पत्रपत्रिका

भारी वर्षाको जोखिम : सरकारका संयन्त्र परिचालन, उच्च सतर्कता अपनाउन आग्रह

भारी वर्षाको जोखिम : सरकारका संयन्त्र परिचालन, उच्च सतर्कता अपनाउन आग्रह

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौँदेशभर भइरहेको भारी वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वतयारी तथा प्रतिकार्यका कामलाई तीव्र बनाएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिका प्रस्थान गर्नुअघि सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन निर्देशन दिएपछि सम्बन्धित मन्त्रालय तथा सरकारी निकायलाई तयारी अवस्थामा राखिएको हो। कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कतामा राखिएको बताएका छन्। गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। नदी तथा खोलाका तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउने, जो...
निरन्तर वर्षाले देशभर प्रभावित बन्दै जनजीवन

निरन्तर वर्षाले देशभर प्रभावित बन्दै जनजीवन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौँनारायणगढ–मुग्लिन सडकखण्ड आज राति ८ बजेदेखि भोलि बिहानसम्म बन्द हुनेचितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा र बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सम्पूर्ण सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।आज (बिहीबार) राति ८ बजेदेखि भोलि (शुक्रबार) बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको हो । रुपन्देहीमा तिनाउ र दानव तटीय क्षेत्रलाई जोखिमयुक्त घोषणा गरेर तयारीजिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले रुपन्देहीस्थित तिनाउ, दानव र रोहिणी नदी तटीय क्षेत्रलाई जोखिमयुक्त किटान गरेर असोज ९ देखि ११ गतेसम्म खोज, उद्धार, राहत र पुर्नस्थापनाको योजना अघि बढाएको छ । जिल्ला प्रशासनका अनु...
विद्यालय र उद्योगीबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

विद्यालय र उद्योगीबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवलरूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा दक्ष श्रमशक्ति उत्पादन, व्यवहारिक शिक्षा र रोजगारीको सुरक्षा सन्दर्भमा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै वहाँले शिक्षालयमा प्राप्त ज्ञानलाई उद्योगको व्यवहारिक आवश्यकतासँग जोड्न सके मात्रै दक्ष तथा रोजगारमुखी जनशक्ति उत्पादन गर्न सकिने बताए । विद्यार्थीलाई अध्ययनसँगै उद्योगको वास्तविक कार्य वातावरण, प्रविधि र कार्यप्रणालीबारे जानकारी गराउन सके उनीहरूको व्यावसायिक क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । शिक्षालय र उद्योगबीचको दूरी कम गर्दै विद्यार्थीलाई सीप, अनुभव र रोजगारीको अवसरसँग जोड्न रूपन्देही उद्योग संघले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि यस्तो...
एमालेले गर्‍यो केन्द्रीय सदस्य मनोनयन, विद्या भण्डारीलाई वरिष्ठ नेतामा प्रस्ताव

एमालेले गर्‍यो केन्द्रीय सदस्य मनोनयन, विद्या भण्डारीलाई वरिष्ठ नेतामा प्रस्ताव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँनेकपा एमालेले अन्न पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत गरिएको हो।एमालेले स्थायी कमिटीमा पनि ७ सदस्य मनोनीत गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेता प्रस्ताव गरिएको छ ।मनोनीत केन्द्रीय सदस्यमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा र नरेन्द्र भट्टराई छन्।नाथुराम देवकोटा, धर्म गिरी,नारायण घर्ती,विद्यासुन्दर शाक्य,पाल्देन छोपाङ,शान्तिलाल महत,विनोद पाण्डे,प्रेम दङ्गाल,पुष्पराज श्रेष्ठ,विमला घिमिरे,श्रीमाया थकाली,जानुका सिंखडा,बिना बास्तोला,कौशिला खत्री र सुरेन्द्र उदास रहेका छन्। यसैगरी अन्य पार्टीबाट आएकाहरूमा मोहम्मद इस्तियाक राई,प्रदीप यादव,अब्दुल हुसेन,डिबी कार्की,भवानी खापुङ,दीपक खम्बु,जय गोदे,धर्मराज निरौला,ददी चाम्लिङ,विनो...
फेसबुक-इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीलाई कारबाही

