पत्रपत्रिका

निर्वाचन आयोगद्वारा १सय८१ वटा कन्टेन्ट उत्पादकलाई कारबाही गर्न सिफारिस

निर्वाचन आयोगद्वारा १सय८१ वटा कन्टेन्ट उत्पादकलाई कारबाही गर्न सिफारिस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइवर ब्यूरोमा पठाएको छ ।आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा सात वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।त्यस्तै, ४० वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ४७ वटालाई निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ । निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्न...
आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, पहिलो दिन तीन खेल हुदै

आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, पहिलो दिन तीन खेल हुदै

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँआइसीसी टी-२० विश्वकप आजदेखि शुरु हुदै छ । मार्च ८ सम्म भारत र श्रीलंकामा हुने यस विश्वकपमा २० देशले भाग लिदैछन् ।टी-२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् ।त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुदैछन् । आज पहिलो खेल बिहान सवा ११ बजे समुह ए का पाकिस्तान र नेदरल्याण्डसबीच कोलम्बोमा हुदै छ भने दोस्रो खेल समुह सी का स्कटल्याण्ड र वेस्ट इण्डिजबीच कोलकोतास्थित इडेन गार्डेनमा दिउसो...
साठी जिल्लाको मतपत्र छपाइ,२५ जिल्लाको प्याकिङ समेत सम्पन्न

साठी जिल्लाको मतपत्र छपाइ,२५ जिल्लाको प्याकिङ समेत सम्पन्न

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको छ ।यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ । साठी जिल्लाको मतपत्र पनि छपाइ सम्पन्न भइसकेको छ तर, प्याकिङको काम भने बाँकी छ ।आयोगका अनुसार मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । प्याकिङको काम पनि क्रमशः भइरहेको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ ।समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । समानुपातिक निर...
झुटा सूचनाले समाजमा गम्भीर संकट ल्याउन सक्छ :            एमाले उपाध्यक्ष पौडेल

झुटा सूचनाले समाजमा गम्भीर संकट ल्याउन सक्छ : एमाले उपाध्यक्ष पौडेल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
प्रेस चौतारीको स्थापना दिवसमा रुपन्देहीमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्वन्धि तालिम सम्पन्न बुटवलनेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको झुटा तथा भ्रमपूर्ण सूचनाले समाजमा गम्भीर समस्या उत्पन्न गरिरहेको बताउनुभएको छ। उहाँले यस्ता सूचनाको नियन्त्रण र तथ्यपरक पत्रकारिताको सुदृढीकरणमा सञ्चारकर्मीको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो। प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम उद्घाटन गर्दै उपाध्यक्ष तथा प्रतिनिधि सभाका रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पौडेलले सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रूपमा विकसित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। “समाजमा झुटो सूचनाको बिगबिगी छ। सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यम बन्दै गएका छन्। यसलाई समयमै नियन्त्रण गर्न नसके समाजमा गम्भीर समस्या...
पहाडी र हिमाली भू–भागमा मौसम सफा, तराईमा कुहिरो

पहाडी र हिमाली भू–भागमा मौसम सफा, तराईमा कुहिरो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभाग हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।हाल तराई भू-भागका थोरै स्थानहरूमा हस्सु/तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेने छ ।त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेने छ । ...
जन्ती बोकेको बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो, ३६ घाइतेको उपचार हुँदै

जन्ती बोकेको बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो, ३६ घाइतेको उपचार हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौंबैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार आठ जनाको घटनास्थलमै मृत्यु भएको हो भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा थप पाँच जनाले बाटोमै ज्यान गुमाएका हुन्।दुर्घटनामा घाइते भएका ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। बिहीबार राति करिब ८ बजे पुर्चौंडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब १५० मिटर तल खसेको जनाइएको छ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ...
पुनर्स्थापनाको पर्खाइमा अछामको रामारोशनका बाढीपीडित

पुनर्स्थापनाको पर्खाइमा अछामको रामारोशनका बाढीपीडित

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंअछाम जिल्लाको रामारोशन–५, सैनीका बाढीपीडित वर्षौंदेखि राहत र पुनर्स्थापनाको प्रतीक्षामा छन् । चार वर्षअघिको बाढीले घर, व्यापार र आफन्त गुमाएका उनीहरूको पुनर्स्थापना राज्यको प्राथमिकतामा छैन । ०७८ भदौ २ गते राति आएको कैलाश खोलाको बाढीले सैनी बजारका २५ मध्ये २२ घर बगाएको थियो । त्यसबेला चार परिवारका १७ जना बेपत्ता भएका थिए । तीमध्ये सात जनाको मात्रै शव फेला परेको थियो । बाँकी १० जना अझ बेपत्ता छन् । यो बजार साबिक रामारोशन र भाटाकाटिया गाविसको व्यापारिक केन्द्र थियो । व्यापार बढेपछि स्थानीयले लाखौं लगानी गरेर घर–पसल निर्माण गरेका थिए । बाढीले सबथोक नास गरे पनि राज्यले पुनर्स्थापना गरेन । घटनापछि केही संघसंस्थाले खाद्यान्न र कपडा उपलब्ध गराएका थिए । त्यसबाहेक सरकारी निकायको उपस्थिति शून्यजस्तै रहेको स्थानीय दीर्घराज रोकायाले बताए । अहिले पनि विभिन्न राजनीतिक दलका उम्मेदवा...
विदेशबाट बोलाएर रास्वपाले धोका दियो: श्री कुँवर

