लगानीमैत्री बाताबरण बनाउन प्रदेश सरकार तल्लीन छ: मुख्यमन्त्री आचार्य


सुरु भयो सैनामैना कृषि, पर्यटन तथा ब्यापार महोत्सव
रुपन्देही
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको बताउनु भएको छ । उहाँले उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन आग्रह समेत गर्नुभयो ।
रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा सैनामैना ब्यापार संघको आयोजनामा सुरु भएको सातौं सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८२ को सोमबार उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताउनुभयो ।
उहाँले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवद्र्धनमा सबैको साझा ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।
मेला–महोत्सवमा स्थानीय उत्पादनका सामग्रीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उहाँले मेला–महोत्सव आयोजना गर्दा स्थानीय उत्पादनले प्राथमिकता नपाउने अवस्था बन्नु हुँदैन । मेला–महोत्सवमा स्थानीय उत्पादनले अनिवार्य रूपमा प्राथमिकता पाउनुपर्छ ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा सधैं उभिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– ’प्रदेश सरकार उद्योगी व्यवसायीको रक्षा कवच बनेर उभिएको छ । व्यवसायीको लगानीको सुरक्षाको ग्यारेन्टीका लागि हामी खटिरहेका छौं ।
सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल लगायतले बोल्दै स्थानीय स्तरमा आयोजना हुने महोत्सवले स्थानीय बजार प्रवद्र्धनमा टेवा पु¥याउने बताउनु भयो ।
माघ २५ गतेसम्म संचालन हुने महोत्सवमा आयोजकले एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने र ५ करोड बराबरको आर्थिक कारोबार हुने बताएका छन ।
महोत्सवमा कूल १ सय ३० वटा स्टल रहने आयोजक समितिका प्रचार प्रसार संयोजक शिवलाल घिमिरेले जानकारी दिनुभयो ।
महोत्सवको टिकट एकसय रुपैया कायम गरिएको छ भने विद्यार्थीलाई कार्डको आधारमा छुट तथा बृद्ध र अपांगहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
स्थानीय व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव सुरु गरिएको हो ।
सैनामैना व्यापार संघका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक सुरेन्द्र पौडेलले महोत्सवको विषयमा प्रकाश पार्दै महोत्सवले सैनामैनाको कृषि, ब्यापार, उद्योग र पर्यटन क्षेत्रको विकासमा सघाउ पु¥याउने बताउँदै स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन हुने बताउनुभयो ।
महोत्सवमा स्थानीय व्यापार, घरेलु उद्योग, कृषक र साना व्यवसायीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने उहाँको भनाई छ ।
महोत्सवको टिकट एकसय रुपैया कायम गरिएको छ भने विद्यार्थीलाई कार्डको आधारमा छुट तथा बृद्ध र अपांगहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
संघका प्रथम उपाध्यक्ष तथा महोत्सवको सांस्कृतिक संयोजक दिपेन्द्र ढकालले महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, व्यापारिक स्टल, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी लगायतको आकर्षण रहने बताउनुभयो ।
उहाँले महोत्सवबाट उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने बताउनुभयो ।
महोत्सवको आकर्षणको रुपमा हरेक दिन सांस्कृतिक कार्यक्रम, भजन, डान्सिङ आईडल, विज्ञान प्रदर्शनी, महिला पुरुष जोडी नृत्य तथा विद्यालय स्तरीय लोकनृत्य समेत समाबेश हुने छ ।
स्थानीय व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवबाट सैनामैनासंगै यस क्षेत्रको उद्योग, व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको भनाई छ ।
महोत्सवको आकर्षणको रुपमा पर्यटन क्षेत्रलाई समेटेर फोटो प्रदर्शनी तथा जलपरी र कलात्मक लण्डन ब्रिजको आकर्षण रहने बताइएको छ ।
संघका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको उदघाटन समारोहमा स्वागत सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण पोखरेलले गर्नुभएको थियो भने संचालन महासचिव भीमलाल सुवेदीले गर्नुभएको थियो ।
उदघाटन समारोह अघि सैनामैनाका विभिन्न स्थानबाट चेतनामूलक ¥याली समेत आयोजना भएको थियो ।

छुटाउनुभयो कि ?

उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला

उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला

बुटवलरुपन्देही उद्योग संघको सहजिकरणमा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने उद्यम...
राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह

राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह

काठमाडौंकतार स्थित नेपाली राजदूतावासले राहदानी नवीकरणका लागी आवेदन दिएका सेवाग्राही मध्ये संलग्न सूचीमा नाम समावेश भएका आवेदक...
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । यही जेठ १५ गते हुने गणतन्त...
साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै

साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै

काठमाडौँदक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।प्रतियोगिताको पहिलो खेलमा ...