विविध

झुटा सूचनाले समाजमा गम्भीर संकट ल्याउन सक्छ :            एमाले उपाध्यक्ष पौडेल

झुटा सूचनाले समाजमा गम्भीर संकट ल्याउन सक्छ : एमाले उपाध्यक्ष पौडेल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
प्रेस चौतारीको स्थापना दिवसमा रुपन्देहीमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्वन्धि तालिम सम्पन्न बुटवलनेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको झुटा तथा भ्रमपूर्ण सूचनाले समाजमा गम्भीर समस्या उत्पन्न गरिरहेको बताउनुभएको छ। उहाँले यस्ता सूचनाको नियन्त्रण र तथ्यपरक पत्रकारिताको सुदृढीकरणमा सञ्चारकर्मीको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो। प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम उद्घाटन गर्दै उपाध्यक्ष तथा प्रतिनिधि सभाका रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पौडेलले सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रूपमा विकसित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। “समाजमा झुटो सूचनाको बिगबिगी छ। सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यम बन्दै गएका छन्। यसलाई समयमै नियन्त्रण गर्न नसके समाजमा गम्भीर समस्या...
दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
सरकार र ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। ...
रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार गरेको छ । स्वदेशी वस्तु उत्पादन गर्ने र यसको प्रवद्र्धन गर्ने उद्योगहरुको छाता संस्था को रुपमा पहिचान बोकेको जिल्लाकै अग्रणी संस्थामा नयाँ नेतृत्व आएसँगै आफ्नो कार्यकालमा अघि सारिने तत्कालीन र दीर्घकालीन योजना बनाउने र यसमै आधारित रहेर काम गर्नका लागि कार्ययोजना बनाइएको संघले जनाएको छ । उद्योग वाणिज्य मन्त्रालयमा लामो समय रहनुभएका विज्ञ एवं नेपाल सरकारका पूर्व सचिव डा.तोया नारायण ज्ञवालीको सहजीकरणमा संघले नयाँ नेतृत्वमा आएको समिति, सल्लाहकारहरु, पूर्वअध्यक्ष तथा यसको कार्यान्वयन गर्ने कर्मचारीहरुका बीचमा तीन दिने कार्ययोजना कार्यशाला राखेर यसलाई अन्तिम रुप दिइएको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।गण्डकी प्रदेशको पोखरामा माघ १५ गतेदेखि १७ गतेसम्म संचालन भएको यो कार्ययोजनामा संघमा नयाँ अधिवेशनबाट निर्वाचित न...
आज माघ शुक्ल पूर्णिमामा स्वस्थानी व्रत विधिपूर्वक समापन

आज माघ शुक्ल पूर्णिमामा स्वस्थानी व्रत विधिपूर्वक समापन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँमाघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ ।पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामन...
बरिष्ठ साहित्यकार रामचन्द्र भटराईको निधन,बुटवलमा गरियो अन्तेष्टि

बरिष्ठ साहित्यकार रामचन्द्र भटराईको निधन,बुटवलमा गरियो अन्तेष्टि

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार
बुटवलवरिष्ठ साहित्यकार,एवं पुराना राजनितिज्ञ रामचन्द्र भटराईको निधन भएको छ। ८४ बर्षिय भटराईको मंगलबार बिहान ११ बजे ह्दयघातका कारण निधन भएको पारिवारिक श्रोतले बताएको छ। लामो समय बाम आन्दोलनमा सक्रिय भटराई पूर्व सांसद, समेत हुन्। नेकपा एमाले निकट जनसांस्कृतिक मञ्चका पुर्व अध्यक्ष भटराई राष्ट्रिय सभा सदस्य समेत भएका थिए। पछिल्लो समय राजनितिमा निस्कृय रहदै आएका उनी नेकपा माओवादी हुंदै नेकपा एकिकृत समाजबादिका केन्द्रिय सल्लाहकार समेत भएका थिए। साहित्य संगै पत्रकारिकतामा सम्लग्न भटराईको सम्पादनमा दैनिक निर्णय प्रकाशन भएको थियो। स्वर्गीय भटराईका कुशुम भटराई, गुरांस भटराई र दिपक भटराई गरी ३ छोरा र सारदा र सुजाता गरी दुई छोरी छन्।महिला आन्दोलन र साहित्यमै सक्रिय उनकी जिवन संगिनी मैया भटराईको भने गत बर्ष निधन भएको थियो। पाल्पाको गोखुंगामा जन्मेर बुटवल उपमहानगरपालिका वडा नंद ३ चिडिया...
सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताविरूद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताविरूद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताविरूद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश गरेको छ ।मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले पूर्ण इजलासका लागि पेस गर्ने आदेश दिएको हो । रिटमा सबै पक्षको लिखित जवाफ पेश भएको भन्दै अन्तिम फैसलाका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।पुस ४ गते न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले विपक्षको नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश छलफलका लागि बोलाउने आदेश दिएको थियो । पुस ११ गते न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले दुई वटा रिटलाई एकसाथ राखेर पेस गर्न भनिएको थियो । त्यसपछि पटकपटक हेर्न नभ्याइनेमा पर्दै आएको उक्त रिट मंगलबार सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।गत मंसिर २४ गते प्रधानमन्त्री सुशीला कार्की र जेन-जी प्रतिनिधिबीच भएको सम्झौतामा संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालत...
७४औं अन्तर्राष्ट्रिय भन्सार दिवस सम्पन्न: विश्वभर अवैध अन्तरदेशीय निकासी नियन्त्रण गर्ने उद्देश्य

