पत्रपत्रिका

सरकारको आदेशले एकदिन चले, त्यसपछि पुनः थन्किए लुम्बिनीका विद्युतीय बस

सरकारको आदेशले एकदिन चले, त्यसपछि पुनः थन्किए लुम्बिनीका विद्युतीय बस

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीकरिब पाँच वर्षदेखि अलपत्र अवस्थामा थन्किएका विद्युतीय बसहरू सञ्चालनमा ल्याउने प्रयास पुनः असफल देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रपछि गत बुधबारदेखि दुई वटा रुटमा सेवा सुरु गरिएको भए पनि २४ घण्टा नबित्दै बसहरू पुनः थन्किएका छन्। सेवा सुरु भएको भोलिपल्ट नै ती बसहरू लुम्बिनी विकास कोष परिसरबाट हटाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर राखिएको छ। विमानस्थलबाट सटल सेवा सञ्चालन गर्ने उद्देश्य रहेको बताइएपनि यससम्बन्धी स्पष्ट योजना सार्वजनिक नभएकाले पुनः व्यवस्थापन र निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सञ्चालक महाशाखा प्रमुख मुरारी प्रसाद पौडेलका अनुसार मन्त्रालयको निर्देशनअनुसार बसहरू विमानस्थलमा सारिएको हो। उनले बसहरूको अवस्था सन्तोषजनक नरहेको उ...
राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्काे संयुक्त बैठकमा सम्बोधन गर्ने

राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्काे संयुक्त बैठकमा सम्बोधन गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बाेधन गर्ने तय भएको जानकारी दिए ।‘राष्ट्रपति कार्यालयबाट सचिवालयमा भर्खर पत्र प्राप्त भएको छ । उहाँले चैत २७ गते दिउँसो ३ बजे संयुक्त सदनलाई सम्बोधन गर्ने भन्दै त्यसको व्यवस्था मिलाउन भनिएको छ,’ प्रवक्ता गिरीले भने ।राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । त्यो धारामा ‘राष्ट्रपतिबाट सम्बोधन’ शीर्षकमा लेखिएको छ, ‘राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि...
थोर्गा रुपन्देही सम्पर्क समाजको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा पात्रो विमोचन

थोर्गा रुपन्देही सम्पर्क समाजको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा पात्रो विमोचन

जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवलगुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजले आउंदै गरेको नयाँ वर्ष वि.सं. २०८३ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ।शनिबार रुपन्देहीमा सम्पन्न कार्यक्रममा वोल्दै सम्पर्क समाजका अध्यक्ष षडानन्द पोख्रेलले नयाँ बर्षले हरेक नागरिकमा खुसी लिएर आउने र विगतमा भए गरेका रोकिएका काम पुरा हुने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।उनले पात्रो विमोचनले सम्पर्क समाजको पहिचान,सदस्यहरु विच भातृत्व विकासमा योगदान पुर्याउने धारणा राखेका थिए। कार्यक्रममा पुर्ब अध्यक्ष तथा सल्लाहकारहरु राम प्रसाद पोख्रेल, मिन प्रसाद पोख्रेल र केशबराज ज्ञवाली, पयेक समाजका अध्यक्ष लक्ष्मि प्रसाद ज्ञवाली ,बसन्त पोखरि समाजका अध्यक्ष इश्वरि ज्ञवाली ,पामिर बोर्डिङ्ग स्कुलका प्राचार्य गोपाल गौतमलगायतले शुभकामना दिएको कार्यक्रमको सञ्चालन सचिब लक्षमण गौतमले गरेका थिए। ...
देउवा र आरजु विरुद्ध पक्राउ पुर्जी जारी

देउवा र आरजु विरुद्ध पक्राउ पुर्जी जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंपूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बतायो । ‘उहाँहरूमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिइएको छ, यसबारे आवश्यक प्रक्रिया अघि बढेको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो। गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो। देउवा दम्पती घाइते भएका थिए। घरमा केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडिओहरू सार्वजनिक भएको थियो। देउवा दम्पती स्वास्थ्य उपचारको सिलसिलामा हङकङमा छन्। ...
नेपालको वर्तमान सरकारको अभिभारा

