अमेरीकी कदम विरूद्ध चिनकाे खुल्ला चेतावनी: ‘अमेरीकासंग सबै युद्ध लड्न तयार छाै’


काठमाडाैँ

अमेरीकी राष्ट्रिति  डोनाल्ड ट्रम्पले चीनीया सामानमा थप १० प्रतिसत भन्सार शुल्क बृद्धि  गरेपछि क्रुद्ध बनेकाे चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी चीन अमरिकासँग सबै प्रकारको युद्ध लड्न  तयार रहेको बताएको हो।

चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘चाहे त्यो ट्यारिफ (भन्सार शुल्क) युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौँ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि चीनबाट अमेरिका आउने सामानमा थप १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। यसअघि फेब्रुअरीको सुरुमै ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क लगाइसकेका थिए। बढाएको समेत गर्दा अमेरिकाले चिनियाँ सामानमा कूल २० प्रतिशत भन्सार शुल्क लगाएको छ।

ट्रम्पको कदमलगत्तै मंगलबार चीनले पनि अमेरिकाबाट चीन आउने धेरै कृषि उत्पादनमा फेब्रुअरीमा जस्तै १० देखि १५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको छ।

चीन अमेरिकी मकै, गहुँ र भटमासजस्ता धेरै अमेरिकी उत्पादनका लागि सबैभन्दा ठूलो बजार हो।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...