पत्रपत्रिका

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँभारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्शनलाई विपक्षी दलहरूले समेत समर्थन जनाएका छन् । कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाइमा शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै सोमबार गरिएको संसद् मार्चमा दिल्ली प्रहरीले बर्बरतापूर्ण दमन गरेको भन्दै विपक्षी दलले आलोचना गरेका छन् । प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसदेखि वामपन्थी दलसम्म सडकमा उत्रिएका छन् । कांग्रेस अध्यक्ष एवं राज्यसभाका प्रतिपक्षी नेता मल्लिकार्जुन खरगे, लोकसभाका प्रतिपक्षी नेता राहुल गान्धी, महासचिव प्रियंका गान्धी, कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमार लगायतका नेताहरू दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास पुगेर धर्ना बसे । प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थीको प्रदर्शनमा भएको दमनमा सरकारका तर्फबाट माफी माग्नुपर्ने उनीहरूको...
सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रेसले प्रमुख तीन दलले प्रदेशमा एक साथ सरकार बनाउन नहुने अडान लिएपछि एमाले र नेकपा नजिकिएका हुन् ।प्रदेशमा सहकार्य गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच छलफल भएको छ । नेकपा सचिव महेश बस्नेतले दुवै नेताको छलफलपछि प्रचण्डले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएको जानकारी दिएका छन् । बस्नेतले यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्ने बताउदै वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा गरेका छन् ।सातै प्रदेशमा सहकार्यको मोडल बारे अब छलफल टुंगिने नेताहरुले बताएका छन् । ...
६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाएको छ । विभागअन्तर्गतको औषधि मूल्य अनुगमन समितिको शुक्रबार बसेको बैठकले भारतको सिलिङ प्राइसलाई आधार मानेर केही औषधिको मूल्य पुनःनिर्धारण गर्ने विषयमा छलफल गरेको हो ।औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले यही समस्या समाधान गर्न मूल्य समायोजनको प्रस्ताव अघि बढाउने निर्णय गरेको हो ।खड्गीका अनुसार केही औषधिको हालको मूल्य कम भएकै कारण बजारमा तिनको उपलब्धतामा समस्या देखिएको र समय–समयमा अभाव हुने गरेको छ । साथै केही अन्य औषधिको हकमा पहिले तोकिएको मूल्य आवश्यकताभन्दा बढी रहेको भन्दै त्यसलाई घटाउनुपर्ने औंल्याइएको छ । यिनै आधारमा मूल्य समायोजनको प्रस्ताव तयार पारिएको खड्कीले बताइन् ।खड्गीका ...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको छ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल सेवा सुरु भएसँगै पूर्वी नेपालका उद्योगी–व्यवसायीले ढुवानी समय र लागत दुवै घट्ने अपेक्षा गरेका छन्।गत शुक्रबार कोलकाता बन्दरगाहबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको कार्गो रेल सोमबार दिउँसो विराटनगरस्थित भन्सार यार्डमा आइपुगेको हो। पहिलो खेपमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ।यसअघि तेस्रो मुलुकबाट आउने सामान भारतको बथनाहासम्म रेल र त्यसपछि सडकमार्फत नेपाल ल्याउनुपर्ने बाध्यता थियो। अब भने रेल नै सिधै विराटनगरको भन्सार यार्डसम्म आइपुग्न थालेपछि ढुवानी प्रक्रिया थप सहज बनेको छ। कार्गो रेल सेवाको औपचारिक शुभारम्भ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो ।मन्त्रालयले मार्गदर्शन मार्फत आर्थिक वर्ष फागुनसम्म विनियोजित बजेट खर्च गरिसक्नुपर्ने व्यवस्था गरेको हो । खर्च नहुने विनियोजित बजेट आगामी चैत १५ सम्म मन्त्रालयमा समर्पण गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएका कार्यक्रम स्वीकृत कार्यक्रम र खर्च गर्ने अख्तियारी मानी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले बजेट निकासा गर्ने छ ।वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभए वा बाँकी अवधिमा खर्च हुन नसक्ने भए त्यस्तो रकम २०८३ चैत १५ भित्र अर्थ मन्त्रालयमा समर्पण गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।२०८३/८४ को स्वीकृत बजेट तथा कार्...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले कडा कारबाहीको चेतावनी दिएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो । विभिन्न भौतिक बजारका साथै डिजिटल (अनलाइन) प्लेटफर्मका माध्यमबाट समेत दैनिक उपभोगका अत्यावश्यक खाद्य, पेय पदार्थ र लत्ताकपडाहरू अवैध रूपमा बिक्री भइरहेको भनी प्राप्त उजुरी र जनगुनासोप्रति मन्त्रालय र विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विभागद्वारा जारी सूचनामा 'उपभोक्ता संरक्षण ऐन, २०७५' एवं 'नियमावली २०७६' बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको स्मरण गराइएको छ । कानून विपरीत गरिने मिसावट, चोरी पैठारी र...
विश्वकप २०२६ : नयाँ विश्व विजेता बन्याे स्पेन, अर्जेन्टिना १-०ले स्तब्ध

विश्वकप २०२६ : नयाँ विश्व विजेता बन्याे स्पेन, अर्जेन्टिना १-०ले स्तब्ध

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौं फिफा विश्वकप २०२६ को नयाँ विजेता स्पेन बनेको छ । सोमबार बिहान सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकपको उपाधि चुमेको हो ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफ समेत गोल रहित बराबरीमै सकिएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फेरान टोरेसले खेलको १०६ औँ मिनेटमा गरेको उत्कृष्ट गोल नै स्पेनका लागि विश्व विजेता बन्न निर्णायक बन्यो । स्पेन सन् २०१० पछि पहिलो पटक फाइनलमा पुगेको हो । उसले २०१०मा उपाधि समेत उचालेको थियो । स्पेनले आफ्नो दोस्रो फाइनल यात्रालाई ऐतिहासिक रूपमा सफल बनाउँदै दोस्रो पटक उपाधि चुमेको छ। सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना भने यसपटक उपबिजेतामै ...
मौसममा सुधारको संकेत, एक–दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना

मौसममा सुधारको संकेत, एक–दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंदेशभर मनसुनी गतिविधि केही कमजोर बन्दै गए पनि आज पनि अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् बिनु महर्जनका अनुसार आगामी तीन दिन मौसमको समग्र प्रवृत्तिमा भने ठूलो परिवर्तन हुने छैन । अधिकांश स्थानमा मध्यम वर्षा जारी रहने र एक–दुई स्थानमा मात्रै भारी वर्षा हुने सम्भावना रहे पनि अति भारी वर्षाबाट ठूलो जोखिम उत्पन्न हुने अवस्था भने तत्काल नदेखिएको मौसमविद् महर्जनले बताइन् ।उनका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । यो वर्षा क्रमश: कम हुँदै जाने अपेक्षा गरिएको छ ।साथै काठमाडौं उपत्यकामा अहिले साधारणतया बदली रहेको छ भने हिजोको तुलनामा आज मौसममा केही सुधार हुने देखिएको छ ।आज देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा...
रोटरी बुटवलको ३४ औ पद स्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

रोटरी बुटवलको ३४ औ पद स्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरोटरी क्लब अफ बुटवलको ३४ औ पद स्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक समारोहका बिच वर्ष २०२५/२६ का अध्यक्ष कृष्ण पराजुलीले वर्ष २०२६/२७ का अध्यक्ष यदुनाथ पाण्डेयलाई पद हस्तान्तरण गरे ।कार्यक्रमको रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर ईलेक्ट प्रा.डा आईपी ढकालले उद्घाटन गर्दै रोटरी नेतृत्वलाई स्थानिय र विश्वब्यापी दुबै चुनौतीहरु आईरहेको बताए । स्थानिय चुनौतीका रुपमा कम सदस्य, कमजोर क्लबहरु बढ्दै गएको भन्दै यस्ता क्लबको पहिचान गरि साथ र सहयोग गर्दै अघि लग्नजरुरी रहेको उनले बताए । यसैगरि समुदायस्तरमा रोटरीको बारेमा बुझाउन पहिलो सदस्यहरु नै ज्ञान लिने र अपडेट हुनु जरुरी रहेको उनले बताए । अर्कोतर्फ ग्लोबल चुनौतीको रुपमा रोटरीयन सदस्य घट्दो देखिएको उनले बताए । विश्वब्यापी रुपमा क्लब कल्चरमा परिवर्तन ल्याउने, माईण्ड सेन्ट चेन्ज, विश्वासको भावना कायम गर्ने, आफना क्लबका सदस्यहरुलाई...
रुकुम पूर्वमा ५ म्याग्निट्युडको भूकम्प

रुकुम पूर्वमा ५ म्याग्निट्युडको भूकम्प

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, समाज
काठमाडौँरुकुम पूर्व केन्द्रबिन्दु भएर आईतबार साँझ ५.० म्याग्निट्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्रलाई केन्द्रबिन्दु बनाई स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पको धक्का रुकुम पूर्वसहित अर्घाखाँची, दाङ, रोल्पा लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको छ । स्थानीयवासीले केही सेकेन्डसम्म कडा धक्का महसुस भएको बताएका छन् । भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको कुनै विवरण समाचार तयार पार्दासम्म प्राप्त भएको छैन । सम्बन्धित निकायले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ । ...