पत्रपत्रिका

लुम्बिनी प्रादेशिक अस्पतालको ११६औं बार्षिकोत्सवसंगै एमआरआई सेवाको शुरुवात

लुम्बिनी प्रादेशिक अस्पतालको ११६औं बार्षिकोत्सवसंगै एमआरआई सेवाको शुरुवात

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ११६औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ।सोही अवसरमा अस्पतालले एम आर आई सेवाको शुभारम्भ गरेको छ।कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पताल र यस क्षेत्रका सेवाग्राहीलाई खड्कीरहेको एम आर आई सेवाको शुरुवातले थप प्रोत्साहन मिलेको वताए।उनले अस्पताललाई योगदान गरेका पुर्वजको सम्मान संगै वर्तमानमा प्रभावकारी गराउंदै थप व्यवस्थित बनाउन लागेको जानकारी दिए।आचार्यले देशकै नमुना योग्य अस्पताल रहेकोमा खुसी लागेको वताउदै अस्पतालको श्रीबृद्धिमा प्रदेश सरकारले पहल कदमी लिएको र अझ वढि लिने आश्वासन दिए।अस्पताल एम आर आई सेवाले थप प्रभावकारी वन्ने र अन्य सेवाहरू प्रभावकारी वनाउन पहल कदमी लिईरहेको वताए।आफु सरकारमा रहेको समयमा शिल्यान्यास गर्न पाएकोमा अझ वढि जिम्मेवार भएको अनुभुति रहेको र प्रदेश सरकारले कुनै कसुर वांकी नराख्ने प्रति...
लुम्बिनी,सुदूरपश्चिम र कर्णालीमा मेघगर्जन र चट्याङसहित वर्षा

लुम्बिनी,सुदूरपश्चिम र कर्णालीमा मेघगर्जन र चट्याङसहित वर्षा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँअहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भइरहेको छ । हुम्ला, कालिकोट, अछाम, सुर्खेत, बर्दिया, दाङ, बाँके र कपिलवस्तु लगायतका जिल्लामा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा दाङको अम्मरपुरमा ३२.८ मिलिमिटर मापन भएको छ । त्यस्तै, रुपन्देहीमा पनि दिउँसोपछि मौसम बदली भएको छ । आज लुम्बिनी, मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरी करिब ५०–६० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने सम्भावना रहेको छ । यसका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ...
बुटवलमा लोक सुशिलाले गर्यो महिन्द्राको ‘बोलेरो म्याक्स पिक–अप’ बिक्री सुरु

बुटवलमा लोक सुशिलाले गर्यो महिन्द्राको ‘बोलेरो म्याक्स पिक–अप’ बिक्री सुरु

ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, स्थानीय
बुटवलमहिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले बुटवलमा ‘महिन्द्रा बोलेरो म्याक्स पिक–अप’ का दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । महिन्द्राको पिक–अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक वितरक, अग्नि ग्रुपअन्तर्गत अग्नि इन्करर्पाेरेटेड प्रालिले बिहीबार महिन्द्रा सोरुम लोक सुशिला अटो कन्सर्न बुटवलमा १.७ टन र नेपालकै पहिलो र एकमात्र २ टन भार वहन क्षमता भएको नयाँ पिक–अप ‘महिन्द्रा बोलेरो म्याक्स पिक–अप’ सार्वजनिक गरी बिक्री सुरु गरेको हो  ।लोक शुशिला अटो कन्र्शन प्रा.लि. बुटवलका सञ्चालक लोकहरि श्रेष्ठले पूर्ण रूपमा नयाँ प्लेटफर्ममा निर्माण गरिएको बोलेरो म्याक्स पिक–अपले नेपाली पिक–अप सेगमेन्टमा एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । भार क्षमता (पेलोड), इन्धन इफिसियन्स, सुरक्षा र समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड कायम गर्दै, बोलेरो म्याक्स पिक–अपले नेपाली बजारको सब–२– कमर्सियल गा...
उडान अवरुद्ध हुँदा विदेशमै रोकिए २२ श्रमिकको शव,पर्खाइमा परिवार

उडान अवरुद्ध हुँदा विदेशमै रोकिए २२ श्रमिकको शव,पर्खाइमा परिवार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंखाडीमा जारी युद्धका कारण विभिन्न मुलुकका विमानस्थलहरू सञ्चालन हुन सकिरहेका छैनन्, सबै प्रक्रिया पूरा गरी दूतावासबाट ‘एनओसी’ पाएका नेपाली श्रमिकका शवहरू ७ कुवेतमा, ७ साउदीमा र ८ यूएईमा अलपत्र छन्। पश्चिम एसियामा जारी युद्धका कारण साउदी, कुवेत र यूएईमा २२ जना नेपाली श्रमिकका शव विमानस्थलमा रोकिएका छन्।उडान अवरुद्ध हुँदा परिवारजनले शव पर्खनु परेको छ भने दूतावास र रोजगारदाता कम्पनीले कागजात प्रक्रिया पूरा गरे पनि शव पठाउन समस्या भएको छ। शव पठाउने जिम्मेवारी रोजगारदाताकै भए पनि सीमित उडान, उच्च शुल्क र कानुनी जटिलताले समस्या थपिएको छ। ...
कतारको ग्यास उत्पादन केन्द्रमा इरानको भिषण आक्रमणमा, विश्वव्यापी ऊर्जा संकट गहिरिने संकेत

