सीमामा कडाइ: १सय नाघेपछि भन्सार, उपभोक्ता असन्तुष्ट


रुपन्देही

भारतमा किनमेल गर्न जानेहरु अहिले आक्रोशित भएका छन् । बालेन सरकारले स्थानिय उपभोक्ता लक्षित नियम ल्याएको भन्दै स्थानियहरुमा आक्रोश देखिएको छ । सीमावर्ती भारतीय बजारबाट भन्सार नतिरी सामान भित्रिने प्रवृत्ति बढेपछि भैरहवा भन्सार कार्यालयले रु १सय भन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएसंगै स्थानियहरुमा रोष उत्पन्न भएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई १०० रुपैया भन्दा बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने जानकारी दिइरहेको छ । भन्सार कार्यालयका अनुसार सरकारको निर्देशन र स्थानीय प्रशासनको समन्वयमा यसअघि फितलो बनेको व्यवस्था पुनः प्रभावकारी बनाइएको हो ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाले अघिल्लो सातादेखि नियम पूर्ण रुपमा लागू गरिएको बताउँदै सीमाबाट फर्किने उपभोक्तालाई सम्झाई–बुझाईसहित भन्सार असुली भइरहेको जानकारी दिए । उनका अनुसार प्रारम्भमा जानकारी अभावका कारण गुनासो आए पनि अहिले सचेतना बढ्दै गएको छ। “यो कदमले ठूलो राजस्व वृद्धि नगरे पनि चुहावट नियन्त्रण र कानुनी व्यवस्था कायम गर्न मद्दत पुग्ने अपेक्षा गरेका छौँ,” उनले भने ।

यसअघि पनि करिब डेढ वर्षअघि व्यवसायीहरुको पहलमा यस्तो व्यवस्था लागू गरिएको थियो। तर चार महिनामै कार्यान्वयन कमजोर बनेपछि पुनः कडाइ गरिएको हो ।
यसले पनि यो व्यवस्था अहिलेको सरकारले गरेको भन्ने भाष्य गलत भएको छ । नियम पहिले देखि नै छ, अहिले त्यो नियमलाई सरकारले कार्यान्वयन मात्र गरेको हो । भन्सार ऐनमै यस सम्बन्धि व्यवस्था भने छैन । तर भन्सार ऐन २०८२ अन्र्तगत परिच्छेद –३ को दफा २० मा “घोषणाकर्ताले आफुले निकासी वा पैठारी गर्ने बस्तुको प्रज्ञापनपत्रमा घोषणा गर्नुपर्नेछ ।” भन्ने व्यवस्था गरेको छ । सोही अन्र्तगत “घोषणा नगरि यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजि प्रयोगको बस्तुका सम्बन्धमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरि निर्धारण गरे बमोजिम हुनेछ ।” भनेर तोकेको छ ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...