चाडपर्व नजिकिँदै गर्दा, बुटबलमा नागरिक सहायता कक्ष स्थापना


बुटवल
आउँदै गरेकाे विजयादशमी, दीपावली र छठ पर्वमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई सहज होस् भन्ने उद्देश्यले प्रहरी प्रशासन, व्यवसायी र यात्रुहरूको समन्वयमा बुटबल बस पार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
सोमबार गरिएको कार्यक्रममा बोल्दै वक्ताहरुले यात्रुहरूलाई सहज होस् र दुर्घटना ननिम्तियोस् भन्ने उद्देश्यले यातायात कक्ष राखिएको बताएका छन्।
कार्यक्रममा बोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले यात्रु लगायत नागरिकलाई यात्रामा सहजता होस्, दुर्घटना लगायतका समस्या नआओस् भनी उक्त सहायता कक्षको स्थापना गरिएको बताएका छन्।

प्रहरी उपरिक्षक शर्माले विविध समस्याका बावजुद पनि देश र जनता नै सर्वोपरि हुन् भन्ने आफूहरूको धर्म बमोजिम पर्वहरूमा आवतजावत गर्न यात्रुहरू स्वभाविक बढी हुने र केही कसैले पनि यात्रामा समस्या भोग्नु नपरोस् भनेर सहायता कक्ष राखिएको बताए।
शर्माले सहायता कक्ष मात्र नभएर सवारी साधनका चाप हुने सडकहरूमा पनि आफूहरुले निगरानी गर्ने बताए।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रदेश प्रमुख भएकाले प्रदेशभित्र यात्रुले कष्ट भोग्नु र दुर्घटना भोग्नु नपरोस भन्ने आफ्नो उद्देश्य रहेको बताए।


इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले यात्रुहरूको सहजताका लागि सहायता कक्ष राखिएको भन्दै पर्वहरूमा यात्रा गर्दा कुनै समस्या देखिएमा साहायता कक्ष मात्र नभएर प्रहरी प्रशासनमा जानकारी दिन आग्रह गरे।
पश्चिम नेपाल बस व्यवसायी प्राली का अध्यक्ष दधिराम खरेलले यात्रुहरूलाई सहज र सवारी साधनको अभाव नहोस् भनी पर्वहरूमा यातायातको व्यवस्था गरिएको बताए। उनले पर्वहरूमा एकतर्फी यात्रु बढी हुने भएकाले त्यसमा यातायात व्यवसायी र यात्रुहरू पनि सहजताका लागि उपयुक्त वातावरण बनाउन लाग्नुपर्ने धारणा राखे।
प्रहरी वरिष्ठ नायक निरीक्षक मञ्जु रानाले यात्रुहरुले सहज यात्राका लागि सरोकारवाला हरुसँगको समन्वय र सहकार्यले सहज हुने बताइन्।
यातायात व्यवसायी तथा प्रहरीले सवारी चालकहरुलाई सचेतना सन्देश र पुष्पगुच्छा प्रदान गरेका थिए।

साथै विजयादशमी ,दीपावली र छठ पर्वका लागि यात्रुवाहक सवारी साधनका लागि समयतालिका हटाइएको समेत जानकारी दिए।

छुटाउनुभयो कि ?

रोल्पामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु

बुटवलरोल्पाको थवाङ जलजलामा रुकुमपूर्वबाट आउँदै गरेको जीप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी...
विपक्षी दलहरूको बैठक: सुकुम्बासी, विद्यार्थी संगठन र ट्रेड युनियन बारे सरकारको निर्णयको विरोध

विपक्षी दलहरूको बैठक: सुकुम्बासी, विद्यार्थी संगठन र ट्रेड युनियन बारे सरकारको निर्णयको विरोध

काठमाडौंप्रमुख प्रतिदल नेपाली काँग्रेस,एमालेसहितका विपक्षी दलहरुले सुकुम्बासी बस्ति बिना तयारी खालि गराइएकोप्रति आपत्ति जनाएक...
उद्योगीका समस्या सुन्दै सांसद खरेलः “निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौँ ”

उद्योगीका समस्या सुन्दै सांसद खरेलः “निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौँ ”

बुटवलरूपन्देही उद्योग संघले आयोजना गरेको स्वागत तथा परिचय कार्यक्रममा उद्योगी–व्यवसायीहरूले भोगिरहेका विविध समस्याहरू उठाउँदै...
माण्डव्य ऋषिका सन्ततीहरूको गौरव, बुटवलको सेवा श्रम

माण्डव्य ऋषिका सन्ततीहरूको गौरव, बुटवलको सेवा श्रम

बुटवलनेपालमा हिन्दु परम्परा अनुसार मुख्य ऋषिमुनीहरू माण्डव्य, कश्यप, वशिष्ठ, गौतम, अत्रि,भृगु, जमदग्नि लगायतका नामबाट ४९ भन्द...