७४औं अन्तर्राष्ट्रिय भन्सार दिवस सम्पन्न: विश्वभर अवैध अन्तरदेशीय निकासी नियन्त्रण गर्ने उद्देश्य


रुपन्देही
भन्सार कार्यालय रुपन्देहीले ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवस सम्पन्न गरेको छ।
सोमबार सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले भन्सारको अवैध अन्तरदेशीय निकासी नियन्त्रण गर्ने र राज्यकोष बृद्धि गर्नू मुल उद्देश्य रहेको वताएका छन्।
उनले भन्सार राज्यकोष बृद्धि गर्ने प्रमुख निकाय र अवैध निकासी पैठारी नियमन गर्ने महत्वपूर्ण निकाय रुपन्देही भैरहवा भन्सार कार्यालयले दुवै विषयमा उल्लेखनीय काम गरि प्रमुख भन्सार अधिकृत सहित धेरै कर्मचारी सम्मानित गर्न पाउदा खुशीलागेको वताएका छन्।
उनले भनेका छन् “भन्सार संगठनले तय गरेको नाराले भन्सार प्रशासन केवल राजस्व संकलन गर्ने निकाय मात्र नभई सामाजिक सुरक्षा, उपभोक्ता हित संरक्षण, अवैध कारोबार नियन्त्रण तथा राष्ट्रिय हितको संवाहक संस्था भएको स्पष्ट रूपमा प्रमाणित गर्दछ । अबका दिनमा भन्सारले राजस्वको दृष्टिकोणसँगै सामाजिक सुरक्षाको दृष्टिकोणबाट समेत जाँचपास प्रक्रियामा विशेष ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ ।
आजको विश्व झन् साघुँरिँदै गएको सन्दर्भमा अन्तर्राष्ट्रिय व्यापार, आपूर्ति शृङ्खला तथा भन्सारसम्बन्धी कार्यहरू दिनप्रतिदिन जटिल बन्दै गएका छन् । ती जटिलतालाई सहज, पारदर्शी र प्रविधिमैत्री तरिकाले व्यवस्थापन गर्न भन्सार प्रशासन थप सक्षम, उत्तरदायी र व्यावसायिक बन्नु अपरिहार्य छ ।
नेपाल जस्तो खुला सीमाना भएको मुलुकमा चोरी निकासी–पैठारी, अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रण गर्नु भन्सार प्रशासनका लागि ठूलो चुनौती हो । यसका लागि भन्सार, सुरक्षा निकाय र स्थानीय प्रशासनबीच अझ सशक्त समन्वय र पहल आवश्यक छ । हाल हामीले गरिरहेका संयुक्त प्रयासलाइ थप सशक्त वनाउनु पर्ने आवश्यकता देखिन्छ ।
भन्सार प्रशासनको छवि सुधार र जनविश्वास वढाउनका लागि सदाचारिता, पारदर्शिता र शून्य सहनशीलताको नीति पालन गर्नु अर्को महत्वपूर्ण शर्त हो । यसमा भन्सारमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको भूमिका अत्यन्त निर्णायक हुन्छ । म यसतर्फ काम गर्न सवै भन्सार आवद्ध महानुभावसँग अनुरोध समेत गर्दछु ।
भन्सारमा कार्यरत कर्मचारीहरू चौबीसै घण्टा, शनिबारसमेत बिदा नलिई देशको सेवामा खटिनु पर्ने अवस्था रहन्छ । भन्सार एक संवेदनशील क्षेत्र भएकोले अन्य कार्यालयभन्दा अझ बढी सजगता, अनुशासन र जिम्मेवारीका साथ काम गर्नु पर्ने हुन्छ, जसका लागि म उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु ।
अन्तर्राष्ट्रिय मूल्य–मान्यताअनुसार मालवस्तुको वर्गीकरण तथा मूल्याङ्कन गर्ने जटिल कार्यलाई अझ व्यवस्थित बनाउन नयाँ भन्सार ऐन, २०८२ लागू भएको छ । यसले कार्यसम्पादनमा स्पष्टता ल्याई व्यापार सहजीकरण र सुशासन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने विश्वास लिएको छु ।
भन्सार प्रशासनले राष्ट्र, समाज र नागरिकको हितमा अझ प्रभावकारी भूमिका निर्वाह गरोस्” ।
उनले रुपन्देहीलाई सुरक्षा,शुसासन र डेलिभरीको हिसाबले चुस्त, दुरुस्त राख्न सक्दो पहल गरेको वताए।

प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले कार्यक्रममा सम्मानित हुंदै अहिले जिर्ण कार्यलय भवनबाट सेवा दिन कठिनाई महसुस गरेको र अव प्रविधि र सुविधा सम्पन्न कार्यलय भवनबाट छिटो,छरीतो, पारदर्शी रुपबाट सेवा प्रवाह गर्ने गरी कार्यलय भवन तयार हुंदै गरेको वताएका छन्।
भन्सार एजेन्ट संघका प्रमुख मधु पन्थीले विश्वभर अवैध अन्तरदेशीय निकासी पैठारी नियन्त्रण गर्न दिवस कोसेढुङ्गा सावित हुने विश्वास राखेको वताएका थिए।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले अहिले भैरहवा भन्सार कार्यालयले कुशल प्रमुख भन्सार अधिकृत पाएको र झापा भन्सार कार्यालयमा उत्कृष्ट काम गरी सम्मानित हुंदै रुपन्देहीबाट पनि सम्मानित हुंदै उत्कृष्ट काम गर्नेमा विश्वास रहेको धारणा राखेका थिए।
भन्सार अधिकृत उद्धव ढुंगानाको सञ्चालनमा गरिएको कार्यक्रममा कर्मचारीहरु धर्मराज केवट, नारायण पाण्डे,प्रकाश पौडेल,माया पौडेल, आषुतोस राई,नाथ बहादुर सापकोटालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो।

छुटाउनुभयो कि ?

दल र उम्मेदवारले प्रचारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने

दल र उम्मेदवारले प्रचारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने

काठमाडौँनिर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार तथा राजनीतिक दलको आर्थि...
मौसम: उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा कुहिरो

मौसम: उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा कुहिरो

काठमाडौंजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएक...
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडौआगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २१ माघ (बुधबार) देखि नेपाली सेना परिचालन हुने भएको छ। निर्वाचनपूर्व...
भित्रियो साढे १० खर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब

भित्रियो साढे १० खर्ब रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब

काठमाडौंनेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित...