आजको मौसम: पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा बढ्दो गर्मी


काठमाडौं
आज शनिबार देशभर मौसम मिश्रित रहने देखिएको छ। केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली भई वर्षा तथा हिमपातको सम्भावना रहँदा तराईका अधिकांश क्षेत्रमा तापक्रम बढ्ने संकेत देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। मधेशसहित अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यसैबीच मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रसहित अन्य केही भू–भागमा तापक्रम बढ्दै तातो दिनको अनुभूति हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा देशका अधिकांश हिमाली भू–भागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई क्षेत्रसहित अन्य पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने जनाइएको छ।

महाशाखाका अनुसार राति पनि कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र तथा गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन तथा तराई क्षेत्रमा बढ्दो गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

छुटाउनुभयो कि ?

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

काठमाडौँभारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्...
सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

काठमाडौंनेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रे...
६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...