महासंघ रुपन्देहीले गर्यो अग्रज पत्रकार सम्मान तथा फेलोसिप कार्यक्रम



भैरहवा
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा अग्रज पत्रकार सम्मान तथा फेलोसिप कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सम्वन्वयमा भैरहवामा आयोजित कार्यक्रममा रुपन्देहीको भैरहवामा पत्रकारिता क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका अग्रज पत्रकारहरूलाई सम्मान गर्नुका साथै पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फेलोसिप कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा सिद्धार्थ नगरपालिकाका नगर प्रमुख ईश्तियाक अहमद खाँ ,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल तथा सम्मानित हुने अग्रज पत्रकार डा. बालकृष्ण चापागाईं, मदन पौडेल , बद्री पाण्डेलगायतले वोल्दै हिंजोका चुनौतीको स्मरण गर्दै आजका दिनमा सत्य, निष्पक्ष र उत्तरदायी र प्रविधि मैत्री पत्रकारिताको आवश्यकता रहेको औंल्याएका थिए।
उनिहरूले पत्रकारिता पेशामा देखिएका चुनौतीहरूको सामना गर्दै व्यावसायिक आचारसंहिताको पालना, तथ्यमा आधारित समाचार सम्प्रेषण र नयाँ पुस्ताका पत्रकारहरूको क्षमता विकासमा जोड दिए।
कार्यक्रममा पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको पेशागत सुरक्षा तथा गुणस्तरीय पत्रकारिता प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो। सम्मानित अग्रज पत्रकार एवं वक्ताहरूले यस्ता सम्मान तथा फेलोसिप कार्यक्रमले अग्रज पत्रकारहरूको योगदानको कदर गर्नुका साथै नयाँ पुस्ताका पत्रकारलाई थप जिम्मेवार र प्रेरित बनाउने विश्वास व्यक्त गरेका थिए ।


सम्मानित हुने अग्रज पत्रकारहरुमा नारायण प्रसाद सापकोटा, मदनलाल पौडेल, देवी पाण्डे, डा. वालकृष्ण चापागाईं, रामेश्वर भट्ट, करुणानिधी शर्मा, गोविन्दवन्धु अर्याल, नारायण ज्ञवाली,वुंद राना, प्रा.डा. गितु गिरी,वद्री पाण्डे र लक्ष्मीनाथ ज्ञवाली रहेका छन्।
कार्यक्रम महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीको स्वागत मन्तव्य तथा सचिव सीपी खनालको सञ्चालनमा सम्पन्न भएको थियो।
कार्यक्रममा जिल्लाका अग्रज पत्रकार तथा रुपन्देहीका पत्रकारहरू , राजनीतिक, सामाजिक, शैक्षिक, व्यवसायिक व्यक्तिहरुको सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...