पत्रपत्रिका

रुपन्देही विद्युतिय व्यवसायी संघले गर्यो एकै दिन सम्मान, पात्रो विमोचन, नयाँ वर्षको शुभकामना तथा प्रशिक्षण

रुपन्देही विद्युतिय व्यवसायी संघले गर्यो एकै दिन सम्मान, पात्रो विमोचन, नयाँ वर्षको शुभकामना तथा प्रशिक्षण

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघले एकैदिन सम्मान, नयाँ वर्षको शुभकामना, भित्ते तथा टेवल पात्रो विमोचन र विद्युतिय व्यवसायीहरुलाई तालिम कार्यक्रम सम्पन्न गरेको छ।संघका अध्यक्ष केशव कुमार सिंह 'सुजित' को अध्यक्षतामा शनिबार बुटवलमा सम्पन्न कार्यक्रममा संघका पूर्व अध्यक्ष लायन सन्दिप कशौधन २०२६/२७ का लागि डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएकोले केक, खादा र सम्मान पत्रद्वारा सम्मान गरेको थियो।कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युतिय व्यवसायी महासंघका तृतीय उपाध्यक्ष तथा पुर्व अध्यक्ष प्रकाशचन्द्र पाण्डेयले वोल्दै संघका संस्थापक कोषाध्यक्ष तथा पूर्वअध्यक्ष सन्दिप कशौधन हालै बुटवलमा सम्पन्न लायन्स क्लबको डिष्ट्रिक्ट गभर्नर पदमा निर्वाचित हुनु विद्युतिय व्यवसायी संघको र समग्र विद्युतिय व्यवसायी हरुको गौरव रहेको वताएका थिए।उनले विद्युतिय व्यवसायी व्यवसाय संगै सामाजिक कार्यमा अग्रसर रहेक...
बुटवलको चौराहामा नयाँ व्यवस्थापनका साथ स्टान्डर्स टेलरिङ्ग सेन्टर सञ्चालनमा

बुटवलको चौराहामा नयाँ व्यवस्थापनका साथ स्टान्डर्स टेलरिङ्ग सेन्टर सञ्चालनमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको राजमार्ग चौराहामा नयाँ व्यवस्थापनका साथ स्टान्डर्स टेलरिङ्ग सेन्टर सञ्चालनमा आएको छ । बुटवलमा लामो समयदेखि टेलरिङ्ग व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी सुवास परियारको संयुक्त पारिवारीक लगानीमा टेलर्स सञ्चालनमा ल्याइएको हो ।उक्त टेलर्सको शनिबार एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिव्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर श्रेष्ठले उद्घाटन गरे । सोही अबसरमा बोल्दै उनले विषम परिस्थितिमा पनि ठुलो लगानीका साथ व्यवसाय शुरु गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरुलाई राज्यले संरक्षणसँगै लगानीको वातावरण तयार गर्नुपर्ने बताए । लामो व्यवसायीक अनुभव र आकर्षक डिजाइन र उचित मूल्यमा गुणस्तरीय पहिरनका कारण यस क्षेत्रका ग्राहकको मन जित्न सफल भएको उल्लेख गर्दै उनले आगामी दिनमा सबैको साथ पाउने विश्वास व्यक्त गरे ।टेलर्सका सञ्चालक सुवास परियारले गुणस्तरी...
आजको मौसम: पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा बढ्दो गर्मी

आजको मौसम: पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा बढ्दो गर्मी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंआज शनिबार देशभर मौसम मिश्रित रहने देखिएको छ। केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली भई वर्षा तथा हिमपातको सम्भावना रहँदा तराईका अधिकांश क्षेत्रमा तापक्रम बढ्ने संकेत देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। मधेशसहित अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने जनाइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। यसैबीच मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रसहित अन्...
काँग्रेसमा गगन थापाको नेतृत्वलाई सर्वोच्चले दियो आधिकारिकता

काँग्रेसमा गगन थापाको नेतृत्वलाई सर्वोच्चले दियो आधिकारिकता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कमिटीलाई नै आधिकारिकता दिएको छ। शुक्रबार न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको हो।सर्वोच्चले निवेदक पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको रिट खारेज गरेको छ। रिट खारेजीसँगै विशेष महाधिवेशनबाट चुनिएको कार्य समितिलाई नै सर्वोच्चले आधिकारिकता दिएको हो। यो इजलासमा बिहीबारदेखि सुनुवाइ भएको थियो। गत पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए। उनीहरूले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका थिए। प्रारम्भिक सुनुवाइ क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्याया...
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि हुंदै ,नेपालले अमेरिकाको सामना गर्दै

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि हुंदै ,नेपालले अमेरिकाको सामना गर्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंरुवाण्डामा आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि शुरु हुँदैछ ।आज पहिलो दिन नेपालले अमेरिकाको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखी शुरु हुदैछ । त्यस्तै आज रुवान्डा र इटालीवीच अपराहन्न १२: ४५ बजेदेखि उद्घाटन खेल हुदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता खेल्न नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरीलाई त्यसतर्फ पठाएको छ । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् । रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, ए...
सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट

सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
रुपन्देही भारतमा किनमेल गर्न जानेहरु अहिले आक्रोशित भएका छन् । बालेन सरकारले स्थानिय उपभोक्ता लक्षित नियम ल्याएको भन्दै स्थानियहरुमा आक्रोश देखिएको छ । सीमावर्ती भारतीय बजारबाट भन्सार नतिरी सामान भित्रिने प्रवृत्ति बढेपछि भैरहवा भन्सार कार्यालयले रु १सय भन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएसंगै स्थानियहरुमा रोष उत्पन्न भएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई १०० रुपैया भन्दा बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने जानकारी दिइरहेको छ । भन्सार कार्यालयका अनुसार सरकारको निर्देशन र स्थानीय प्रशासनको समन्वयमा यसअघि फितलो बनेको व्यवस्था पुनः प्रभावकारी बनाइएको हो । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाले अघिल्लो सातादेखि नियम पूर्ण रुपमा लागू गरिएको बताउँदै सीमाबाट फर्किने उपभोक्ताल...
बुटवलमा एकैदिन ४८ ईरिक्सा ,प्रहरीको कारबाहिमा

बुटवलमा एकैदिन ४८ ईरिक्सा ,प्रहरीको कारबाहिमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा शुक्रबार एकै दिन ४८ जना ईरिक्सा चालक कारबाहीमा परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले सवारी दुर्घटना न्यूनिकरण तथा सामाजिक अपराध नियन्त्रणका लागि बुटवलका विभिन्न ठाउँमा गरेको चेकजाँच तथा सचेतनाका क्रममा नियम विपरित रहेका चालकहरुलाई कारबाही गरिएको हो । बुटवलका व्यस्त सडकहरु भुड्किचोक, अमरपथ, कालिका पथको तीनकुने तथा देवीनगर क्षेत्रमा चेकजाँच गर्ने क्रममा बील-बुक नभएका तथा सवारी चालक अनुमति नभएकाहरुलाई कारबाही गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए । बुटवललाई सुरक्षित र शान्त बनाउनका लागि प्रहरीले विभिन्न अभियानहरुलाई जारी राखेको प्रनाउ श्रीवास्तवले बताए । शुक्रबार कारबाहीमा परेका ईरिक्साहरुलाई कानुन अनुसार दण्ड जरिवाना गरिने उनले बताए । ईप्रका बुटवलले यसअघि स्वरुप परिवर्तन गरि चर्को आवाजमा हुईकाउने मोटरसाइकलाई नि...
विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विकास आयोजनामा थ्रेस होल्डको व्यवस्था गर्ने भएको छ । अर्थ मन्त्रालयले दोहोरो तथा साना टुक्रे आयोजनाहरूमा खर्च छर्ने प्रवृत्तिको अन्त्य गर्दै आगामी आर्थिक वर्षको बजेटमार्फत निर्धारित थ्रेस होल्डको आधारमा न्यूनतम सीमा अनुसार बजेट विनियोजनको व्यवस्था गर्ने बताएको हो । विनियोजन कुशलता एवं बजेट कार्यान्वयनको प्रभावकारीताका लागि तीनवटै सरकारले आयोजना बैंकको अवधारणालाई अनिवार्य कार्यान्वयन गर्ने भएका हुन् । बजेट निर्माणको सन्दर्भमा बिहीबार सिंहदरबारमा बसेको अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको १२औँ बैठकमा स्थानीय पालिका, प्रदेश सरकारका प्रतिनिधिसमेतको सहभागितामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको बैठकले १४ वटा साझा धारणा तय गरेको हो । तीनवटै तहको सरकारको विकास निर्माणको गतिविधि अनिवार्य रूपमा आयोजना बैंकमार्फत नै...
टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल क्रिकेट संघ (क्यान) ले टी-२० र एकदिवसीय खेलका लागि अलग अलग कप्तान बनाएको छ । दिपेन्द्र सिंह ऐरीलाई टी-२० को कप्तान बनाइएको छ भने रोहित पौडेलले एकदिवसीय खेलमा मात्र कप्तानी गर्ने भएका छन् ।क्यानले टियु क्रिकेट मैदानमा अप्रिल २० र २१ मा हुने नेपाल र युएईबीचको टी-२० खेलको लागि ऐरीको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।टी-२० टिमबाट रोहित पौडेल, सोमपाल कामी,आसिफ सेख, करण केसीलाई बाहिर राखिएको छ भने पीएम कपमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई अवसर दिइएको छ । त्यस्तै अप्रिल २५ देखि मे ५ स...
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल आज बैशाख कृष्णऔँसी अर्थात आजको दिनलाई मातातीर्थ औंशी पनि भनिन्छ । यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औँसी पनि भनिन्छ ।आजको दिनमा जीवित आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी यो पर्व मनाईदै आएको छ । आजको दिनमा मातातीर्थ सम्झना गरिन्छ । सनातन धर्मले मातापिताको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकाल देखि नै सिकाउँदै आएको छ । तर सबै सन्ततिलाई दैनिक रूपमा मातापिताको समिप रहन र उनीहरुको सेवासुश्रूषा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औंसी तथा बैशाख कृष्ण औँसीलाई लिइएको हो । किवदन्ती :त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुष...