क्षतिपूर्तिबिना उद्योग सार्न नसकिने उद्योगीहरुको अडान


रुपन्देही

भैरहवा–लुम्बिनी औद्योगिक करिडोरका उद्योगहरूलाई दुई वर्षभित्र स्थानान्तरण गर्न सर्वोच्च अदालतले दिएको आदेशले उद्योगीहरूमा ठूलो अन्योल सिर्जना भएको छ । उद्योगीहरूले क्षतिपूर्तिको ग्यारेन्टीबिना उद्योग सार्न नसक्ने अडान राख्दै आदेश कार्यान्वयन कठिन हुने तर्क गरेका छन् ।

अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा सर्वोच्चले लुम्बिनी क्षेत्रको प्रदूषणले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र मानव स्वास्थ्यमा गम्भीर असर पारेको ठहर गर्दै उद्योग बुधबार स्थानान्तरणको आदेश दिएको हो । यसअघि पनि २०७६ असारमा सर्वोच्चले लुम्बिनी विकास क्षेत्र वरपर १५ किलोमिटरभित्र उद्योग सञ्चालन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, अन्तरिम आदेश समेत कार्यान्वयन नगरेका उद्योगीहरु सर्वोच्चको पछिल्लो आदेशपछि थप दबाबमा परेका छन् ।

७० अर्ब लगानी, हजारौं श्रमिक प्रभावित

भैरहवा–लुम्बिनी करिडोरमा करिब ५० उद्योग सञ्चालनमा छन् । नेपाल अम्बुजा, सिद्धार्थ, सुप्रिम, जगदम्बा, गोयन्का, रिलायन्सलगायतका सिमेन्ट उद्योगसहित स्टील, रिफाइनरी, पेपर मिल, कार्डबोर्ड र प्लाइबोर्ड उद्योग सञ्चालनमा छन् । करिडोर बाहिर अर्घाखाँची र विशाल सिमेन्ट जस्ता ठूला उद्योग पनि रहेका छन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अनुसार करिब ७० अर्ब रुपियाँ लगानी भएको यी उद्योगमा करिव १० हजार श्रमिक कार्यरत छन् । उद्योग विस्थापन हुँदा ठूलो रोजगारी संकट आउने व्यवसायीहरूको भनाइ छ ।
प्रदूषण बढ्नुको प्रमुख कारण उद्योग नै

विभिन्न अध्ययनले लुम्बिनी क्षेत्रमा प्रदूषण बढ्नुको प्रमुख कारण उद्योग नै रहेको देखाएका छन् । सन् २०१२ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ र युनेस्कोले गरेको अध्ययनदेखि हालै भारतको पुणेका वैज्ञानिकहरूले गरेको अनुसन्धानसम्म सबैले लुम्बिनीलाई उच्च प्रदूषित क्षेत्रका रूपमा चित्रण गरेका छन् ।

अध्ययनले लुम्बिनीमा सानो धुलोका कण (२.५ पिएम) २७० माइक्रोग्राम प्रति घनमिटर पाइएको देखाएको छ, जुन नेपाल सरकारले तोकेको मापदण्डभन्दा सात गुणा र विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ११ गुणा बढी हो । समितिको प्रतिवेदन अनुसार ब्रिज, गोयन्का, सिद्धार्थ, पाठक, अग्नि र विशाल सिमेन्ट उद्योगले उत्सर्जन मापदण्ड नाघेका छन् ।

उद्योगीहरू भन्छन्ः क्षतिपूर्तिबिना सार्न सक्दैनौ

सिद्धार्थ ग्रुपका प्रबन्धक रोहित अग्रवालले ठूलो लगानी भएका उद्योग स्थानान्तरण गर्न नसकिने दाबी गरे । उनले भने, “यदि सरकारले सार्नै चाहन्छ भने उचित क्षतिपूर्ति दिनुपर्छ ।” उनका अनुसार सर्वोच्चको आदेशले प्रभावित उद्योगहरुमा करिव १० हजार श्रमिक कार्यरत छन् । उनले यदि आदेश कार्यान्वयन भए यी श्रमिकहरुको रोजगारी गुम्न सक्ने उनको तर्क छ । नेपाल अम्बुजा सिमेन्टका प्रबन्धक अप्रित अग्रवालले पनि प्रदूषण नियन्त्रणमा उद्योगहरू प्रयासरत रहेको दाबी गर्दै तत्काल स्थानान्तरण असम्भव रहेको बताए ।

त्यस्तै, अर्घाखाँची सिमेन्टका महाप्रबन्धक राजेश अग्रवालले उद्योग सार्दा ठूलो संकट निम्तिने भन्दै सरकारबाट जग्गा र क्षतिपूर्ति उपलब्ध नगराएसम्म सार्न नसक्ने बताए । दस अर्ब लगानी रहेको यो उद्योगले दैनिक १२ सय मेट्रिकटन क्लिङ्कर उत्पादन गर्दै आएको छ । यहाँ करिब ६०० श्रमिक कार्यरत रहेका छन् ।

२०७० पुसमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले लुम्बिनी प्रदूषण न्यूनीकरणका लागि तत्काल उपाय पहिल्याउन निर्देशन दिएको थियो । तर, आजसम्म त्यसको कार्यान्वयन भएको छैन ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले सर्वोच्चको आदेश उद्योगीका निम्ति निकै दुःखद रहेको बताए । उनले भने–“यी उद्योग राज्यले स्वीकृती दिएर मात्रै स्थापना गरिएका हुन्, बरु प्रदूषण नियन्त्रण मापदण्ड अपनाउन उद्योगी तयार छन्, तर उद्योग अन्यत्र सार्न सम्भव देखिदैन ।”

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...