भ्रमित सूचनालाई बन्देज गर्न आयोग र टिकटकबिच सहकार्य


काठमाडौं
भ्रमित सूचनालाई बन्देज गर्न टिकटकसँग निर्वाचन आयोगले सहकार्य गरेको छ । निर्वाचनमा मिथ्या सूचना रोक्न निर्वाचन आयोग र टिकटकबिच सहकार्य गर्ने समझदारी भएको हो ।
आयोगपरिसरमा बुधबार आयोजित कार्यक्रममा निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले आयोगसँग समझदारीपत्र आदान–प्रदान गरेको हो ।
सहकार्यअन्तर्गत टिकटकको प्रतिनिधिमण्डलले निर्वाचन नैतिकतासम्बन्धी क्षमता अभिवृद्धि कार्यशालासमेत सञ्चालन गरेको थियो । कार्यशालामा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्द्धन, भ्रामक सूचनासँग जुध्ने उपाय र सरोकारवालाहरूबिच निर्वाचनको गरिमासम्बन्धी बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो ।
आयोगका पदाधिकारीहरूलाई टिकटकले आफ्नो प्लाटफर्मले निर्वाचन प्रक्रियाको संरक्षण कसरी गर्छ भन्नेबारे जानकारी गराएको थियो । यस क्रममा टिकटकका सामुदायिक निर्देशिका, भ्रामक सूचना, राजनीतिक सामग्री तथा भ्रामक व्यवहारसम्बन्धी नीतिहरूबारे प्रस्तुति दिइएको थियो । साथै प्रयोगकर्ताले विश्वसनीय सूचना पहुँच गर्न, सम्भावित उल्लंघनबारे जानकारी गराउन र निर्वाचनसम्बन्धी सामग्री प्लाटफर्ममा कसरी व्यवस्थापन गरिन्छ भन्ने बुझ्न सहयोग गर्ने टिकटकका उपकरण तथा सुविधाबारे पनि जानकारी गराइएको थियो ।
‘कुनै पनि लोकतन्त्रका लागि निर्वाचन अत्यन्त महत्वपूर्ण क्षण हो र सार्वजनिक संवादलाई आकार दिने प्लाटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छ । यस सहकार्यमार्फत हामीले सचेत सहभागिता प्रवर्द्धन गर्ने, निर्वाचनको निष्पक्षतालाई सुदृढीकरण गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्य राखेका छौँ,’ टिकटकको दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दोस मोत्तकिनले भने ।
त्यस्तै, आयोग प्रवक्ता नारायण भट्टराईले डिजिटल प्लाटफर्मको जिम्मेवार प्रयोग र निर्वाचन नैतिक प्रवर्द्धनका लागि टिकटकसँगको सहकार्य स्वागतयोग्य भएको बताए । ‘यस्ता सहकार्यहरूले भ्रामक सूचनाबारे सचेतना अभिवृद्धि गर्न र निर्वाचन प्रक्रियामा सचेत सहभागितालाई टेवा पुर्‍याउँछन्,’ उनले भने ।

टिकटकले निर्वाचन नैतिकता सुदृढ गर्न र नेपाली समुदायका लागि विश्वसनीय सूचनाको वातावरण बनाउन आयोग तथा अन्य सरोकारवालासँग निरन्तर सहकार्य गर्ने भट्टराईले बताए । ‘विश्वव्यापी प्लाटफर्मका रूपमा प्रयोगकर्ताको विश्वास कायम राख्न, भ्रामक सूचनाको जोखिम कम गर्न र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्न निर्वाचनको नैतिकता सुनिश्चित गर्नु अत्यावश्यक छ,’ उनले भने ।
प्रवक्ता भट्टराईले फेसबुकको माउ कम्पनी मेटासँग पनि सहकार्यका लागि सघन छलफल चलिरहेको र चाँडै समझदारीपत्रमा हस्ताक्षर गरिने पनि बताए ।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...