कतारको ग्यास उत्पादन केन्द्रमा इरानको भिषण आक्रमणमा, विश्वव्यापी ऊर्जा संकट गहिरिने संकेत

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँइरानको आक्रमणपछि कतारको तरलीकृत प्राकृतिक ग्यास उत्पादनमा ठूलो क्षति पुगेको छ । कतारको रक्षा मन्त्रालयका अनुसार इरानले पाँचवटा क्षेप्यास्त्र प्रहार गरेकोमा चारवटा आकाशमै रोकिने गरी नष्ट गरिएका थिए भने एउटा रास लाफान औद्योगिक क्षेत्रमा खसेको थियो । उक्त क्षेत्रमा राज्य स्वामित्वको ग्यास उद्योग, इन्धन प्रशोधन केन्द्र र ठूलो औद्योगिक संरचना रहेका छन् । घटनापछि आगलागी नियन्त्रण गर्न तत्काल उद्धार टोली परिचालन गरिएको कतार ऊर्जा कम्पनीले जनाएको छ। आक्रमणबाट ठूलो भौतिक क्षति पुगेको बताइएको छ । यो घटनाले पश्चिम एसियामा जारी युद्धलाई थप चर्काएको छ र विश्व ऊर्जा बजारमा गम्भीर असर पर्ने संकेत देखिएको छ। कतार विश्वकै दोस्रो ठूलो ग्यास निर्यातकर्ता देश हो र एसियामा सबैभन्दा ठूलो आपूर्तिकर्ता मानिन्छ । विश्लेषकहरूका अनुसार रास लाफान क्षेत्रबाट विश्वको करिब पाँचौँ हिस्सा ग्यास आपूर्...
तीन दिन देशका विभिन्न भागमा वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना

तीन दिन देशका विभिन्न भागमा वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंआगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रबारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो।शनिबार पूर्वी नेपालका विराटनगर, धनकुटा, धरान र आसपासका जिल्लामा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। प्रि–मनसुनको अवधि भएकाले यस्तो शक्तिशाली हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र घरका छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको छ। शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भाव...
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंनेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे ।रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ । ...
आज चैते दशैको घटस्थापना

आज चैते दशैको घटस्थापना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँआज चैते दशैको घटस्थापना परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज चैते दशैको घटस्थापनाको शुभ साइत विहान ७ बजेर ५१ मिनेटमा रहेको जानकारी दिएको छ ।चैते दशैको घटस्थापनामा उत्तर फर्केर घटस्थापना गर्न समितिले आग्रह गरेको छ । चैते दशैँकै दिन मर्यादा पुरुष श्री राम आफ्नो १४ वर्षे वनबास सकाएर अयोध्या फर्किएको अवसरमा मनाइएको भन्ने मान्यता पनि छ ।बनबासबाट सकुशल आगमन भएकोमा अयोध्यावासीलगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दशै मनाएका हुन् भन्ने सामाजिक कथन एवं विश्वास रहेको छ । ...
लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैङ्क सञ्चालनमा ल्याउने तयारी

लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैङ्क सञ्चालनमा ल्याउने तयारी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
लुम्बिनीलुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैङ्क सञ्चालनमा ल्याउने तयारी थालेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैङ्क (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ पनि स्वीकृत गरी आयोजना बैङ्क सञ्चालनको प्रक्रिया थालेको हो । उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले जानकारी दिए ।बैठकले हालै विभिन्न तहमा बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरेको मन्त्री सारूले जानकारी दिए । उनका अनुसार बैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको थप जिम्मेवारी विनोद लामिछाने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको थप जिम्मेवारी नारद गौतम र सामाजिक विकास मन्त्रालयको ...
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला गर्ने सरकारकाे निर्णय

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला गर्ने सरकारकाे निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका केही देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।यसअघि पश्चिम एसियामा विकसित असहज परिस्थितिका कारण मन्त्रालयले साउदी अरेविया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशका लागि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो ।मन्त्रालयका अनुसार विभिन्न देशमा रहेका गैरआवासीय नेपाली संघ, दूतावास तथा श्रमिकहरूले पुनः श्रम स्वीकृति खुलाउन माग गरेपछि नयाँ निर्णय गरिएको हो । परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको सुझावका आधारमा मंगलबार उक्त निर्णय गरिएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिएका छन् । निर्णयअनुसार इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान बाहेकका देशमा कार्यरत नेपाली श्रमिक तथा बिदामा नेपाल आएर ...