नेपालको वर्तमान सरकारको अभिभारा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीनेपालको इतिहासमा वि.सं.९३६ सम्मको युगलाई पुर्वकाल मानिन्छ। वि.सं. १८२५ सम्मको युगलाई मध्यकाल र त्यसपछिको समयलाई आधुनिक काल मानिन्छ।यि काल खण्डका नेपालको इतिहास विभिन्न उतारचढावका विच गुर्जेको हामी पढ्न, सुन्न पाउछौं।वि.सं.२००७सालमा प्रजातन्त्र स्थापना भयो।नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापा हुंदै प्रजातन्त्र पश्चात वि.सं. २००८ सालमा १७औं प्रधानमन्त्रीको रूपमा मातृका प्रसाद कोइराला वने ,अहिले ४३औं प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाह छन्।अहिले नेपालमा प्रधानमन्त्रीको रूपमा महिलाले समेत स्थान पाइसकेका छन्। अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकाल पुरा गरि सकेकी छन्।२०८२भदौ २३/२४गते ठूलो आन्दोलन भयो, तत् पश्चात् ०८२ फागुन २१मा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो।उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाई मत सहित बालेन्द्र शाह प्रधान...
नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो । विशेषगरी ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया अघि बढाइएको छ ।सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने उद्देश्यसहित १० बुँदे सुधारात्मक कार्ययोजना ल्याएको छ । यस योजनामा नेपाल टेलिकमको सेवा सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । यसअन्तर्गत ग्राहक सेवालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । विगतमा सेवा अवरोध, ढिलो प्रतिक्रिया, अनावश्यक प्रक्रि...
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम

अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । ट्रम्पको यो घोषणा उनले तय गरेको अन्तिम समयसीमा सकिनुअघि आएको हो । यसअघि उनले इरानविरुद्ध कडा चेतावनी दिँदै ‘सभ्यता समाप्त’ पार्ने धम्की दिएका थिए, जसलाई परमाणु आक्रमणको धम्कीका रूपमा समेत व्याख्या गरिएको थियो । सो अभिव्यक्तिको अमेरिकाभित्रै आलोचना भएको थियो । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको दाबी छ । यसले अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ ।ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति जनाएको उल्लेख गर्दै यसलाई व्यापक युद्धविरामतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन् । यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलप...
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
बुटवलजल तथा माैसम बिज्ञान बिभाग माैसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ। यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ। देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ। बुधबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ। ती प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानका साथै मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा...
शिक्षा मन्त्रालयले भन्यो- एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिनू

शिक्षा मन्त्रालयले भन्यो- एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिनू

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरू हुनु अघि नै विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ । केही विद्यालयहरूले नियमविपरीत भर्ना सुरू गरेको र चर्को शुल्क लिएको गुनासो आएको मन्त्रालयको भनाइ छ । अधिकांश निजी विद्यालयले ‘एन्युअल फी’ शीर्षकमा भर्ना शुल्क उठाउँदै आएका छन् ।मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तह मार्फत विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।कतिपय विद्यालयले शैक्षिक सत्र सुरू नहुँदै विद्यार्थी भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिने र एउटै विद्यालयमा अर्को कक्षामा जाँदा पनि पटक-पटक भर्ना शुल्क लिने गरेको भन्दै त्यसलाई मन्त्रालयले गैरकानुनी भनेको छ । मन्त्रालयको पत्रमा ...
घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले घरबाटै काम गर्न अर्थात 'वर्क फ्रम होम' गर्न सबैमा आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो ।सरकारले 'वर्क फ्रम होम' र विद्युतीय सवारीसाधानमा जोड दिन आफ्ना नागरिकलाई आह्वान गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिएकी छन् । सरकारले यसअघि नै इन्धन संकट कम गर्न सरकारी कार्यालय र शैक्षिक संस्थानमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मंगलबारको मन्त्रिपरिषद्को बैठकमा सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्ने विषयमा छलफल भएको र सरकारले आवश्यक ठानेमा लगाउन सक्ने बताइन्।मन्त्रिपरिषद्को बैठका निर्णय सुनाउदै मन्त्री रावलले भनिन्- 'मूल्य समायोजनको बाध्यता छ, सरकारले यो तथ्य लुकाउँदैन। त्यसैले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको छ...