पुनर्स्थापनाको पर्खाइमा अछामको रामारोशनका बाढीपीडित


काठमाडौं
अछाम जिल्लाको रामारोशन–५, सैनीका बाढीपीडित वर्षौंदेखि राहत र पुनर्स्थापनाको प्रतीक्षामा छन् । चार वर्षअघिको बाढीले घर, व्यापार र आफन्त गुमाएका उनीहरूको पुनर्स्थापना राज्यको प्राथमिकतामा छैन ।

०७८ भदौ २ गते राति आएको कैलाश खोलाको बाढीले सैनी बजारका २५ मध्ये २२ घर बगाएको थियो । त्यसबेला चार परिवारका १७ जना बेपत्ता भएका थिए । तीमध्ये सात जनाको मात्रै शव फेला परेको थियो । बाँकी १० जना अझ बेपत्ता छन् ।

यो बजार साबिक रामारोशन र भाटाकाटिया गाविसको व्यापारिक केन्द्र थियो । व्यापार बढेपछि स्थानीयले लाखौं लगानी गरेर घर–पसल निर्माण गरेका थिए । बाढीले सबथोक नास गरे पनि राज्यले पुनर्स्थापना गरेन ।

घटनापछि केही संघसंस्थाले खाद्यान्न र कपडा उपलब्ध गराएका थिए । त्यसबाहेक सरकारी निकायको उपस्थिति शून्यजस्तै रहेको स्थानीय दीर्घराज रोकायाले बताए । अहिले पनि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले यहाँ आएर राहत र पुनर्स्थापनाको आश्वासन दिने गरेको उनले बताए ।
‘चुनाव आउँदा मात्र हामी मतदाता हुन्छौं । अरू बेला बेवास्ता गर्छन्,’ उनले भने, ‘चार वर्षदेखि हामी छटपटीमै बिताइरहेका छौं । एकै दिनको बाढीले बजार उजाड बनायो, हाम्रो उठिबास लाग्यो । यति हुँदा पनि राज्य भएको महसुस भएन ।’ सैनीबजारमा अहिले रोकाया र खडक बटालाको पसल मात्रै बाँकी छन् । बाढीले उक्त बजारका करिब २ सय ५० परिवार विस्थापित भए ।
अझै पनि धनेसल्ला, सोड्ना जात तोला लगायत बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेको रोकायाले बताए । ‘१७ जनाको ज्यान गयो, सम्पत्ति बगायो, हामीले अहिलेसम्म राहत पाएनौं,’ उनले भने, ‘चुनाव नजिकिँदै गर्दा नेताहरू मत माग्न आउँछन् । हामी भोट बैंकमात्र कहिलेसम्म हुने ?’

रामारोशन–५, सनानीका ८० वर्षीय झंकर साउद र ७५ वर्षीया श्रीमती सुर्जा साउद राहतको पर्खाइमा छन् । कैलाश खोलाको बाढीले आफूहरूको सपना, आशा र भरोसा सबै उजाड बनाएको उनले सुनाए । बाढीले उनका छोरा नन्दु साउदसहित ६ जनाको ज्यान लियो । ‘हामी अहिले एकले अर्काको आँसु पुछेर बाँचिरहेका छौं । परिवारमा कोही छैन,’ झंकरले भने, ‘०७९ को चुनावमा राहत दिन्छौं भनेर बोकेरै मत हाल्ने ठाउँमा लिए । त्यसपछि कोही फर्किएनन् ।’

चुनाव आउँदा मात्र नेताहरू मत माग्न आउने गरेको तर विपत्तिका बेलामा कसैको प्राथमिकता नपरेको उनीहरूले दुखेसो गरे । सन्तान नै बाढीले लगेपछि सरकारबाट ६ लाख रुपैयाँ राहत पाएको सुर्जाले बताइन् । ‘६ जनाको ज्यानका लागि ६ लाख राहत लिएका थियौं, अरू कसैले केही दिएका छैनन् । ऋण कसरी तिर्नू ? कसरी गुजारा चलाउनू ? सोच्दै सोच्दै दिन ढल्छ, रात पर्छ,’ उनी भन्छिन्, ‘हेचराह गर्ने मान्छे नहुँदा हाम्रो अवस्था अझ गाह्रो भएको छ । आफ्नो भरोसा आफैं हुनुपरेको छ ।’

दम्पत्ती नै आँखा राम्रोसँग नदेख्ने भएकाले झन् गाह्रो हुँदै गएको उनले बताइन् । ‘सुरुमा राहत दिन्छौं, खानेकुरा दिन्छौं भनेर धेरै आउँथे, अहिले त कसैले फर्केर हेर्दैनन्, उल्टै पैसा माग्न आउँछन् । लालपुर्जा पनि बाढीले बगायो । दिनका लागि हामीसँग के बाँकी छ र ?’ उनले भनिन् ।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...