मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने



काठमाडौं
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ बुटवलमा आयोजना हुने भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता यही असोज १२ गतेदेखि १७ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन हुने जानकारी दिएको हो ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार ‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालका साथै भारत र श्रीलंकाका गरी ८ वटा पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा नेपालमा ५ र विदेशी ३ टिम हुने अध्यक्ष आचार्यले बताए । उनका अनुसार नेपाल पुलिस क्लब, नेपाल ए.पि.एफ. क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लब नेपालका हुन् । यस्तै गुजरात स्टेट भलिबल एसोसिएस र खैरा क्लब पन्जाब भारतबाट प्रतिनिधत्व गर्दैछन् भने श्रीलंकन टिमको रुपमा श्रीलंका पुलिस क्लब रहेको छ ।

प्रतियोगितामा विजेता टिमले ७ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय हुनेले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वना पुरस्कार स्वरूप ७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, ब्लकर र डिफेन्डरलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ट्रफी, मेडल, प्रमाणपत्र तथा विधागत पुरस्कारसहित कुल ३१ लाख ६१ हजार रुपैयाँ पुरस्कार तथा सम्मानमा खर्च हुनेछ ।

प्रतियोगिता सञ्चालनका लागि कुल १ करोड ५३ लाख ४४ हजार ९०० रुपैयाँ बजेट अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

जसअन्तर्गत खेलाडी, अफिसियल तथा आयोजक व्यवस्थापनमा ५६ लाख २३ हजार ९०० रुपैयाँ, यातायात खर्चमा १० लाख रुपैयाँ, कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा २७ लाख ६० हजार रुपैयाँ, प्रचारप्रसार तथा सञ्चारमा १३ लाख ७५ हजार रुपैयाँ र अन्य विविध खर्च १४ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ । यसका लागि राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, स्थानीय सरकार, कर्पोरेट प्रायोजक, बैंक तथा वित्तीय संस्थालगायतका स्रोतहरूबाट आर्थिक व्यवस्थापन गरिने पनि उनले बताए ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्रि चन्द्र बदना राई रेफ्रि डेलिगेटको रूपमा रहनेछन् । सहभागी खेलाडी, निर्णायक र प्राविधिक जनशक्तिका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको पनि उनले बताए ।

नेपाली भलिबलको विकास, प्रतिभा पहिचान तथा छिमेकी मुलुकहरूसँगको खेल सम्बन्ध मजबुत बनाउन यो प्रतियोगिता महत्त्वपूर्ण हुने एकेडेमीका अध्यक्ष आचार्यले विश्वास व्यक्त गरे ।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...