बृहत् कम्युनिस्ट एकताको पहल गर्ने नेकपाको घोषणा:रुपन्देहीको पहिलो भेलाबाट ४५ सदस्यीय जिल्ला समिति गठन
विनोद खनाल, बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानलाई तीव्र बनाउँदै रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। बुटवलमा शनिबार सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्नुका साथै बृहत् कम्युनिस्ट एकता र ध्रुवीकरणको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।तत्कालीन स्थायी समिति सदस्य असल सी, उमा सी लगायतका नेतामाथि पार्टी कारबाही भएपछि विकसित राजनीतिक घटनाक्रमसँगै देशभरका नेता–कार्यकर्ताहरू पुनर्गठित नेकपामा आबद्ध हुँदै आएका छन्। रुपन्देहीको भेला सोही पुनर्गठन अभियानअन्तर्गत आयोजना गरिएको हो।केन्द्रीय कार्यालय सदस्य भेषराज भुसालको प्रमुख आतिथ्यता तथा केन्द्रीय कार्यालय सदस्य बसन्त श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै भुसालले नेपालका कम्युनिस्ट शक्तिहरूबीच वैचारिक स्पष...








