निरन्तर वर्षाले देशभर प्रभावित बन्दै जनजीवन



काठमाडौँ
नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ८ बजेदेखि भोलि बिहानसम्म बन्द हुने
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा र बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सम्पूर्ण सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
आज (बिहीबार) राति ८ बजेदेखि भोलि (शुक्रबार) बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको हो ।

रुपन्देहीमा तिनाउ र दानव तटीय क्षेत्रलाई जोखिमयुक्त घोषणा गरेर तयारी
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले रुपन्देहीस्थित तिनाउ, दानव र रोहिणी नदी तटीय क्षेत्रलाई जोखिमयुक्त किटान गरेर असोज ९ देखि ११ गतेसम्म खोज, उद्धार, राहत र पुर्नस्थापनाको योजना अघि बढाएको छ ।

जिल्ला प्रशासनका अनुसार रुपन्देही र पाल्पाको सिद्धबाबा–दोभान हुादैं दक्षिणमा रहेका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, मायादेवि गाउापालिकादेखि दक्षिण तिनाउ दायाँबायाँ क्षेत्र, तिनाउ नदी करिडोर आसपासका बजार तथा बस्ती, दानव नदी करिडोर आसपास रहेको शुद्धोधन, गैडहवा, मायादेवी गाउँपालिका तथा दक्षिणसम्म जोखिमयुक्त क्षेत्र मानिएको छ । रोहिणी तटीय क्षेत्रका साथैं सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, देवदह र सैनामैना नगरपालिकामा क्षेत्रका खोला/नदी आसपास डुबान/कटान हुन सक्ने औंल्याएर तयारी अगाडि बढाइएको छ ।

भारी वर्षाको जोखिमपछि कास्कीमा रात्रिकालीन बस र पदयात्रा बन्द, पाेखराका विद्यालयमा २ दिन बिदा
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागसहित कास्कीमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै जिल्ला विपद् व्यवस्थापन समितिले सम्भावित जोखिम न्यूनीकरणका लागि कडा कदम चालेको छ ।

बर्दिया प्रशासनद्वारा तटीय क्षेत्रमा सर्तक रहन आग्रह
भारी वर्षाको चेतावनीपछि बर्दियामा स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कर्णाली, बबई, भादा र ओराहीलगायत नदी/खोलाको तटीय क्षेत्रमा डुबान हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आहृवान गरिएको हो ।

कुलेखानी जलविद्युत आयोजनाद्वारा तटीय क्षेत्रमा साइरन जडान
मकवानपुरमा सम्भावित वर्षाको प्रक्षेपणपछि उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि कुलेखानी जलविद्युत आयोजनाले कुलेखानी जलाशयकमो तटीय क्षेत्रमा साइरन जडान गरेको छ । आयोजनाका अनुसार लगातार ३ पटक साइरन बजेपछि आपत्कालीन अवस्था बुझेर खोला किनार छाडेर सुरक्षित अग्लो स्थान जान सन्देश दिनेछ ।तल्लो तटीय क्षेत्रका बासिन्दालाई साइरन बजाएर सूचना गरेरमात्र कुलेखानी ड्यामको ढोका खोलिने आयोजनाले जनाएको छ।

वर्षाले सारियो जनमतको महाधिवेशन
केही दिन लगातार पानी पर्ने प्रक्षेपणपछि जनमत पार्टीले महाधिवेशनको मिति सारेको छ । जनमत पार्टीका प्रवक्ता चन्दन सिंहले मौसम प्रतिकूल भएकोले महाधिवेशन सारिएको जानकारी दिएका छन् ।
वीरगन्जको टाउन हलमा असोज ९ र १० गते तोकिएको जनमत पार्टीको महाधिवेशन अब असोज १७ गते शनिबार हुने भएको छ । जनमत पार्टीका सचिवालय प्रमुख राजेश कुमार मण्डलले जारी गरेको विज्ञप्तिमा असोज ८ देखि १२ गतेसम्म अरवरत चक्रवातका कारण तयारी पूरा भए पनि महाधिवेशनको मिति सारिएको जनाएको छ ।

वर्षाका कारण खोटाङ कांग्रेसको शनिबारको अधिवेशन स्थगित
नेपाली कांग्रेस खोटाङले अधिवेशन स्थगित गरेको छ। भारी वर्षाको सम्भावना रहेको भन्दै कांग्रेसले शनिबार निर्धारण गरेको जिल्ला अधिवेशन स्थगित गरेको हो। कांग्रेस जिल्ला सचिव समिर राईले सूचना जारी गर्दै जिल्लाको प्रदेशसभा र प्रतिनिधिसभाको अधिवेशन अर्को सूचना जारी नभएसम्मको लागि स्थगन गरेको जनाएका छन् ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका हावाहुरीको समेत सम्भावना
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कास्कीबाट अन्य जिल्ला जाने रात्रिकालीन बस सेवा र जिल्लाभित्रका सम्पूर्ण पदयात्रा मार्गमा आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो । पर्यटन क्षेत्रमा पर्नसक्ने क्षति रोक्न भारी वर्षाको अवधिभर सबै पदयात्रा स्थगित गरिएको छ । सम्भावित जाेखिमलाई मध्यनजर गर्दै पाेखरा महानगरपालिकाले पनि बिहीबार र शुक्रबार विद्यालयमा बिदा दिएकाे छ । परिस्थिति हेरेर विद्यालयहरू बन्द गर्नेसम्बन्धी निर्णय लिने अधिकार स्थानीय तहलाई नै दिइएको छ ।

