रूपन्देही विद्युतीय व्यवसायी सङ्घद्वारा शुभकामना आदानप्रदान


रूपन्देही
रुपन्देही विद्युतीय व्यवसायी सङ्घले आउँदै गरेका महत्वपूर्ण पर्व विजयादशमी ,दीपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार सङ्घको सचिवालय तिलोत्तमाको भलवाडीमा आयोजित कार्यक्रममा शुभकामना साटासाट गर्दै व्यवसायीहरूले अहिले सिर्जना भएको देशको वातावरणले देश र नागरिकका हितका लागि राम्रो गर्नेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।

साथै वक्ताहरूले आउँदै गरेका महत्त्वपूर्ण पर्वहरूले सम्बद्ध व्यवसायीहरूको व्यवसाय, परिवार ,समाजमा सकारात्मक परिणाम ल्याओस् पनि कामना गरेका छन्।

रुपन्देही विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष शान्तराज खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष अनन्तमान थैवले देशको राजनीतिमा अहिले नयाँ परिदृश्य देखिएको र यसले समग्र देश र नागरिकसँगै संस्थामा आबद्ध व्यवसायीको पनि हित हुनेमा विश्वास रहेको बताए।
अहमता, नकारात्मकता हटाई माया, सम्मान, सद्भाव ,शिष्टाचार ,भातृत्व जस्ता संस्कार विकास गरी व्यवसायी स्वयं, परिवार ,संस्था ,समाज र समग्र देशको श्री वृद्धिमा योगदान गर्न सकिने धारणा राखे। उनले सकारात्मक सोच, कडा परिश्रम ,निरन्तर प्रयासले सफलता हासिल हुने हुनाले आउँदै गरेका पर्वले यसतर्फ डोहोराउनेमा विश्वास रहेको बताए। थैवले संस्था मजबुत हुन सबै सदस्य व्यवसायीहरूको सक्रियता आवश्यक पर्ने र सबै सांगठनिक रुपमा अगाडि बढ्न आग्रह गरे।

संस्थाका पूर्व अध्यक्ष तथा विशिष्ट अतिथि प्रकाशचन्द्र पाण्डेयले देशमा विद्यमान परिस्थितिमा संयमित रही सत्कर्म ,सत्चिन्तनबाट अगाडि बढेमा सफलता हासिल हुने बताए।
उनले कुनै पनि कुराहरूलाई आफूले के पाएं भन्दा पहिला के दिन सकें भन्ने भावना राखेमा परिणाम राम्रो आउने धारणा राख्दै संस्थालाई आफ्नै सचिवालयबाट सेवा दिन सक्षम भएको र थप संस्थासँगै विद्युतीय व्यवसायीहरूको श्रीवृद्धिमा लाग्न सबै आआफ्नो स्थानबाट जागरुक हुनुपर्ने धारणा राखेका थिए ।
उनले सफल हुन प्रत्येक व्यवसायी ,सदस्य ,नगर ,जिल्ला, प्रदेश ,केन्द्र सबैको समन्वय मजबुत भएमा मात्र सबैलाई सहज हुने धारणा राखेका थिए।

संस्थाका निवर्तमान अध्यक्ष लोकनाथ पोखरेलले विगतका कमीकमजोरीको समीक्षा गर्दै आगामी समयमा थप आफू ,परिवार र व्यवसायमा लाग्ने प्रेरणा आउँदै गरेका पर्वहरुले जगाउने विश्वास व्यक्त गरे।

संस्थाका अध्यक्ष शान्तराज खरालले संस्थालाई दरिलो बनाउन प्रत्येक सदस्यहरूको योगदान महत्वपूर्ण हुने हुनाले सबैले आआफ्नो ठाउँबाट लागेर संस्था बलियो बनाउनुपर्नेमा जोड दिए।
अध्यक्ष खरालले आउँदै गरेका पर्वहरूले देशमा श्रृजित वातावरणले सबैको हित हुनेमा विश्वस्त रहेको धारणा राखे।

संघका प्रथम उपाध्यक्ष सुर्य कुंवरको सम्योजकत्वमा सम्पन्न कार्यक्रममा बोल्दै कुवंरले सबैलाई धन्यवाद दिँदै संघलाई अप्ठेरो पर्दा सबै एकजुट हुनपर्ने साथै संघ प्रती कसैले अपमान गरेमा त्यसको प्रतिवाद गर्ने बताएका थिए।
कार्यक्रममा संस्थाका सल्लाहकार चन्द्रकान्त भण्डारी, वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह ,महासचिव विष्णु भण्डारी ,कोषाध्यक्ष अनिल सुजन कुँवरलगायत जिल्ला नगरका पदाधिकारी र सदस्यहरुले व्यवसायले पनि देशले जसरी निकास पाउने कुरामा विश्वस्त रहेको धारणा राख्दै शुभकामना साटासाट गरेका थिए ।

छुटाउनुभयो कि ?

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

हरेक वर्षको साउन १ गते मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था गर्ने तयारी

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनुपर्ने ...
भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

काठमाण्डौ —  काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ । १८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमो...
पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...