विविध

गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको तीज मिलन

गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको तीज मिलन

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
रूपन्देहीगुल्मीको साविक बलेटकसार गाउँ विकास समिति हाल रुरु क्षेत्र ४ बाट विभिन्न पेशा ,व्यवसाय र बसाईसरी रुपन्देही बसोबास गर्ने बलेटक्सारेलीहरूको सम्पर्क समाज गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।शनिबार तिलोत्तमा वनबाटिकामा सम्पन्न तीज मिलन कार्यक्रममा मौलिकतासँगै सन्देशमूलक गीतहरुबाट नाचगान भएको थियो।समाजका अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाेल्दै प्रमुख अतिथि तथा पूर्व महिला उपाध्यक्ष विन्दु गौतमले मौलिकता, पिर,व्यथा सँगै नाचगान मार्फत पिर,व्यथा साटासाट गर्ने र मनोरञ्जन गर्ने पर्व तीजले सबै आमा ,दिदीबहिनी ,दाजुभाईको सम्बन्ध थप मजबुत हुने बताउँदै सबैको श्रीवृद्धिको कामना गरिन्। अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीले ९५ वर्षिय आमा नर्मदा ज्ञवाली र ८६ वर्षीय बुबा नेत्रनाथ ज्ञवालीलाई अतिथिको रुपमा पाउँदा उहाँहरूको शुभआष...
विद्युतीय व्यवसायी संघद्वारा स्थापना दिवसमा रक्तदान

विद्युतीय व्यवसायी संघद्वारा स्थापना दिवसमा रक्तदान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीरूपन्देही विद्युतीय व्यवसायी संघले संघको १७औं स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।शुक्रबार रक्तसंचार केन्द्र बुटवल परिसरमा सम्पन्न कार्यक्रममा ३४ जना विद्युतीय व्यवसायीले रक्तदान गरेका छन्।संस्थाका अध्यक्ष शान्ताराज खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष तथा केन्द्रीय काेषाध्यक्ष प्रकाशचन्द्र पाण्डेयले संस्थालाई व्यवसायका हकहित र सशक्त बनाउँदै १७ वर्ष पुरा भएको र थप सशक्त बनाउन पूर्व अध्यक्षको तर्फबाट तथा केन्द्रको तर्फबाट सक्दो साथ रहने विश्वास व्यक्त गरे। संस्थालाई सशक्त बनाउन सबै व्यवसायी लाग्नुपर्ने बताउंदै संस्थाले सबैको साथले आफ्नो सचिवालय स्थापना गर्न सफल भएको स्मरण गराए । रक्तसंचार केन्द्रका केन्द्रीय अध्यक्ष दया सिलवालले संस्थाको स्थापना दिवसमा संस्थाले रक्तदान जस्तो पवित्र कार्य गरेकोमा सम्पूर्ण विद्युतीय व्यवसायी...
धर्म प्रचारका नाममा नेपालमा लाखौं लगानी गर्दै टर्की

धर्म प्रचारका नाममा नेपालमा लाखौं लगानी गर्दै टर्की

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
६ भदौ, काठमाडौं । ललितपुरको धोबिघाटमा रहेको एउटा होस्टलमा अनौठो गतिविधि भइरहेको भन्दै अध्यागमन विभागले करिब एक महिना अघि सूचना पायो । भर्खरका किशोरकिशोरीहरुको आउजाउ भइरहने, ठूल्ठूला धार्मिक पुस्तक बोकेर विदेशी हिँड्ने गरेको विवरण विभागका अधिकारीहरुसम्म पुगेको थियो । ‘विभिन्न प्रकारका भिसामा नेपाल आएका विदेशी त्यसअनुसारका गतिविधि गरिरहेका छन् कि छैनन् भन्ने निगरानी गर्ने जिम्मेवारी हाम्रै हो,’ अध्यागमन महानिर्देशक रामचन्द्र तिवारी भन्छन्, ‘त्यसैले सूचना प्राप्त हुनासाथ सुक्ष्म अनुगमनका लागि टोली खटाएका थियौं ।’ प्रारम्भिक जाँचमा प्राप्त सूचना अनुसार होस्टलमा किशोरकिशोरीलाई राखेर इस्लाम धर्म प्रचार भइरहेको देखिएपछि विभागका निर्देशक टिकाराम ढकाल नेतृत्वको टोली बुधबार शंकास्पद गतिविधि भएको भनिएको स्थानमा पुग्यो । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले समेत यो ...
पहिराले गुल्मीको रिडी-तम्घास सडक अवरुद्ध

पहिराले गुल्मीको रिडी-तम्घास सडक अवरुद्ध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२ भदौ, गुल्मी । वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउनका लागि उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताए । सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरुबीच बाटोमै रोकिएका छन । अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । ...
गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे तीज मिलन कार्यक्रम सम्पन्न

गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे तीज मिलन कार्यक्रम सम्पन्न

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल गुल्मेली सम्पर्क समाज रुपन्देहीको आयोजनामा समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका स्थित शृङ्गेश्वर धाम रुपन्देहीमा शनिवार तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ । "बुझौं हाम्रो रीति र थिति, जोगाउँ हाम्रो गौरवमय संस्कृति" भन्ने मूल नाराका साथमा बि. सं. २०६० सालमा स्थापना भएको समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।समाजका अध्यक्ष डा नारायणप्रसाद पन्थको अध्यक्षता, राष्ट्रिय सभाका सदस्य विष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्य , तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडको विशेष आतिथ्य एवम् नेपाल बैंक लि. बुटवलका शाखा प्रबन्धक प्रतीज्ञा सुवेदीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका पूर्व सहसचिव ईश्वरा अर्याल र स्वागत कार्यक्रम संयोजक कविता अर्यालले गर्नु भएको थियो । गायक रितु थापा, सपना गाहा तथा सम्झना रणपालका बेजोड तीज गित तथा नृत्य प्रस्...
शैक्षिक परामर्श केन्द्रहरूमा ठगीको गुनासो : प्रशासनद्वारा ७ दिनभित्र कागजात पेश गर्न निर्देशन

शैक्षिक परामर्श केन्द्रहरूमा ठगीको गुनासो : प्रशासनद्वारा ७ दिनभित्र कागजात पेश गर्न निर्देशन

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
बुटवल, १ भाद्र । रुपन्देहीमा सञ्चालनमा रहेका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरू कानुनी दायराभन्दा बाहिर रहेर सञ्चालन भएको र सेवा प्रदान गर्दा सेवाग्राहीहरुलाई ठग्ने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जिल्लामा सञ्चालन भइरहेका ती केन्द्रहरुलाई सञ्चालन अनुमति कागजात पेस गर्न सात दिनको समय दिँदै निर्देशन गरेको छ । जिल्ला प्रशासन कार्यालयले कतिपय परामर्श तथा प्रशिक्षण केन्द्रहरु गैरकानूनी ढंगले सञ्चालन भइरहेको र उनीहरुले सेवाग्राहीबाट अनुचित रकम लिने गरेको उजुरी र गुनासो आएपछि उक्त निर्देशन गरेको जनाएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरु कानुनी दायरामा नआएको र राज्यलाई राजश्व पनि नतिरेको भन्ने देखिएको तथा सेवाग्राहीहरुसँंग तोकिएको भन्दा बढी शुल्क लिने गरेको गुनासो धेरै आएपछि उ...
मरेङ–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा बुटवलमा वृहत रोपाईजात्रा

मरेङ–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा बुटवलमा वृहत रोपाईजात्रा

Breaking news 2, ताजा अपडेट, विविध
बुटवल, भाद्र १ – बुटवलको देवीनगर चौपारीमा शनिबार अर्घाखाँचीको मरेङ रुपन्देही सम्पर्क मञ्चको आयोजना तथा दुर्गामन्दिर समिति देवीनगरको सहआयोजनामा वृहत रोपाईँ जात्रा सम्पन्न भएको छ। कार्यक्रममा परम्परागत रुपमा मनाइने रोपाईँ जात्राका विविध झलकहरू प्रस्तुत गरिएका थिए। दिउँसो श्रीकृष्ण जन्माष्टमीको रथयात्रा, रोपाईँ जात्रा तथा तीज विशेष कार्यक्रम पनि सम्पन्न गरियो। मञ्चका अध्यक्ष दिनेश कुँवरले परम्परागत सांस्कृतिक संरक्षणका लागि नयाँ पुस्तालाई जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताए। सहआयोजक संस्थाका अध्यक्ष अर्जुन कुँवरले देवीनगरमा सरायँलाई व्यवस्थित गरेझैँ रोपाईँ जात्रालाई पनि निरन्तरता दिने योजना रहेको जानकारी दिए। कार्यक्रममा सुरुमा कटालेको हाक, उल्टो हलोले जोताई, बाउसेद्वारा सम्माउने, खोक लगाउने, रोपाहारहरूले धानका बीउ हातमा लिएर नाच्दै रोप्ने लगायतका परम्परागत विधिहरूको ...
आज श्रीकृष्ण जन्माष्टमी, गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम हुंदै

