नेपालको वर्तमान सरकारको अभिभारा



श्रीराम ज्ञवाली
नेपालको इतिहासमा वि.सं.९३६ सम्मको युगलाई पुर्वकाल मानिन्छ। वि.सं. १८२५ सम्मको युगलाई मध्यकाल र त्यसपछिको समयलाई आधुनिक काल मानिन्छ।
यि काल खण्डका नेपालको इतिहास विभिन्न उतारचढावका विच गुर्जेको हामी पढ्न, सुन्न पाउछौं।
वि.सं.२००७सालमा प्रजातन्त्र स्थापना भयो।
नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापा हुंदै प्रजातन्त्र पश्चात वि.सं. २००८ सालमा १७औं प्रधानमन्त्रीको रूपमा मातृका प्रसाद कोइराला वने ,अहिले ४३औं प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाह छन्।
अहिले नेपालमा प्रधानमन्त्रीको रूपमा महिलाले समेत स्थान पाइसकेका छन्। अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकाल पुरा गरि सकेकी छन्।
२०८२भदौ २३/२४गते ठूलो आन्दोलन भयो, तत् पश्चात् ०८२ फागुन २१मा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो।
उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाई मत सहित बालेन्द्र शाह प्रधानमन्त्री वनेका छन्।
अहिले रास्वपाले भ्रष्टाचार निर्मूल र शुसासन प्रमुख एजेण्डा लिएर निर्वाचित भए पश्चात नेपाली जनताले सोही अनुसार देश अगाडि बढोस् भन्ने अपेक्षा गरेका छन्।
सरकारले शुसासन, भ्रष्टाचार निर्मूल, विकास, सम्बृद्धि, प्रविधिमैत्री,दुर्त सेवा प्रवाह जस्ता धेरै विषयको संवोधन गरोस् भन्ने अपेक्षा जनताले राखेका छन्।नेपाल र नेपालीले चाहेको अर्को महत्वपूर्ण विषय राष्ट्रिय स्वभिमान हो।
यि विषयहरू सरकारले कत्तिको संवोधन गर्छ भनेर जनता हेरिरहेका छन्।
सरकारले जन-अपेक्षा भन्दा प्रतिसोध,स्टण्डमा महत्व दिने होकी भन्ने आशंका जनताको देखिन्छ।
आर्थिक, सामाजिक रूपमा पछाडि परेका वर्ग नागरिकलाई प्रमुख केन्द्रमा राखेर काम कारबाही अगाडि वढाउन आवस्यक छ।
शिक्षा र स्वास्थ्यलाई राज्यले अपनत्व लिएर सो क्षेत्रका लगानीकर्ताको लगानी सुनिश्चित गरी अन्य उद्यम, व्यवसाय, औद्योगिकरणमा लगानी गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ।
राजनीति र प्रशासनिक क्षेत्रमा भएको खर्च कम गर्न अग्रसर हुनु आवश्यक छ।श्रमजीवी र उत्पादन कर्ता ,निम्न आर्थिक अवस्था भएका नागरिकलाई प्रमुख केन्द्रमा राखेर काम कारवाही अगाडि बढाउन आवश्यक छ।
स्वभिमान, विकास, सम्बृद्धि र अग्रगमनका लागि रहेका वाधा अड्चन फुकाउन निति नियम संशोधन गरी आत्मनिर्भरताको निति लिनु अति आवश्यक छ।
सरकारको यि र यस्तै जिम्मेवारी भन्दा अन्य संगै राज्यको चौथो अंग पत्रकारितामा अंकुश लगाउने र तानाशाही प्रवृत्ति देखिएको जन गुनासो आईरहेको छ।
सरकारले राष्ट्रिय स्वभिमान,भ्रष्टाचार निर्मूल, शुसासन,दुर्त-प्रविधि मैत्री सेवा, देशलाई आत्मनिर्भर बनाउने कार्ययोजना जसमा कृषि, उद्योग, पर्यटन, जलविद्युत्,माटो सुहाउँदो शिक्षा प्रणाली जस्ता विषयमा महत्त्व दिनु आवश्यक छ।
ठुलो मानविय र भौतिक क्षति पछि वनेको रास्वपा नेतृत्वको वर्तमान सरकारले जनताका अपेक्षा पूरा गर्न सकेन भने अझ ठूलो विद्रोह श्रृजना हुन सक्छ।
विगतमा बहुमतका सरकार सञ्चालन गर्ने जिम्मेवारी पाएका दलहरु अहिले अस्तित्वमा वचाउनु पर्ने अवस्थामा पुगे जसरी रास्वपा पनि त्यस्तै नहोला भन्न सकिँदैन।

छुटाउनुभयो कि ?

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...