रुपन्देही विद्युतिय व्यवसायी संघले गर्यो एकै दिन सम्मान, पात्रो विमोचन, नयाँ वर्षको शुभकामना तथा प्रशिक्षण


रुपन्देही
रुपन्देही विद्युतिय व्यवसायी संघले एकैदिन सम्मान, नयाँ वर्षको शुभकामना, भित्ते तथा टेवल पात्रो विमोचन र विद्युतिय व्यवसायीहरुलाई तालिम कार्यक्रम सम्पन्न गरेको छ।
संघका अध्यक्ष केशव कुमार सिंह ‘सुजित’ को अध्यक्षतामा शनिबार बुटवलमा सम्पन्न कार्यक्रममा संघका पूर्व अध्यक्ष लायन सन्दिप कशौधन २०२६/२७ का लागि डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएकोले केक, खादा र सम्मान पत्रद्वारा सम्मान गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युतिय व्यवसायी महासंघका तृतीय उपाध्यक्ष तथा पुर्व अध्यक्ष प्रकाशचन्द्र पाण्डेयले वोल्दै संघका संस्थापक कोषाध्यक्ष तथा पूर्वअध्यक्ष सन्दिप कशौधन हालै बुटवलमा सम्पन्न लायन्स क्लबको डिष्ट्रिक्ट गभर्नर पदमा निर्वाचित हुनु विद्युतिय व्यवसायी संघको र समग्र विद्युतिय व्यवसायी हरुको गौरव रहेको वताएका थिए।
उनले विद्युतिय व्यवसायी व्यवसाय संगै सामाजिक कार्यमा अग्रसर रहेको र कशौधनको नियुक्तिले सम्पूर्ण व्यवसायीमा उत्साह थपिएको वताए।

पाण्डेयले रुपन्देही जिल्ला संघ हरेक हिसाबले महासंघमै सवैभन्दा उत्कृष्ट रहेको बताउंदै आउंदो जेठ २२देखि २५ सम्म काठमाडौंमा हुनलागेको इलेक्ट्रोटेक महोत्सवमा रुपन्देहीले उल्लेखनीय सहभागिता जनाउनेमा विस्वस्त रहेको धारणा राखेका थिए।
उनले भन्सार विभागबाट सामान आयात गर्दा विभिन्न कर, राजस्व लगायतका समस्याहरु भोग्नु परेको बताउंदै समस्या समाधानका लागि विद्युतीय व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघ मार्फत सरकारसंग विद्युतिय व्यवसायीका समस्या राख्ने र समाधानमा अगाडि वढ्ने वताएका छन्।
साथै उनले , क्यालेन्डर वनाउन विज्ञापन दिएर ,सङ्कलन गरेर सहयोग गर्ने सम्पुर्ण विद्युतिय व्यवसायी र विज्ञापन दातालाई धन्यवाद दिएका थिए।
कार्यक्रममा महासंघका सचिव तथा पुर्व अध्यक्ष लोकनाथ पोखरेलले हुन लागेको इलेक्ट्रोटेकमा सवै विद्युतिय व्यवसायीले महत्व दिने, सहभागिता जनाउनेर प्रचार प्रसारमा जोड दिन आग्रह गरेका थिए।


कार्यक्रममा वोल्दै सम्मानित हुने लायन सन्दिप कशौधनले विद्युतिय व्यवसायले आफ्नो आर्थिक , सामाजिक क्षेत्रमा पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको वताउंदै व्यवसायी संघले सम्मान गरेकोमा खुसी लागेको बताएका थिए।
लायन कशौधनले संस्थाको पहिचानले प्रेरणा मिलेको र आफु निर्वाचित हुन संभव रहेको समेत बताएका थिए।
विद्युतिय व्यवसायी संघका राम्रा कुराहरू अनुसरण गर्दै र संघलाई हरेक क्षण मनमा राख्ने प्रतिवद्धता व्यक्त गरे।
उनले सफलताका लागि सकारात्मक चिन्तन ,भोलि र व्यवहार आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा वोल्दै संघका अध्यक्ष केशव कुमार सिंह ‘सुजित’ ले बर्षको पहिलो कार्यक्रममा पुर्व अध्यक्ष कशौधनलाई सम्मान गर्न पाउनुले बर्षनै शुखद हुने विश्वास व्यक्त गरेका थिए। उनले सम्पूर्ण व्यवसायीहरुको साझा प्रयासबाट संघको आर्थिक लगायत सवै क्षेत्र बलियो वन्ने र क्यालेन्डर प्रकाशनबाट राम्रो आर्थिक सङ्कलन हुने विश्वास व्यक्त गरेका थिए।
नयाँ वर्ष ८३को शुभकामना दिँदै उनले यो वर्षमा पनि संघको महत्वपूर्ण काम गर्ने तैयारी गरिएको र यसैगरी साथ पाउने विश्वास रहेको वताएका थिए।


कार्यक्रममा निवर्तमान अध्यक्ष शान्ताराज खराल, वरिष्ठ उपाध्यक्ष विष्णु भण्डारी, पात्रो व्यवस्थापन समिति संयोजक तथा संघका कोषाध्यक्ष गणेश पन्त, महासचिव चिरञ्जिवी गैरे
तिलोत्तमा नगर अध्यक्ष चुडामणि सुवेदी लगायतले सम्मानित लायन कशौधनलाई वधाई तथा शुभकामना दिंदै नयाँ वर्ष २०८३ सवैको सफल बनोस् भन्ने कामना गर्दै शुभकामना दिएका थिए साथै क्यालेन्डर वनाउन विज्ञापन तथा हरेक हिसाबले सहयोग गर्ने सम्पुर्ण विद्युतिय व्यवसायी प्रति आभार प्रकट गरेका थिए।

साथै अध्यक्ष,उपाध्यक्ष,सचिव र कोषाध्यक्ष (PVST)Training प्रशिक्षण कार्यक्रममा नेपाल विद्युतिय व्यवसायी महासंघबाट प्रतिनिधित्व गरी प्रशिक्षण दिदैं प्रशिक्षक विजय पाण्डेले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुका काम , कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिएका थिए।

छुटाउनुभयो कि ?

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

काठमाडौँभारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्...
सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

काठमाडौंनेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रे...
६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...