बुटवलको औद्योगिक व्यापार मेलामा फिस टनेलमा दर्शकको भिड
Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज
बुटवल
बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा पहिलो पटक ल्याईएको दुबई फिस एक्युरियम तथा फिस टनेलमा दर्शकको भिड लागेको छ । दुबईको समुद्रमा हुने फिस टनेल बुटवलमा मात्रै नभएर नेपालमै नौलो हो । यो बुटवलमा पहिलो पटक ल्याईएको प्रचार प्रसार समितिका संयोजक दीपक चापागाईले जानकारी गराउनु भयो । मेलामा पहिलोपटक ल्याइएको दुबईको समुन्द्रमा मात्रै हेर्न पाइने फिस टनेलको अवलोकन गर्ने र फोटो भिडियो छायाङ्कन गर्नेको घुइचो नै लागेको छ ।
व्यापार मेलामा भाँगोको तेल पाईने स्टलमा दर्शकको आकर्षण देखिएको छ । रुकुम पुर्वको भुमे गाउँपालिका वडा नं. ३ मा रहेको मारिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले बहुउपयोगी औषधीय गुण रहेको भाँगोको तेल उत्पादन गर्दै आएको छ ।उक्त सहकारीले किसानद्वारा उत्पादित कृषि उपज तथा प्रशोधित बस्तुहरुको विक्रिवितरणको लागि बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा स्टल राखिएको छ ...