७४औं अन्तर्राष्ट्रिय भन्सार दिवस सम्पन्न: विश्वभर अवैध अन्तरदेशीय निकासी नियन्त्रण गर्ने उद्देश्य

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
रुपन्देहीभन्सार कार्यालय रुपन्देहीले ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवस सम्पन्न गरेको छ।सोमबार सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले भन्सारको अवैध अन्तरदेशीय निकासी नियन्त्रण गर्ने र राज्यकोष बृद्धि गर्नू मुल उद्देश्य रहेको वताएका छन्।उनले भन्सार राज्यकोष बृद्धि गर्ने प्रमुख निकाय र अवैध निकासी पैठारी नियमन गर्ने महत्वपूर्ण निकाय रुपन्देही भैरहवा भन्सार कार्यालयले दुवै विषयमा उल्लेखनीय काम गरि प्रमुख भन्सार अधिकृत सहित धेरै कर्मचारी सम्मानित गर्न पाउदा खुशीलागेको वताएका छन्।उनले भनेका छन् "भन्सार संगठनले तय गरेको नाराले भन्सार प्रशासन केवल राजस्व संकलन गर्ने निकाय मात्र नभई सामाजिक सुरक्षा, उपभोक्ता हित संरक्षण, अवैध कारोबार नियन्त्रण तथा राष्ट्रिय हितको संवाहक संस्था भएको स्पष्ट रूपमा प्रमाणित गर्दछ । अबका दिनमा भन्सारले राजस्वको दृष्टिकोणसँगै सामाजिक सुरक्षाको...
लगानीमैत्री बाताबरण बनाउन प्रदेश सरकार तल्लीन छ: मुख्यमन्त्री आचार्य

लगानीमैत्री बाताबरण बनाउन प्रदेश सरकार तल्लीन छ: मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
सुरु भयो सैनामैना कृषि, पर्यटन तथा ब्यापार महोत्सवरुपन्देहीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको बताउनु भएको छ । उहाँले उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन आग्रह समेत गर्नुभयो ।रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा सैनामैना ब्यापार संघको आयोजनामा सुरु भएको सातौं सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८२ को सोमबार उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गर्नुभयो ।मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताउनुभयो ।उहाँले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवद्र्धनमा सबैको साझा ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।मेला–महोत्सवम...
हावा मार्फत तारबिनै बिजुली प्रसारण प्रदर्शन

हावा मार्फत तारबिनै बिजुली प्रसारण प्रदर्शन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँअहिलेसम्म, एक ठाउँबाट अर्को ठाउँमा बिजुली पठाउन तार चाहिन्छ भन्ने विश्वास गरिन्थ्यो । तारहरूले बिजुली स्थानान्तरण गर्छन्, जसले बत्ती, पंखा र टेलिभिजनलाई शक्ति दिन्छ । हामीले यस युगमा वायरलेस मोबाइल चार्जरहरू पनि देखेका छौं । तर तार बिनाको बिजुली अकल्पनीय छ । तर के तपाईं तार बिना हावा मार्फत बिजुली प्रसारित हुने कल्पना गर्न सक्नुहुन्छ ? यो प्रश्न अनौठो लाग्न सक्छ, तर वैज्ञानिकहरूले यो हासिल गरेका छन् ।संसारको सबैभन्दा खुसी देशहरू मध्ये एक मानिने फिनल्याण्डले यो उपलब्धि हासिल गरेको छ । सायद भविष्यमा, हामीले घरमा बिजुली प्राप्त गर्न केबलहरू बिछ्याउनु पर्दैन । यदि यो भयो भने, तपाईं तार जडान बिना बल्ब, पंखा र एसी चलाउन सक्षम हुनुहुनेछ । हेलसिंकी विश्वविद्यालय र फिनल्याण्डको ओउलु विश्वविद्यालयका वैज्ञानिकहरूले तारको प्रयोग बिना हावा मार्फत बिजुली प्रसारण प्रदर्शन गरेका छन् । यस प्रय...
व्यवसाय संगै सामाजिक काममा अग्रसर हुने विद्युतिय व्यवसायी संघको कार्ययोजना

व्यवसाय संगै सामाजिक काममा अग्रसर हुने विद्युतिय व्यवसायी संघको कार्ययोजना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघले विद्युतिय व्यवसायीको हकहित संगै सामाजिक काममा अग्रसर रहने गरी वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ।शनिबार पाल्पाको रम्भा गाउँपालिका रानिबास सामुदायिक होमस्टे तथा जनजाति संग्रहालयमा सम्पन्न गोष्ठीमा संघ संगै व्यवसायीलाई चुस्त,दुरुस्त र सफल वनाउन वार्षिक कार्ययोजना गोष्ठी गरीएको हो।गोष्ठीमा क्षमता अभिवृद्धि, विभिन्न शिर्षकमा तालिम, विमा, कोष बृद्धि,चाडपर्वमा विषेश कार्यक्रम लगायतका ३८ शिर्षकमा बार्षिक कार्ययोजनाहरु तय गरी गोष्ठी सम्पन्न गरिएको हो।संघका अध्यक्ष केशव कुमार सिंह 'सुजित' ले संघ, व्यवसायी संगै सामाजिक काममा अग्रसर हुने र संघलाई थप उचाईमा पुर्याउने आफ्नो कार्ययोजना रहेको र सवैको आ-आफ्नो स्थानबाट सक्रिय भएर लाग्नेमा विश्वस्त रहेको बताउंदै विभिन्न विधामा जिम्मेवारी तोकेका थिए।निवर्तमान अध्यक्ष शान्ताराज खरालले सम्पुर्ण व्यवसायी स...