नेतृत्वविहीन पर्यटन, अन्योलमा उद्योग
Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं
२३ र २४ भदौको जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा ठूलो क्षति भयो । केही उद्योग, व्यवसायमा भौतिक आक्रमण भयो । जसको क्षतिपूर्तिको दाबी बीमासहित अन्य माध्यमबाट भइरहेको छ ।जेनजी आन्दोलनका बेला भौतिक र मानसिक रूपमा समेत आक्रमणमा परेको पर्यटन क्षेत्र भने अझै अन्योलमा छ । आन्दोलन लगत्तै नेपाललाई धेरै देशले घुमफिरका लागि खतराको सूचीमा राखेका थिए । सोहीकारण मुख्य सिजनमै सत्ता र सरकार परिवर्तन भएको एक महिना पूरा भइसकेको छ । तर, पर्यटन मन्त्रालयले अझै नेतृत्व पाएको छैन । अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ ।नेपाल पर्यटन बोर्ड सदस्य ऋषि भण्डारी यस्ता संकटको समयमा विगतका सरकारहरूले पर्यटन पुनरुत्थानमा केही चासो दिए पनि अहिलेको सरकारले पर्यटनलाई प्राथमिकतामा नराखेको बताउँछन् ।पर्यटन बोर्डले तयार पारेको ‘टुरिज्म इन्साइट्स’ सार्वजनिक गर्न काठमाडौंमा आयोजित ...








