बुटवलमा एकैदिन ४८ ईरिक्सा ,प्रहरीको कारबाहिमा


बुटवल
बुटवलमा शुक्रबार एकै दिन ४८ जना ईरिक्सा चालक कारबाहीमा परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले सवारी दुर्घटना न्यूनिकरण तथा सामाजिक अपराध नियन्त्रणका लागि बुटवलका विभिन्न ठाउँमा गरेको चेकजाँच तथा सचेतनाका क्रममा नियम विपरित रहेका चालकहरुलाई कारबाही गरिएको हो ।

बुटवलका व्यस्त सडकहरु भुड्किचोक, अमरपथ, कालिका पथको तीनकुने तथा देवीनगर क्षेत्रमा चेकजाँच गर्ने क्रममा बील-बुक नभएका तथा सवारी चालक अनुमति नभएकाहरुलाई कारबाही गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए । बुटवललाई सुरक्षित र शान्त बनाउनका लागि प्रहरीले विभिन्न अभियानहरुलाई जारी राखेको प्रनाउ श्रीवास्तवले बताए । शुक्रबार कारबाहीमा परेका ईरिक्साहरुलाई कानुन अनुसार दण्ड जरिवाना गरिने उनले बताए ।

ईप्रका बुटवलले यसअघि स्वरुप परिवर्तन गरि चर्को आवाजमा हुईकाउने मोटरसाइकलाई नियन्त्रणमा लिएर कारबनही अभियान सञ्चालन गरेको थियो भने स्वरुप परिवर्तन गरि ग्राहक ठगी गर्ने टिप्पर तथा ट्याक्टरहरुलाई समेत नियन्त्रणमा लिएर कारबाही गरेको थियो । उक्त अभियान अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले सञ्चालन गरेको “अपरेशन साइलेन्ट स्ट्रिट” अभियानमा ५० बढी मोटरसाइकल नियन्त्रणमा लिईर कारबाही गरिएको थियो ।

छुटाउनुभयो कि ?

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

काठमाडौँभारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्...
सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

काठमाडौंनेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रे...
६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...