नयाँ दल आउनु स्वाभाविक हो,पूराना दलको इतिहास विर्सनु हुँदैन : अष्टलक्ष्मी शाक्य


काठमाडौं
देशलाई निकासा दिनकै लागि भएपनि चुनाव हुनुपर्ने एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बताएकी छन् । उनले देशलाई निकास दिने अन्तिम विकल्प भनेको चुनाव नै रहेको बताइन ।
विषेश कुराकानीमा बोल्दै उनले भनिन,‘यदी चुनाव भएन भने, अप्ठ्यारो हुन्छ । अस्थिरता सिर्जना हुन्छ, गणतन्त्रमाथि प्रश्न आउँछ, संविधानमाथि प्रश्न खडा हुन्छ । त्यसैले हामीले चुनाव कुनै पनि हालतमा फागुन २१ गते सम्पन्न गर्नैपर्छ ।’ शाक्यले वर्तमान सरकार सफल हुने हो भनेपनि चुनाव गराउनु पर्नेमा जोड दिइन् । उनले यो सरकारलाई निर्वाचन सम्पन्न, कुशल ढंगले व्यवस्थापन गरेर र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न ग¥यो भने सरकारले जस लिने पनि बताइन ।
उनले चुनावमा नेताहरु प्रचार प्रसारमा खटिसकेको तर एजेण्डाहरु अगाडि नबढाएकोमा समस्या भएको बताइन । एमालेकी पूर्व उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री शाक्यले लोकतान्त्रिक मुलुकका लागि निर्वाचन अपरिहार्य भएको बताएकी हुन् । आफू सामाजिक अभियानसँगै महिला सशक्तीकरणमा लामो समयदेखि क्रियाशील रहेको उल्लेख गर्दै शाक्यले ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान दिएका आठजना महिलालाई सम्मान गर्दै आएको बताइन् ।
नेपाली महिलाको क्षमता, नेतृत्व र योगदानलाई विश्वस्तरमा चिनाउने उद्देश्यले भिडियो सामग्री पनि निर्माण गर्दै आएको उल्लेख गर्दै उनले महिलाहरू परिवर्तनका संवाहक र कुशल नेतृत्वकर्ता भएको धारणा राखिन् । उनले पछिल्लो समय देखिएको नवयुवा आन्दोलनलाई आन्दोलन मात्र नभई लामो समयको तयारीसहितको घुसपैठको रूपमा व्याख्या गरिन् । उक्त गतिविधिले देशलाई अस्तव्यस्त बनाएको, संविधानमाथि प्रश्न उठाएको र राजनीतिक अस्थिरता निम्त्याएको उनको भनाइ थियो।

वर्तमान सरकार महिला नेतृत्वमा बनेको उल्लेख गर्दै शाक्यले निर्वाचन गराउने जिम्मेवारीसहित गठन भएको सरकारले तयारीका साथ काम गरिरहेको भन्दै सकारात्मक मूल्यांकन गरिन् । शाक्यले निर्वाचन कुशल व्यवस्थापनका साथ, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सके सरकारको महत्वपूर्ण उपलब्धि हुने बताइन् । उनका अनुसार अहिले सबै राजनीतिक दल निर्वाचनमा होमिइसकेका छन्, तर घोषणापत्र ढिलो आउनु कमजोरी हो । ‘घोषणापत्रमार्फत देश बनाउने दृष्टिकोण, सुशासन, समृद्धि र संसदीय अभ्यासको स्पष्ट खाका आउनुपर्छ,’ उनले भनिन् ।

लोकतन्त्रमा नयाँ दल आउनु स्वाभाविक भएपनि पूराना दलको इतिहास, त्याग र बलिदानलाई बेवास्ता गर्न नहुने शाक्यको भनाइ छ । निरंकुश शासन, पञ्चायत र राणा शासनविरुद्धको आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न पूराना दलहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले नयाँ र पूराना शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा राखिन् ।

संविधान समावेशी भएको उल्लेख गर्दै शाक्यले दलित, महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सबै समुदायलाई राज्यको निर्णय प्रक्रियामा स्थान दिएको बताइन् । संविधान सभाकी सदस्यसमेत भइसकेकी शाक्यले संविधानमा केही परिमार्जन आवश्यक हुनसक्ने भएपनि समग्रमा यो नेपाली विविधतालाई समेट्ने उत्कृष्ट दस्तावेज भएको बताइन् ।

नेकपा एमालेको लामो राजनीतिक यात्रालाई स्मरण गर्दै उनले आफू ०३६ सालदेखि पूर्णकालीन कार्यकर्ता भएर भूमिगत जीवन बिताएको अनुभव साझा गरिन्। पार्टीभित्र वैचारिक छलफल कमजोर हुँदा गुट जन्मिने पुष्पलालको चेतावनी स्मरण गर्दै उनले नेतृत्वको हृदय फराकिलो हुनुपर्ने र सबैलाई समेट्न सक्नुपर्नेमा जोड दिइन् । महिला सहभागिताका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै शाक्यले ३३ प्रतिशत महिला प्रतिनिधित्व नेतृत्व तहबाटै चुनौतीमा परेको बताइन् ।

‘महिला मेरो मान्छे नभएको कारण टिकटबाट वञ्चित हुनु संविधानमाथिकै चुनौती हो,’ उनले भनिन् । महिला विभागको नेतृत्वमा रहेर ३३ प्रतिशत प्रतिनिधित्व संविधानसम्म पु¥याउन भूमिका खेलेको स्मरण गर्दै उनले अहिलेको अवस्था गलत सन्देश जाने खालको रहेको र तत्काल सुधार आवश्यक रहेको बताइन् ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...