व्यवसाय संगै सामाजिक काममा अग्रसर हुने विद्युतिय व्यवसायी संघको कार्ययोजना



रुपन्देही
रुपन्देही विद्युतिय व्यवसायी संघले विद्युतिय व्यवसायीको हकहित संगै सामाजिक काममा अग्रसर रहने गरी वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ।
शनिबार पाल्पाको रम्भा गाउँपालिका रानिबास सामुदायिक होमस्टे तथा जनजाति संग्रहालयमा सम्पन्न गोष्ठीमा संघ संगै व्यवसायीलाई चुस्त,दुरुस्त र सफल वनाउन वार्षिक कार्ययोजना गोष्ठी गरीएको हो।
गोष्ठीमा क्षमता अभिवृद्धि, विभिन्न शिर्षकमा तालिम, विमा, कोष बृद्धि,चाडपर्वमा विषेश कार्यक्रम लगायतका ३८ शिर्षकमा बार्षिक कार्ययोजनाहरु तय गरी गोष्ठी सम्पन्न गरिएको हो।
संघका अध्यक्ष केशव कुमार सिंह ‘सुजित’ ले संघ, व्यवसायी संगै सामाजिक काममा अग्रसर हुने र संघलाई थप उचाईमा पुर्याउने आफ्नो कार्ययोजना रहेको र सवैको आ-आफ्नो स्थानबाट सक्रिय भएर लाग्नेमा विश्वस्त रहेको बताउंदै विभिन्न विधामा जिम्मेवारी तोकेका थिए।
निवर्तमान अध्यक्ष शान्ताराज खरालले सम्पुर्ण व्यवसायी सफल भएमा मात्र संघ सफल हुने हुनाले आफ्नो व्यवसाय,संघ र सामाजिक काममा अग्रसर भएमा जिवन सार्थक हुने धारणा राख्दै एकतावद्ध भएर लाग्न आव्हान गरेका थिए।
संघका संस्थापक अध्यक्ष तथा महासंघका सल्लाहकार अनन्त मान थैवले संघको सक्रियता सराहनीय रहेको र उक्त जोस जाँगर, केही गरौं भन्ने हुटहुटीले सार्थकता पाउनेमा विश्वस्त रहेको धारणा राखेका थिए।
पुर्व अध्यक्ष तथा महासंघका तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डेयले आफ्नो गृह जिल्ला संघ रुपन्देही भएकोले महासंघका हरेक उत्प्रेरणा मुलक कार्यक्रममा रुपन्देहीलाई प्राथमिकमा राखेको र आफु महासंघको कार्यक्रम संयोजकको हैसियतले जिल्लाले सक्रियता देखाएमा हरेक प्रकारका उत्प्रेरणा मुलक कार्यक्रममा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा संघका सल्लाहकार लक्ष्मण भट्टराई, सुर्य कुवंर, वरिष्ठ उपाध्यक्ष विष्णु भण्डारी, उपाध्यक्ष रमा थापा क्षेत्री, महासचिव चिरञ्जिवी गैरे, सचिव जिवन पौडेल, कोषाध्यक्ष गणेश पन्त, लेखा समिति संयोजक अनिल सुजन कुंवर,बुटवल नगर अध्यक्ष वसन्त थापालगायतले वोल्दै संघ र व्यवसायीको हकहित र सामाजिक काममा अग्रसर हुने गरी तयार पारिएको कार्ययोजनामा छलफल गर्दै सक्रियता पुर्वक लागेर सफल वनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...