सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत



काठमाडौं
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रेसले प्रमुख तीन दलले प्रदेशमा एक साथ सरकार बनाउन नहुने अडान लिएपछि एमाले र नेकपा नजिकिएका हुन् ।
प्रदेशमा सहकार्य गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच छलफल भएको छ । नेकपा सचिव महेश बस्नेतले दुवै नेताको छलफलपछि प्रचण्डले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएको जानकारी दिएका छन् । बस्नेतले यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्ने बताउदै वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा गरेका छन् ।
सातै प्रदेशमा सहकार्यको मोडल बारे अब छलफल टुंगिने नेताहरुले बताएका छन् ।

छुटाउनुभयो कि ?

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति दुई दिन सारिएको छ। सोमबार बसेको संघको कार्यसमिति ...
कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

काठमाडौंकांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय ...
दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

बुटवललुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभर स्पिड) देखिएको छ । चालू आर्थिक वर्षको दुई महिनामा प्रदेशभर...
आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस...