आज विश्वकर्मा पूजा : श्रमिकको श्रम, उद्योग र उत्पादनप्रति सम्मान गर्ने दिन


काठमाडौँ
आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । नेपालभर मनाइने विश्वकर्मा पूजा केवल धार्मिक विश्वासमा मात्र सीमित नभई श्रमिकको श्रम, औद्योगिक उत्पादन र निर्माण कार्यसँग प्रत्यक्ष रूपमा जोडिएको पर्वका रूपमा रहेको छ ।
विश्वकर्मालाई प्राचीन ग्रन्थहरूमा देव शिल्पी अर्थात् “देवताका वास्तुविद्” भनेर सम्बोधन गरिएको छ। हिन्दु धर्मशास्त्रका अनुसार, भगवान् विश्वकर्मा ब्रह्माको वंशज मानिन्छन्, जसले तीनै लोकको निर्माण गरी सृष्टिलाई व्यवस्थित बनाएका थिए।
विश्वकर्मा भगवानलाई सृष्टिको पहिलो अभियन्ता, अभियन्ता–इन्जिनियर र वास्तु शास्त्रका आचार्य मानिन्छ । शास्त्रीय मान्यताअनुसार सम्पूर्ण भवन, विमान, हतियार, औजार, रचना तथा कलात्मक संरचनाको सिर्जना भगवान् विश्वकर्माबाटै भएको विश्वास गरिन्छ । त्यसैले यो दिनलाई ‘श्रमिक दिवस’ वा ‘उद्योग–उत्पादनको पर्व’का रूपमा समेत मनाइन्छ ।
सत्ययुगमा स्वर्ग लोकको निर्माण, त्रेता युगमा रावणको राजधानीको निर्माण, द्वापर युगमा भगवान् श्रीकृष्णको नगरी द्वारकाको निर्माण र कलियुगमा जगन्नाथ मन्दिरका विशाल मूर्तिहरूको निर्माण गरेको विश्वास गरिन्छ। मन्दिर वा घरमा पूजासँगै विभिन्न औजार, मेसिन, सवारीसाधन, उद्योग–धन्दा आदिलाई पनि पुजिन्छ। यसो गर्दा काममा आउने सबै बाधा–अड्चन हट्ने, उद्योग–व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने तथा परिवारमा समृद्धि र शान्ति स्थापित हुने विश्वास छ।

छुटाउनुभयो कि ?

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...