तीन दिन उच्च सतर्कता अपनाउन गोरखामा प्रशासन आग्रह
आइतबारसम्म भारी बर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले सतर्कता अपनाउन आग्रह गरेको छ । बर्षाका कारण नदी तथा खोलाको बहव वढ्ने, बाढी, पहिरो, गेग्रान आउन सक्ने र डुबान हुन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

नदी खोलाको तटीय क्षेत्रमा नजान, बाढी पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने ब्यक्तिलाई उच्च सतर्कताका साथ सुरक्षित स्थानमा स्थानान्तरणका लागि आवश्यक तयारी अवस्थामा रहन प्रशासनले आग्रह गरेको छ ।

मेची राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक
भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्गसहित जिल्लाका जोखिमयुक्त सडकमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रशासनले बिहीबार साँझ ७ बजेदेखि असोज ११ गते बिहानसम्म हरेक दिन राति ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, मेची करिडोर तथा अन्य जोखिमयुक्त सडकमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो ।

भक्तपुरका नदीखाेला आसपास सतर्क रहन भन्दै माइकिङ
भारी वर्षा र त्यसबाट हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै भक्तपुरका नदी तथा खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन सशस्त्र प्रहरीले माइकिङमार्फत आग्रह गरेको छ । सशस्त्र प्रहरी बल गुह्येश्वरी भक्तपुरले मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाका आधारमा मनोहरा खोला, हनुमन्ते खोला किनारा तथा अन्य विपद् जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन बिहान देखि सतर्क रहन आग्रह गरेको हाे। भक्तपुरमा हनुमन्ते र मनाेहरा खाेलाका कारण राधेराधे, बालकोट, दिव्यश्वरी जग्गा एकीकरण क्षेत्र, नयाँठिमी, क्यामेरोटार, निकोसेरा लगायतका क्षेत्र डुबानको जोखिममा पर्ने गरेका छन् ।

राप्ती र मदन भण्डारी राजमार्गमा बिहीबारदेखि तीन दिन राति यातायात बन्द
बिहीबारदेखि भारी वर्षाले जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय दाङले राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान र मदन भण्डारी राजमार्ग अन्तर्गत दाङ-सल्यानको कालीमाटी-सुर्खेत सडक बिहीबार देखि बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म यातायात सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सूचना प्रकाशन गरी राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान र मदन भण्डारी राजमार्ग अन्तर्गत दाङ-कालिमाटी-सुर्खेत सडक रातिको समयमा यातायात बन्द गरेको हो ।

धनकुटामा रातको समयमा सवारी सञ्चालनमा रोक
गातार भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। प्रशासनका अनुसार बिहीबार राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हो । यो व्यवस्था भेडेटार–रवि–राँके सडकखण्ड, मूलघाटदेखि पाँचथरको सिमानासम्मको तमोर करिडोर तथा भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने–आउने सवारीसाधनमा लागू हुनेछ। जोखिमयुक्त भित्री सडकमा समेत रातको समयमा सवारी सञ्चालन नगर्न भनिएको छ ।

पाथीभरा यात्रा स्थगित गर्न आग्रह
वर्षा अवधिभर ताप्लेजुङको पाथीभरा क्षेत्रको यात्रा तथा दर्शनमा ननिस्कन पाथीभरा क्षेत्र विकास समितिले अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएकाले सावधानी अपनाउन समितिले आग्रह गरेको हो । भौगोलिक विकटता, कच्ची सडक लगायतका कारण पहिरो जाने, सडक अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण हुन सक्ने भएकाले पाथीभरा दर्शनका तत्कालका लागि स्थगित गरिदिन कार्यकारी निर्देशक प्रजिन हाङबाङले आग्रह गरेका छन्।

पदयात्रा स्थगित गर्न आग्रह
भारी वर्षाका साथै भारी हिमपातको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले पदयात्राका लागि हिमाली क्षेत्र पुगेकाहरूलाई तत्काल फर्केर सुरक्षित स्थानमा बस्न तथा जाने तयारी गरेकाहरूलाई हालका लागि यात्रा स्थगित गर्न आग्रह गरेको छ । त्यस्तै, महाशाखाका मौसमविद्हरूले असोज ९ देखि ११ गतेसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढी/पहिरोको जोखिम हुने भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

छुटाउनुभयो कि ?

निरन्तर वर्षाले देशभर प्रभावित बन्दै जनजीवन

निरन्तर वर्षाले देशभर प्रभावित बन्दै जनजीवन

काठमाडौँनारायणगढ–मुग्लिन सडकखण्ड आज राति ८ बजेदेखि भोलि बिहानसम्म बन्द हुनेचितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सव...
विद्यालय र उद्योगीबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

विद्यालय र उद्योगीबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

बुटवलरूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा दक्ष श्रमशक्ति उत्पादन, व्यवहारिक...
एमालेले गर्‍यो केन्द्रीय सदस्य मनोनयन, विद्या भण्डारीलाई वरिष्ठ नेतामा प्रस्ताव

एमालेले गर्‍यो केन्द्रीय सदस्य मनोनयन, विद्या भण्डारीलाई वरिष्ठ नेतामा प्रस्ताव

काठमाडौँनेकपा एमालेले अन्न पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।विधानमा १० प्रतिशत मनोनीत गर्...
फेसबुक-इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीलाई कारबाही

फेसबुक-इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीलाई कारबाही

काठमाडौँसामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा...