लुम्बिनी सरकारको हालसम्मकाे चालु बजेट खर्च जम्मा ४७ प्रतिशत



बुटवल
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म कूल बजेटको ४७.२० प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार चालु आवका लागि रु ३८ अर्ब ९१ करोड बजेट विनियोजन गरिएकोमा जेठसम्म रु १८ अर्ब ३६ करोड ४८ लाख ४३ हजार ६४८ खर्च भएको हो ।
विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ५०.६७ प्रतिशत अर्थात सात अर्ब दुई करोड २० लाख ७५ हजार ८३ खर्च भएको छ भने विकास निर्माणसँग जोडिने पुँजीगत खर्चतर्फ ४४.९२ प्रतिशत अर्थात् रु १० अर्ब ५४ करोड २७ लाख छ हजार ५६५ खर्च भएको छ ।
मन्त्रालयगत खर्च विवरणमा स्वास्थ्य मन्त्रालय सबैभन्दा अगाडि देखिएको छ । जसले आफ्नो रु चार अर्ब ९५ करोड २९ लाख ७३ हजारको कूल बजेटमध्ये ६२.७७ प्रतिशत खर्च गरिसकेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ५०.२६ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ४८.६६ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४७.०६ प्रतिशत र सहरी विकास तथा खानेपानी मन्त्रालयले ४३.१० प्रतिशत बजेट कार्यान्वयन गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रगति ४२.७३ प्रतिशत रहँदा सामाजिक विकास मन्त्रालयको ३६.४१ प्रतिशत र उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको खर्च प्रगति ३७.१३ प्रतिशत रहेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको खर्च प्रगति भने निकै न्यून देखिएको छ । आन्तरिकको १५.२८ प्रतिशत र युवा तथा खेलकुदको १९.७८ प्रतिशत मात्र खर्च भएको छ ।

स्थानीय तहमा जाने अनुदानतर्फ भने खर्च सन्तोषजनक देखिएको छ । जेठ मसान्तसम्म ६२.७२ प्रतिशत प्रगति हासिल भएको छ । आर्थिक वर्षको अन्तिम महिना असारमा भुक्तानीको चाप बढ्ने भएकाले यो खर्चको दर बढ्न सक्ने प्रमुख पौडेलले बताए ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...