माैसम

आज १८ जिल्लामा बाढीको जोखिम

आज १८ जिल्लामा बाढीको जोखिम

Breaking news 2, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ — आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत आसपासका जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाले ती जिल्ला भएर बग्ने साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले तटीय तथा नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पहाडी भू–भागमा वर्षाको पानी छोटो समयमै खोला तथा नदीमा जम्मा हुने भएकाले पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाको समयमा नदी तथा खोला पार गर्ने, माछा मार्ने, बालबालिकालाई खोलानजिक जान दिने वा बाढीको अवस्थामा जोखिमपूर्ण ठाउँमा नबस्न महाशाखाको सुझाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बि...
मनसुनी प्रणाली पहाडी क्षेत्रमा बढी केन्द्रित

मनसुनी प्रणाली पहाडी क्षेत्रमा बढी केन्द्रित

Breaking news 2, ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाण्डौ — अहिले देशका केही ठाउँमा हल्का पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा सामान्य वर्षा भइरहेको हो । यस्तै कोशी प्रदेशका पहाडी क्षेत्रमा पनि छिटफुट पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा कास्कीमा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो समय मनसुन विशेषगरी पहाडी क्षेत्रमा केन्द्रित छ । महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँ तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू–भागका थोरै ठाउँमा मध्यमसम्म वर्षाको अनुमान रहको महाशाखाले जनाएको छ । ...
गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा

गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा

Breaking news 1, ताजा अपडेट, माैसम, समाचार, स्थानीय
काठमाण्डौ — गएराति गण्डकी, बागमती र कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कोशी प्रदेशको झापामा १५९ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी गण्डकीको कास्की र स्याङ्जामा १०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ भने लमजुङमा ८५ र गोरखामा ६६ मिलिमिटर पानी परेको छ । साथै सिन्धुपाल्चोक, काभ्रे र काठमाण्डौमा ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी भागका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ । ...
जाजरकोट पहिरो : जोखिममा रहेका रिसाङका दुई सयलाई सुरक्षित स्थानमा सारियो

जाजरकोट पहिरो : जोखिममा रहेका रिसाङका दुई सयलाई सुरक्षित स्थानमा सारियो

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँअविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०/७० घरपरिवारका २०० जना स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । जोखिममा रहेका स्थानीयवासीलाई रिसाङस्थित त्रिभुवन आधारभुत विद्यालयको भवनमा सुरक्षित रूपमा राखिएको छ । स्थानीयवासीको उद्धार तथा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (प्रसनि) प्रेमबहादुर फौजाको कमान्डमा १० जना प्रहरीको टोली परिचालन गरिएको छ । टोलीले जोखिममा रहेका नागरिकको उद्धार, स्थानान्तरण तथा आवश्यक सुरक्षा व्यवस्थामा निरन्तर काम गरिरहेको छ । पहिरोको जोखिममा रहेका विभिन्न स्थानबाट उद्धार तथा स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन् । यसरी विभिन्न स्थानबाट गरी करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी अस्थायी बासको व...
देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंदेशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही तथा मधेस र कोशी प्रदेशका तराई...
रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
रोल्पारोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोले घर तथा गोठ पुरिँदा उनीहरूको मृत्यु भएको हो ।पहिरोमा परी घाइते भएका दुई जनालाई उपचारका लागि बुटवल पठाइएको छ भने बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ ।पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्। पहिरोमा परी बेपत्ता भएका अन्य पाँच जनाको शव भने प्युठानमा फेला परेको हो। फेला परेका शवमध्ये थबाङ गाउँपालिका–५ कोटलबाराका कुमार पुन मगरका ७ वर्षीय छोरा अशोक पुन मगर, सोही ठाउँका ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भनिने जुनकुमारी पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगर रहेका छन् । ...
बाढी-पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी-पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, शिक्षा, समाचार
काठमाडौँपछिल्लो केही दिनदेखि जारी अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीलेको पछिल्लो तथ्यांक अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा बन्द रहेका छन् । बागमती प्रदेश अन्तर्गत वीपी राजमार्ग र कान्ति लोकपथमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । वीपी राजमार्गको काभ्रे खण्डमा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म र कान्ति लोकपथको मकवानपुर खण्डमा साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ । यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ, कोदारी र चारकिलोमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । रसुवाको त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक खण्ड पनि बाढीका कारण लामो समयदेखि ...
देशभर मनसुनी वायुको प्रभाव – यि स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव – यि स्थानमा आज भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। सोमबार बिहान कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। काठमाडौंमा पनि बिहानैदेखि पानी परिरहेको छ। पाल्पाको अर्चलेमा पछिल्लो एक घन्टामा २५.४ मिलिमिटर वर्षा भएको छ। अरू स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। पछिल्लो चौबीस घन्टामा सुर्खेतको इतराममा १३५ मिलिमिटर वर्षा मापन भएको छ। कास्कीको लुम्लेमा ९८.६ मिलिमिटर, काठमाडौंको साँखुमा ९३.६ मिलिमिटर, पाल्पाको अर्चलेमा ८१.६ मिलिमिटर वर्षा भएको छ। अरू धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। सोमबार दिउसो देशको हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएक...
देशभर मनसुनी वायुको प्रभाव, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ । साथै मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थान साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट...
यि तिन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यि तिन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँदेशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोसी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोसी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघगर्जन ...