सिरियाका पूर्व राष्ट्रपति बसर अल-असद भागेर मस्को पुगे
सिरियाका पूर्व राष्ट्रपति बसर अल-असद दमास्कसबाट भागपछि मस्कोमा पुगेको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
रुस असदको सत्ताको प्रमुख साझेदार रहेको थियो। सिरियाका पूर्व राष्ट्रपति र उनको परिवारले त्यहाँ शरण लिएका विवरण आएका छन्।
विद्रोही समूह एचटीएसले यसै सप्ताहान्तमा देशको राजधानीमा कब्जा जमाएको थियो। यसअघि उक्त समूहका नेता अबु मोहम्मद अल-जुलानीले दमास्कसको मस्जिदमा खुसीयाली मनाइरहेको एउटा भीडलाई समर्थन गरेका थिए।
त्यसअघि सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया "मुक्त" भएको घोषणा गरेका थिए।
विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको थियो र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका थिए।
रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका थिए। असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि उनी कहाँ ग...