आज श्रीकृष्ण जन्माष्टमी, गुल्मेली सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम हुंदै

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले आज श्रीकृष्ण जन्माष्टमीको दिन तीज मिलन कार्यक्रमको आयोजना गरेको छ।रूपन्देहीको तिलोत्तमा ४ डिङ्गरनगर स्थित श्रङ्गेश्वरधाम परिसरमा दिउँसो १ बजेदेखि कार्यक्रम सञ्चालन हुँदैछ।गुल्मीबाट विभिन्न पेशा ,व्यवसाय जस्ता विविध कारणले रुपन्देही आई बसोबास गरेका गुल्मेलीहरूको पवित्र स्थान श्रृङ्गेश्वर धाममा मठ मन्दिर ,जेष्ठ नागरिक मिलन केन्द्र ,छोरी शिक्षा कार्यक्रम ,रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था, सम्पर्क समाजको सचिवालय रहेको छ।श्रृङ्गेश्वर धाममा गुल्मेलीको मात्र नभई रुपन्देही बासी, सामाजिक ,धार्मिक ,सांस्कृतिक रुपमा अग्रसर सबैको साझा स्थान रहेको सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायणप्रसाद पन्थले जानकारी दिए। पन्थले शनिबार श्रीकृष्ण जन्माष्टमीको विशेष दिन विगतका वर्षहरूमा जसरी तीज मिलन कार्यक्रमको आयोजना गरिएकोले धेरैभन्दा धेरै दिदीबहिनी, दाजुभाई ...
लुम्बिनी पर्यटनको अपार सम्भावना रहेको प्रदेश हो : मुख्यमन्त्री आचार्य

लुम्बिनी पर्यटनको अपार सम्भावना रहेको प्रदेश हो : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै भगवान बुद्धको जन्मभूमिसहित अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटक आकर्षित गर्ने बलियो आधार तयार भएको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका हुन् । पर्यटनमैत्री पूर्वाधार, स्वच्छ वातावरण र आतिथ्यपूर्ण व्यवहारमा सबैको ध्यान आवश्यक रहेकोमा उनले विशेष जोड दिए । मुख्यमन्त्री आचार्यले कृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजलाई आपसी प्रेम, सहिष्णुता र सद्भावको सूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन् । ‘भाषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज मात्र हाम्रो पहिचान नभइ सभ्यता र गौ...
संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन : हामी सरकारमा आएपछि यी काम भए.. (पूर्णपाठ)

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन : हामी सरकारमा आएपछि यी काम भए.. (पूर्णपाठ)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
२०८२, २८ श्रावण बुधबार सम्माननीय सभामुख महोदय,यही साउन २०–२३ (अगष्ट महिनाको ५–८) गतेसम्म तुर्कमेनिस्तानको अवाजा शहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा हाम्रो पनि भव्य सहभागिता भयो । मेरो नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे यस सम्मानित सदनमा संक्षिप्त जानकारी राख्ने अनुमति चाहन्छु । यस्ता सम्मेलनहरु भूपरिवेष्टित विकासशील मुलुकहरुले भोगिरहेका पारवाहन लगायतका चुनौतिहरुको सामना गर्ने उपायहरु खोज्ने उद्देश्यले संयुक्त राष्ट्र संघद्वारा आयोजना हुँदै आएका छन् । यसअघि सन् २००३ मा काजकस्तानको अल्माटी र सन् २०१४ मा अष्ट्रियाको भियनामा पहिलो र दोस्रो सम्मेलन आयोजना गरिएका थिए । सन् २०२४ को जुन र डिसेम्बरमा भूपरिवेष्टित विकासशील अफ्रिकी राष्ट्रहरु– रुवाण्डा र बोत्सवानामा आयोजना गर्ने लक्ष राखिएता पनि ती देशहरुमा परिस्थिति अनुकुल ...