फेसबुक-इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीलाई कारबाही

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, समाचार, समाज
काठमाडौँसामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ ।मेटाका अनुसार पछिल्लो दुई वर्षदेखि सिंगापुर प्रहरी बल (एसपीएफ) र मेटाबीच सूचना आदान–प्रदानसम्बन्धी सहकार्य हुँदै आएको छ । यही सहकार्यका माध्यमबाट मेटाका अनुसन्धानकर्ताले ठगीमा संलग्न समूह तथा उनीहरूले सञ्चालन गरेका विभिन्न नेटवर्क पहिचान गरी ध्वस्त पार्न सहयोग पुगेको कम्पनीले जनाएको छ ।मेटाका अधिकारीहरूका अनुसार जनवरीदेखि जुनसम्म फेसबुक र इन्स्टाग्राममा ठगी तथा जालसाजीसँग सम्बन्धित एक लाख १३ हजारभन्दा बढी अकाउन्ट, पेज तथा अन्य इकाइ हटाइएको थियो । जुन महिनामा मात्रै विद्यालय बिदाको समयमा परिवारहरू सस्तो यात्रा प्याकेज खोज्न विभिन्न वेबसाइटमा जाने मौका छोपेर ठगी गर्ने प्रयासमा रहेका समूहसँग सम्बन्धित ३...
मौसम पूर्वानुमान: देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव

मौसम पूर्वानुमान: देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रुपमा रहेको जानकारी दिएको छ ।महाशाखाले आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ ।त्यस्तै, आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र प...
असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
दाङलुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।मुख्यमन्त्री आचार्यले बुधबार अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव तथा तराई र शहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताएका हुन । उनले नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरे ।नदी तथा खोला किनार, पहिरोको जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना तथा निर्देशन पालना गर्न मुख्यमन्त्री आचार्यले आग्रह गरे ।धानबाली भित्र्याउने समय भएकाले किसानलाई...
पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, समाचार, समाज
पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विशेष बिदाइ गरेका छन्।बुधबार पोखराबाट फ्लाई दुबई मार्फत दुबईका लागि उडान भर्ने यात्रुहरूलाई खादा ओढाएर शुभकामना दिँदै प्रमुख आचार्यले यो उडान पोखरा र समग्र गण्डकी प्रदेशका लागि ऐतिहासिक उपलब्धि भएको बताए। लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुनु पर्यटन र आर्थिक गतिविधिका दृष्टिले महत्वपूर्ण कदम मानिएको छ।विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबई ले आजदेखि पोखरा–दुबई–पोखरा रुटमा नियमित व्यावसायिक उडान सञ्चालन सुरु गरेको हो। कम्पनीका अनुसार दुबईबाट उड्ने विमान साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने ७ः१५ बजे पुनः दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको छ। पहिलो अन्तर्राष्ट्रिय उडानम...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ बुटवलमा आयोजना हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता यही असोज १२ गतेदेखि १७ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन हुने जानकारी दिएको हो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार ‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालका साथै भारत र श्रीलंकाका गरी ८ वटा पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउनेछन् । प्रतियोगितामा नेपालमा ५ र विदेशी ३ टिम हुने अध्यक्ष आचार्यले बताए । उनका अनुसार नेपाल पुलिस क्लब, नेपाल ए.पि.एफ. क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लब नेपालका हुन् । यस्तै गुजरात स्टेट भलिबल एसोसिएस ...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन् । मंगलबारदेखि सुरु भएको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना र युक्रेन–रुस युद्धबारे धारणा राख्दा दक्षिण कोरियाले उत्तर कोरियासँग संवाद अघि बढाउने प्रस्ताव गरेको छ । जापानले उत्तर कोरियाले अपहरण गरेका आफ्ना नागरिकको मुद्दा उठाएको छ भने बेलायतले कृत्रिम बौद्धिकता (एआई) का लागि विश्वव्यापी मापदण्ड निर्माणको नेतृत्व गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन र त्यसपछिका गतिविधि महासभाको मुख्य चासो बनेका छन् । इरानले आणविक हतियार बनाउन नहुने आफ्नो अडान दोहोर्‍याउँदै ट्रम्पले वार्ताबाट समाधान खोज्ने सम्भावना रहेको बताएका छन् । त्यसैबीच अमेरिकी विशेष दूत स्टिभ विटकफले महासभाको साइडलाइनमा अमेरिकी र इरानी प्रतिनिध...