वाणिज्य संघमा टंक गैरेको प्यानलद्वारा प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा
बुटवलबुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि टंकप्रसाद गैरेको नेतृत्वमा ‘परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता’ भन्ने नारासहितको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ। सम्पूर्ण उद्योगी–व्यवसायीहरूको हित र समृद्धिलाई प्राथमिकतामा राख्दै उक्त प्यानलले बिहीबार पदाधिकारी तथा सदस्य पदका उम्मेदवारहरूको नामावलीसँगै १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।संघको आगामी कार्यकालका लागि टंकप्रसाद गैरेको अध्यक्षतामा गठित प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टीकाराम बञ्जाडे र सहकोषाध्यक्षमा जाकिर हुसैन उम्मेदवार रहेका छन्।यसैगरी, एसोसिएट सदस्यमा बालकृष्ण पौडेल उम्मेदवार रहेका छन्। उद्योगतर्फका चार सदस्यमा ...








