५१ मिटर, दोस्रो...
विद्युतीय व्यवसायी संघद्वारा कर शिक्षा तथा लेखा प्रशिक्षण

विद्युतीय व्यवसायी संघद्वारा कर शिक्षा तथा लेखा प्रशिक्षण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राेचक जानकरी, शिक्षा, समाचार, स्थानीय
बुटवलरूपन्देही विद्युतीय व्यवसायी सङ्घले संघमा आबद्ध विद्युतीय व्यवसायीहरूलाई कर शिक्षा तथा लेखा तालिम सम्पन्न गरेको छ। रूपन्देही विद्युतीय व्यवसायी सङ्घ बुटवल नगर समितिको आयोजनामा सोमबार बुटवलमा सम्पन्न १ दिने कर तथा लेखा प्रशिक्षण कार्यक्रमबाट व्यवसायीहरूलाई लेखा सम्बन्धी जानकारी दिने हिसाबले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै रूपन्देही विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष शान्ताराज खरालले कर सम्बन्धी जानकारी हासिल गर्दा व्यवसायमा सहज हुने र कतिपय जानकारी नभएका विषयहरूको पनि जानकारी हुने हुनाले बुटवल नगर समिति र राजस्व अनुसन्धान कार्यालय बुटवलका कर अधिकृत तथा प्रशिक्षक अर्जुन पन्थी तथा भविश्वर पोखरेललाई धन्यवाद दिए। बुटवल नगर समितिका कार्यवाहक अध्यक्ष बसन्त रानाको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै कर अधिकृत अर्जुन पन्थीले स्थायी लेखा नम्...
५२ विपन्न परिवारलाई नयाँ घर उपहार

५२ विपन्न परिवारलाई नयाँ घर उपहार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, समाचार, समाज, स्थानीय
नेपालगञ्ज बाँकेको राप्ती सोनारी गाउँपािलकाले ५२ वटा घर निर्माण गरेर विपन्न परिवारलाई हस्तान्तरण गरेको छ । विपन्न वर्ग आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाले संघिय बजेटबाट आर्थिक वर्ष २०८१÷८२ मा निर्माण गरी आइतवार र सोमवार ९ वटै वडाका ५२ परिवारलाई घरको चाबी र प्रमाणपत्र हस्तान्तरण गरेको हो ।करिब रु. २ करोड ४ लाख ८६ हजार ८ सय २६ को लागतमा बनेका यी घरहरू गाउँपालिकाका ९ वटै वडाका ५२ परिवारहरूलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले भावुक हुँदै भने, “यो केवल घर होइन, यो सम्मान र सुरक्षा हो। हामीले यसलाई विपन्न वर्गलाई आत्मसम्मानसहित बस्न पाउने अधिकारको रूपमा लिएका छौँ ।’’उनका अनुसार अब गाउँका कुनै नागरिकले पनि पानी चुहिने छानामुनि निदाउन नपरोस् भन्ने उद्देश्यले यो अभियानलाई निरन्तरता दिने योजना बनाइएको छ । साथै, आगामी वर्षदेखि घरसँगै बगैँचा, पानी ट...