आज विश्वकर्मा पूजा : श्रमिकको श्रम, उद्योग र उत्पादनप्रति सम्मान गर्ने दिन


काठमाडौँ
आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । नेपालभर मनाइने विश्वकर्मा पूजा केवल धार्मिक विश्वासमा मात्र सीमित नभई श्रमिकको श्रम, औद्योगिक उत्पादन र निर्माण कार्यसँग प्रत्यक्ष रूपमा जोडिएको पर्वका रूपमा रहेको छ ।
विश्वकर्मालाई प्राचीन ग्रन्थहरूमा देव शिल्पी अर्थात् “देवताका वास्तुविद्” भनेर सम्बोधन गरिएको छ। हिन्दु धर्मशास्त्रका अनुसार, भगवान् विश्वकर्मा ब्रह्माको वंशज मानिन्छन्, जसले तीनै लोकको निर्माण गरी सृष्टिलाई व्यवस्थित बनाएका थिए।
विश्वकर्मा भगवानलाई सृष्टिको पहिलो अभियन्ता, अभियन्ता–इन्जिनियर र वास्तु शास्त्रका आचार्य मानिन्छ । शास्त्रीय मान्यताअनुसार सम्पूर्ण भवन, विमान, हतियार, औजार, रचना तथा कलात्मक संरचनाको सिर्जना भगवान् विश्वकर्माबाटै भएको विश्वास गरिन्छ । त्यसैले यो दिनलाई ‘श्रमिक दिवस’ वा ‘उद्योग–उत्पादनको पर्व’का रूपमा समेत मनाइन्छ ।
सत्ययुगमा स्वर्ग लोकको निर्माण, त्रेता युगमा रावणको राजधानीको निर्माण, द्वापर युगमा भगवान् श्रीकृष्णको नगरी द्वारकाको निर्माण र कलियुगमा जगन्नाथ मन्दिरका विशाल मूर्तिहरूको निर्माण गरेको विश्वास गरिन्छ। मन्दिर वा घरमा पूजासँगै विभिन्न औजार, मेसिन, सवारीसाधन, उद्योग–धन्दा आदिलाई पनि पुजिन्छ। यसो गर्दा काममा आउने सबै बाधा–अड्चन हट्ने, उद्योग–व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने तथा परिवारमा समृद्धि र शान्ति स्थापित हुने विश्वास छ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...