विदेशबाट बोलाएर रास्वपाले धोका दियो: श्री कुँवर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार सिफारिस भएका श्री कुँवरले अमेरिकामा सेटल भएर बसेको व्यक्तिलाई बोलाएर धोका दिएको भन्दै पार्टी परित्यागको घोषणा गरेका छन्। कुँवर रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका थिए। रास्वपाले उम्मेदवारका लागि श्री कुँवर सहित ६ जनाको नाम सिफारिस गरेको थियो।रास्वपा स्थापनादेखि नै अमेरिकामा रहेर सघाएका कुँवरले पार्टीले धोका दिएको भन्दै बिहीबार राजीनामा लेख्दै पार्टी परित्याग गरेको बताएका हुन्।उनले रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएपछि पार्टी छाडेको बताएका छन्।प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा बालेन साहको कोटाबाट उनका सल्लाहकार सुनिल लम्साललाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका थिए।कुँवरले आफू ...
भ्रमित सूचनालाई बन्देज गर्न आयोग र टिकटकबिच सहकार्य

भ्रमित सूचनालाई बन्देज गर्न आयोग र टिकटकबिच सहकार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंभ्रमित सूचनालाई बन्देज गर्न टिकटकसँग निर्वाचन आयोगले सहकार्य गरेको छ । निर्वाचनमा मिथ्या सूचना रोक्न निर्वाचन आयोग र टिकटकबिच सहकार्य गर्ने समझदारी भएको हो ।आयोगपरिसरमा बुधबार आयोजित कार्यक्रममा निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले आयोगसँग समझदारीपत्र आदान–प्रदान गरेको हो ।सहकार्यअन्तर्गत टिकटकको प्रतिनिधिमण्डलले निर्वाचन नैतिकतासम्बन्धी क्षमता अभिवृद्धि कार्यशालासमेत सञ्चालन गरेको थियो । कार्यशालामा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्द्धन, भ्रामक सूचनासँग जुध्ने उपाय र सरोकारवालाहरूबिच निर्वाचनको गरिमासम्बन्धी बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो ।आयोगका पदाधिकारीहरूलाई टिकटकले आफ्नो प्लाटफर्मले निर्वाचन प्रक्रियाको संरक्षण कसरी गर्छ भन्नेबारे जानकारी गराएको थियो । यस क्रममा टिकटकका सामुदायिक निर्देशिका, भ्रामक सूचना, राजनीतिक सामग्री तथा भ्रामक व्यवह...
नयाँ दल आउनु स्वाभाविक हो,पूराना दलको इतिहास विर्सनु हुँदैन : अष्टलक्ष्मी शाक्य

नयाँ दल आउनु स्वाभाविक हो,पूराना दलको इतिहास विर्सनु हुँदैन : अष्टलक्ष्मी शाक्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंदेशलाई निकासा दिनकै लागि भएपनि चुनाव हुनुपर्ने एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बताएकी छन् । उनले देशलाई निकास दिने अन्तिम विकल्प भनेको चुनाव नै रहेको बताइन ।विषेश कुराकानीमा बोल्दै उनले भनिन,‘यदी चुनाव भएन भने, अप्ठ्यारो हुन्छ । अस्थिरता सिर्जना हुन्छ, गणतन्त्रमाथि प्रश्न आउँछ, संविधानमाथि प्रश्न खडा हुन्छ । त्यसैले हामीले चुनाव कुनै पनि हालतमा फागुन २१ गते सम्पन्न गर्नैपर्छ ।’ शाक्यले वर्तमान सरकार सफल हुने हो भनेपनि चुनाव गराउनु पर्नेमा जोड दिइन् । उनले यो सरकारलाई निर्वाचन सम्पन्न, कुशल ढंगले व्यवस्थापन गरेर र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न ग¥यो भने सरकारले जस लिने पनि बताइन ।उनले चुनावमा नेताहरु प्रचार प्रसारमा खटिसकेको तर एजेण्डाहरु अगाडि नबढाएकोमा समस्या भएको बताइन । एमालेकी पूर्व उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री शाक्यले लोकतान्त्रिक मुलुकका लागि न...